आरजुले भनिन् ‘मैले जिते धेरै विकास हुन्छ’

आरजुले भनिन् ‘मैले जिते धेरै विकास हुन्छ’

कैलाली, १५ कात्तिक । नेपाली काँग्रेसकी नेतृ आरजु देउवाले आफुले जिते कैलालीको विकासमा मद्धत पुग्ने वताएकी छन् । धनगढीमा बुधबार सचारकर्मीहरुसंग कुरा गर्दै उनले कै्रलालीको विकासका लागि पनि आफुलाई जिताउन आग्रह गरिन् । आरजु कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेसको तर्फबाट निर्वाचन लड्दैछन् । सो क्षेत्रमा पहाडी र थारु समुदायको बसोबास रहेको छ ।
एमालेलेको  कारवाहीमा परेका राठौरलाई कांग्रेसले बनायो उम्मेदवार

एमालेलेको कारवाहीमा परेका राठौरलाई कांग्रेसले बनायो उम्मेदवार

 कैलाली, १५ कात्तिक । नेकपा एमालेले निवर्तमान सांसद मोहनसिंह राठौरलाई कारबाही गरेको छ । कैलाली क्षेत्र नं. २ बाट दोस्रो संविधान सभाबाट निर्वाचित सांसद राठौरले पार्टीे हित विपरित काम गरेको भन्दै एमाले प्रदेश नं. ७ ले साधारण सदस्य नरहने गरी कारबाही गरेको हो । राठौर एमालेबाट दुई पटक गाउँविकास समिति अध्यक्ष, दुई पटक जिल्ला विकास समितिको उम्मेदवार, दुई पटक संसदको उम्मेदवार, एक पटक सांदमा विजयी भएका थि...
बालुवाटारबाट रिसाएर निस्किए मधेशी नेता, काँग्रेससँग तालमेल नहुने

बालुवाटारबाट रिसाएर निस्किए मधेशी नेता, काँग्रेससँग तालमेल नहुने

काठमाडौँ, १५ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल र काँग्रेसबीच सीटमा कुरा नमिलेपछि लोकतान्त्रिक गठबन्धन नबन्ने भएको छ । धनुषाको ३ नम्बर क्षेत्र काँग्रेस नेता विमलेन्द्र निधिले नछाडेपछि कुरामा सहमति बन्न नसकेको हो । धनुषाका तीन नम्बर क्षेत्रबाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि चुनाव लड्ने र त्यहाँ काँग्रेसले सहयोग गर्नुपर्ने राजपा नेपालको माग रहेको थियो । तर, काँग्रेसले ...
तेह्रथुममा माअाेवादी त्यागेर कांग्रेसमा प्रवेस लगतै प्याब्सनका अध्यक्षले पाए टिकट

तेह्रथुममा माअाेवादी त्यागेर कांग्रेसमा प्रवेस लगतै प्याब्सनका अध्यक्षले पाए टिकट

तेह्रथुम, १५ कात्तिक । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस हुनुभएका प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई नेपाली कांग्रेसले टिकट दिएको छ । पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत भइसक्नुभएका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किनुभएको थियो । सम्बाहाम्फेलाई नेपाली क...
टिकट नपाएपछि कार्यकर्ताद्वारा एमाले कार्यालयमा तालाबन्दी

टिकट नपाएपछि कार्यकर्ताद्वारा एमाले कार्यालयमा तालाबन्दी

भक्तपुर, १५ कात्तिक । आफ्नै पार्टीका आक्रोशित कार्यकर्ताले आज नेकपा (एमाले) भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् । भक्तपुर क्षेत्र नं १ का एमाले नेता दामोदर दंगालले वाम गठबन्ध...
चुनावपछि कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छः नारायण खड्का

चुनावपछि कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छः नारायण खड्का

काठमाडौं, १५ कात्तिक । एमालेलाई परास्त गर्नका लागि माओवादीको साथ लिनुपर्छ भनेर कांग्रेसभित्र निरन्तर आवाज उठाउने नेता हुन्- डा. नारायण खड्का । भलै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका खड्का सुशील कोइरालाको निधनपछि पार्टीभित्र ‘लो प्रोफाइल’ मा छन् । रामचन्द्र पौडेलको गुटमै पनि ६०/४० को भागबण्डाको बिरोध गर्दा खड्का विश्वसनीय बन्न सकेका छैनन् । त्यसैले उनी सांसदको टिकट बाँड्ने ...
झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

