म्याग्दी, ११ मंसिर । सशस्त्र द्वन्द्वका समयमा १६ वर्ष अगाडि सरकारलाई बुझाइएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् ।

Advertisement

धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई एकनाले बन्दुक बुझाएका थिए ।

सरकारको आग्रहलाई स्वीकार्दै सेनालाई हतियार बुझाइए पनि शान्ति प्रक्रिया शुरु भएको लामो समय भइसक्दा समेत राज्यले आफ्नो अनुमतिप्राप्त बन्दुक फिर्ता नगरेको छन्त्यालले बताएका छन् ।

इजाजत नं २७७१ भएको एकनाले १२ बोरे ओके ३९ नंको एक थान बन्दुक बुझाए पनि शान्ति प्रक्रिया आएसँगै पटक पटक सो गणमा ताकेता गर्दासमेत आफ्नो हतियार फिर्ता नभएको उनको गुनासो छ ।

उक्त गणले आफ्नो हतियार नभेटिएको भन्ने प्रतिक्रिया दिएपछि छन्त्यालले रक्षामन्त्री भीमसेनदान प्रधानलाई भेटी आफ्नो हतियार फिर्ताका लागि ध्यानाकर्षण गराएका छन् । उनले हालै रक्षा मन्त्रालयमा पुगेर मन्त्री प्रधानलाई ज्ञापनपत्र बुझाउँदै आफूले तत्कालीन सेनालाई बुझाएको हतियार खोजविन गरी फिर्ता गर्न र हतियार हराएको भए उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!