काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ । पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले प्रदेशसभा सदस्यहरु छनोट गरेकोहो ।

माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् ।

Advertisement

प्रदेश ३ कै प्रदेशसभा सदस्य बनेका दोलखाका आङदेण्डी लामा चुनाव अघि मात्र माओवादी प्रवेश गरेका थिए ।

प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । कृष्णा शाह अाचार्य नेता रामदीप अाचार्यकी श्रीमति हुन् । यस्तै विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी (जेठोबुवाको छोराकी श्रीमती)  हुन् । सीता नेपाली पूर्व सांसद हुन् ।

यस्ता छन् समानुपातिक सांसदहरु :

प्रदेश नं.-१

१. सीता थेवे

२ . कुशुमकुमारी श्रेष्ठ

३. शाैभाग्य राई

४. सरस्वती पाेखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नं.-२

१. जगतप्रसाद यादव

२ . महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं.-३

१. दिनेश महर्जन

२. अाङ्देण्डी लामा

३. अाेम घलान

४. हिमाली गाेले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं.-४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया राेकामगर (गाैतम)

प्रदेश नं.-५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लाैटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश नं.-६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

प्रदेश नं.-७

१. निर्मला बडाल (जाेशी)

२. कुन्ती जाेशी

३. बिनिता चाैधरी

४. शान्ति नेपाली

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!