काठमाडौं, १५ कात्तिक । झापा निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसका पूर्व महामन्त्री तथा प्रभावशाली नेता कृष्ण सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनबीच चुनावी प्रतिश्पर्धा हुने निश्चित भएको छ । झापाका यी दुवै नेता प्रभावशाली भएकाले निर्वाचन परिणाम कसको पक्षमा आउने हो भन्ने कौतुहलता मतदाताबीच बढेको छ । झापा ३ मा सुरुमा कांग्रेसले राप्रपाका राजेन्द्र लिङदेनलाई छोड्ने भनेपनि अन्तिममा सिटौलाले...
तेह्रथुममा उम्मेदवार टुंगो संगै बढ्याे चुनावी सरगर्मी

तेह्रथुममा उम्मेदवार टुंगो संगै बढ्याे चुनावी सरगर्मी

तेह्रथुम, १५ कात्तिक । तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो । चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा चर्चा हुन थालेको छ । नेपाली काँग्रेस तेह्रथुमले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्...
आर्थिक समृद्धिको आन्दोलन आवश्यक : नेता खाँड

आर्थिक समृद्धिको आन्दोलन आवश्यक : नेता खाँड

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले मुलुकमा अब आर्थिक आन्दोलनको आवश्यकता रहको बताएका छन्। उनले मुलुकमा धेरै आन्दोलन भइसकेका उल्लेख गर्दै अब आर्थिक आन्दोलनको सुरुवात नेपाली कांग्रेसले गर्ने बताए। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँडले देशमा लामो समय राजनीतिक आन्दोलन भएको र नेपाली जनताले चाहेको संविधान प्राप्त भइसकेकोले अब आर्थिक आन्दोलनको खाँचो औंलयाए। रेडियो नागरिक...
इलामबाट को–को परे समानुपातिकमा ?

इलामबाट को–को परे समानुपातिकमा ?

इलाम, १४ कात्तिक । आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकको बन्दसूचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ३ र नेकपा एमालेबाट १ उम्मेदवार परेका छन्। एमाले स्रोतका अनुसार पार्टीले आइतबार राति बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा एमालेबाट जिल्लाका मणिकुमार लिम्बूको मात्रै नाम छ । जिल्ला कमिटीले लिम्बूसहित पदम भण्डारी र डम्बर गदालको नाम प्रतिन...
नेकपाका सचिव माओवादी केन्द्रमा प्रवेश

नेकपाका सचिव माओवादी केन्द्रमा प्रवेश

धनकुटा, १४ कात्तिक । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका धनकुटा सचिव प्रकाश राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् । धनकुटामा आज पत्रकार सम्मेलन गरी उनले नेकपा परित्यागको घोषणा गरेका हुन । वाम गठबन्धनबाट प्रभावित भएर आफु माओवादी केन्द्रमा आएको राईले बताएका छन । उनलाई माओवादी केन्द्रका जिल्ला ईन्चार्ज उज्वल किराती, सह–संयोजक ऋषिराम ढुंगाना, सन्देश क्षेत्री, सचिवालय सदस्य रामबहादुर क...
दुई नम्बर प्रदेशमा समाजवादी फोरम र राजपाबीच यसरी भयो सीटको बाँडफाँड

दुई नम्बर प्रदेशमा समाजवादी फोरम र राजपाबीच यसरी भयो सीटको बाँडफाँड

काठमाडौँ, १४ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभाका लागि राष्ट्रिय जनता पाटी नेपाल र संघीय समाजबादी फोरमबीच टिकट बाँडफाँडबारे सहमति भएको छ । २ नम्बर प्रदेशका ८ जिल्लामा यी दुई दलबीच प्रदेश र प्रतिनिधि  सभाका लागि टिकट बाँडफाँड गरेका हुन् । सहमति अनुसार संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा १७ सिट र राजपा ले १५ सिट लिएका छन् । त्यसैगरी प्रदेशसभाका लागि फोरमले ३३ र राजपाले ३१ सिटमा भागबण्डा गरे...
बामगठबन्धनमाथि देउवाको ‘इन्काउन्टर’ !

बामगठबन्धनमाथि देउवाको ‘इन्काउन्टर’ !

