बारामा फोरमको विजय जुलुस र स्थानीयबीच झडप, गोली चल्यो, चार प्रहरी घाइते
बारा, २७ मंसिर । बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका २ बेल्दारीमा संघीय समाजवादी फोरमले विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ।
संघीय समाजबादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबीच झडप भएको हो।
झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत ढुंगामुढा भएपछि प्रहरीले हवाई फायर ...



