काठमाडौँ, १४ कात्तिक । आज एकै दिन दुई वटा घटनाक्रम देखिए, जो एक अर्कामा अन्तरसम्बन्धित छन् । विहान दैनिक पत्रिकामा काँग्रेसको घोषणा पत्र छापियो र दिउँसो द्वन्द्वकालीन घटनाको मुद्दालाई लिएर माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परे । सतहमा हेर्दा यी दुई घटना एक अर्कामा जोडिएको जस्तो देखिन्न । तर, अन्तरवस्तु हेरियो भने घटना जोडिएको जस्तो देखिन्छन् । आजका दैनिक पत्रिका, जहाँ काँग्रेसको घोषणापत्रसम...
वैदेशिक रोजगारीबारे के–के उल्लेख छ कांग्रेसको घोषणापत्रमा ?

वैदेशिक रोजगारीबारे के–के उल्लेख छ कांग्रेसको घोषणापत्रमा ?

काठमाडौं, १४ कात्तिक । मंसिर १० र २१ मा हुन गईरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा युवाहरुलाई मर्यादित रोजगारी उपलब्ध गराउने उल्लेख गरेको छ । नयाँ काम गर्ने जाँगर ,नयाँ प्रविधि सिक्ने उत्साह ,जोखिम मोल्ने साहस र इमान्दारिताको युवा जनशक्तिलाई उपयोग गर्दै नेपाली कांग्रेसले राष्ट्रिय पुर्नजागरणको नयाँ युग निर्माण गर्ने वताएको छ । नेप...
क्रिमश डे लाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

क्रिमश डे लाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिशमसलाई राष्ट्रिय पर्व घोषणा गरि सार्वजनिक विदा दिने र देशभर समाधिस्थलको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । सोमबार ख्रीष्टियन महासंघ नेपाल नेतृत्वको टोलीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । ज्ञापन पत्रमा महासंघले ख्रीष्टियन समुदायको मृत्युसंस्कार जस्ता संवेदनशिल विषयलाई ध्यानमा राखी समाधिस्...
प्रदेश २ मा सिट बाँडफाँड, माओवादीलाई १५ र एमालेलाई १३

प्रदेश २ मा सिट बाँडफाँड, माओवादीलाई १५ र एमालेलाई १३

काठमाडौं, १३ कात्तिक । एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएको माओवादी नेता मातृका यादवले अनलाइनखबरलाई जानकारी दिए । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले भने प्रतिनिधिसभाको १...
मन्त्रीको बोलीले निम्त्यायो विवाद

मन्त्रीको बोलीले निम्त्यायो विवाद

धनकुटा, १२ कात्तिक । उद्योग मन्त्री सुनिलबहादुर थापाको अभिव्यक्ति विवादित भएको छ । धनकुटामा शनिवार भएको पत्रकार सम्मेलनमा उनले बिराटनगरलाई प्रादेशिक राजधानी बनाउँन एमाले धनकुटाले हस्ताक्षर गरेको बताएपछि विवाद निम्तिएको हो । मन्त्रीको उक्त अभिब्यक्ति प्रति एमालेले आईतबार धनकुटामा पत्रकार सम्मेलन गरी आपत्ती जनाएको छ । पत्रकार सम्मेलनमा एमाले कार्यबाहक अध्यक्ष दुर्गा लिंखाले मन्त्री थापाको आधारहिन र...
१८ वर्षपछि फेरि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त

१८ वर्षपछि फेरि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त

काठमाडौं, १२ कात्तिक । मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा आम निर्वाचनमा चलेको रोचक प्रतिस्पर्धा १८ वर्षपछि फेरि दोहोरिँदैछ । लोकतान्त्रिक गठन्धनको तर्फबाट राप्रपा अध्यक्ष कमल थापा मकवानपुर १ मा प्रतिनिधिसभाको उम्मेदवार बन्ने निश्चित भइसकेको छ । वामपन्थी गठबन्धनमा मकवानपुरको दुबै क्...
श्रेष्ठलाई टिकट नदिएपछि एमालेमा भाडभैलो, युवा संघ निष्क्रय बस्ने

श्रेष्ठलाई टिकट नदिएपछि एमालेमा भाडभैलो, युवा संघ निष्क्रय बस्ने

मोरंग, १२ कात्तिक । प्रदेश नम्बर १ अन्तर्गत मोरंग क्षेत्र नम्बर १ (क)मा एमालेका प्रभावशाली नेता मानबहादुर श्रेष्ठलाई टिकट नदिएको भन्दै असन्तुष्टी बढेको छ । एमालेभित्रको गुटबन्दीका कारण श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराइएको एमालेका स्थानीय कार्यकर्ताहरुको ठहर छ ।  गत स्थानीय तहको निर्वाचनमा मोरंग क्षेत्र नम्बर १ (क)मा पर्ने मिक्लाजुङ गाँउपालिका र उर्लाबारी नगरपालिकाका सबै वडामा एउटा सदस्य समेत न...
काँग्रेस निभ्ने बेलाको बत्ति : नेता ज्ञवाली

काँग्रेस निभ्ने बेलाको बत्ति : नेता ज्ञवाली

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अब वाम एकताबाट कोहीपनि भाग्न नपाउने बताएका छन् । नेपालका कम्युनिष्टहरुका कारण देशमा ठूला ठूला परीवर्तन भएकोले अव जनताको समृद्धिका लागि बाम एकताबाट कोही भाग्न नहुने उनले बताए । ‘संघिय गणतन्त्र नेपाल स्थापना गर्न सबैभन्दा ठूलो योगदान नेपालका बामपन्थीको छ, कम्युनिष्टहरु बलिदान नचढेको सबैभन्दा बढी जनताका मौलिक हक भएको संविधान संविधानसभाबाट...
प्रदेश २: कांग्रेस, राजपा र फोरम मिले वाम गठबन्धन संकटमा

प्रदेश २: कांग्रेस, राजपा र फोरम मिले वाम गठबन्धन संकटमा

काठमाडौं, १२ कात्तिक । हिमाली र मध्यपहाडी जिल्लामा सिट बाँडफाँटमा ठूलो समस्या बेहोर्नु नपरेपछि वाम गठबन्धनमा उत्साह देखिन्छ । तर, प्रदेश २ मा के होला ? एमाले र माओवादीका नेतामा अन्योल देखिन्छ । उक्त प्रदेशमा कांग्रेस, राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भए वाम गठबन्धन संकटमा पर्ने अवस्था छ । उक्त गठबन्धनको लक्ष्य तराई मधेसका जिल्लाहरुमा ४५ प्रतिशत सिट सुरक्षित गर्ने भन्ने छ । राजपा र संघीय फ...
गोरखामा बाबुराम गाउँ पसे, नारायणकाजी काठमाडौंमै योजना बनाउँदै

गोरखामा बाबुराम गाउँ पसे, नारायणकाजी काठमाडौंमै योजना बनाउँदै

गोरखा, १२ कात्तिक । मंसिर १० गते हुने चुनावका लागि सबैभन्दा बढी चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा राजनीतिक दलहरुले चुनावी अभियान सुरु गरेका छन्। नेपाली कांग्रेसको समेत समर्थनमा प्रतिनिधिभा सदस्य उम्मेदवार रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले घरदैलो अभियान सुरु गरिसके भने वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भने काठमाडौंमा नै गोरखाली मतदा...
ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव

ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव

विराटनगर, १२ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश नं २ मा को मुख्यमन्त्री हुने हो भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विच...
समानुपातिक सूची संशोधनको म्याद आज : अन्तिम सूची बुझाउन दलहरु छलफलमा व्यस्त

समानुपातिक सूची संशोधनको म्याद आज : अन्तिम सूची बुझाउन दलहरु छलफलमा व्यस्त

काठमाडौं, १२ कात्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत असोज २९ गते राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचीको अन्तिम संशोधन गर्ने म्याद आज सकिने भएकाले दलहरु सूची परिवर्तनका लागि आन्तरिक छलफलमा जुटेका छन् ।  नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका दलहरु सुचि संशोधनका लागि गृहकार्यमा जुटेका हुन् । ती दलहरुले पार्ट...
एमाले स्थायी समिति वैठक, टिकट बाँडफाँड टुंगाउने तयारी

एमाले स्थायी समिति वैठक, टिकट बाँडफाँड टुंगाउने तयारी

काठमाडौं, १२ कात्तिक । टिकट बाँडफाँड कार्यदलले तयार पारेको सूचिमाथि छलफल गरी पार्टीबाट अनुमोदन गर्न एमालेको स्थायी समिति वैठक बसेको छ । वैठक एमाले उपाध्यक्ष बामदेव गौतमको निवास भैसीपाटीमा बसेको छ । हिजो राती अवेरसम्म बसेको कार्यदल वैठकले एमाले, माओवादी र अन्य सहयोगी दलका उम्मेद्वारका लागि क्षेत्र बाँडफाँड गरेको थियो । कार्यदलले तयार पारेको क्षेत्र बाँडफाँडको सिफारिसलाई दुवै पार्टीबाट अनुमोदन गर...
एमालेका ४३ उम्मेदवारः नवराज सिलवालदेखि बृजेश गुप्तासम्म (सूचीसहित)

एमालेका ४३ उम्मेदवारः नवराज सिलवालदेखि बृजेश गुप्तासम्म (सूचीसहित)

काठमाडौं, १२ कात्तिक । माओवादीसँगको सिट बाँडफाँड अधिकांश स्थानमा टुंगिएसँगै एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोट शुरु गरेको छ । सिट बाँडफाँड नमिलेका केही क्षेत्रको टुंगो लगाउन दुवै दलका शीर्षनेतासहित कार्यदलको बैठक शनिवार अबेरसम्म बसेको थियो । एमाले शीर्ष नेतृत्व तहमा भएको छलफल अनुसार प्रतिनिधिसभाका ४० भन्दा बढि उम्मेदवार सर्वसम्मत जस्तै भएकाले उनीहरुको नामलाई औपचारिकता दिनमात्र बा...
प्रचण्ड भन्छन्- आफ्नो कारणले आफैं संकटमा परे बाबुराम

प्रचण्ड भन्छन्- आफ्नो कारणले आफैं संकटमा परे बाबुराम

काठमाडौं, १२ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईका पछिल्ला कदमले स्वयं उनैलाई र उनको पार्टी नयाँ शक्तिलाई संकटमा पारिरहेको बताएका छन् । नयाँ शक्तिका नेता बासु पोखरेललाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले डा. भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको बताए । उनले भने, ‘उहाँको कामले उहाँलाई त संकटमा पारेको छ नै, नयाँ शक्ति पनि केहो-क...
प्रचण्ड उठ्ने भएपछि चितवन फेरि चर्चामा, यस्तो छ मतको लेखाजोखा

प्रचण्ड उठ्ने भएपछि चितवन फेरि चर्चामा, यस्तो छ मतको लेखाजोखा

चितवन, ११ कात्तिक । स्थानीय तहको निर्वाचनका बेला चर्चित बनेको चितवनको भरतपुर महानगरपालिका प्रतिनिधिसभा निर्वाचनमा पनि उत्तिकै चर्चित बनेको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने घोषणा गरेपछि भरतपुर चर्चित बन्नपुगेको हो। चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाको १९ वटा वडा र माडी नगरपालिका पर्छ। माओवादी केन्द्र...
प्रधानमन्त्रीले सोधे, ‘प्रजातन्त्र कसले ल्याएको हो ?’

प्रधानमन्त्रीले सोधे, ‘प्रजातन्त्र कसले ल्याएको हो ?’

कार्तिक , ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनभन्दा भिन्न र शासन व्यवस्था निर्धारणको निर्वाचन भएकाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले लाकतन्त्रका पक्षमा मतदान गर्नुपर्ने बताएका छन् । पोखराको प्रदर्शनी केन्द्रमा शनिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी दलको गठबन्धनकले चुनौति उत्पन्न गरेको बताए । माओवादी र एमालेले गरेको बम गठबन्धनले एक दली...
कांग्रेसले भन्यो–वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा छ

कांग्रेसले भन्यो–वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा छ

पोखरा, ११ कात्तिक । नेपाली काँग्रेसका शीर्ष नेताले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा भएको बताएका छन् । नेपाली काँग्रेस कास्कीको आयोजनामा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेताले वाम गठबन्धन एक दलीय निरंकुश कम्युनिष्ट शासन तथा सर्वसत्तावाद कायम गराउने लक्ष्यका साथ अघि बढाइएको विचार व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र,...
संखुवासभामा २६ देखि ७४ वर्षसम्मका उम्मेदवार

संखुवासभामा २६ देखि ७४ वर्षसम्मका उम्मेदवार

संखुवासभा, ११ कात्तिक । मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३० जनामा सबैभन्दा बढी उमेरका उम्मेदवार हुन् ७४ वर्षका भरत राई। राईले राष्ट्रिय जनमुक्ति पार्टिबाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका हुन् । कार्यकर्ताहरुले जेष्ठताको आधारमा आफूलाई उम्मेरदवारी दिन आग्रह गरेपछि उम्मेदवारी दिएको राईले बताए। जनमुक्ति पार्टीले प्रदेशसभा क मा जग...
error: Content is protected !!