काठमाडौं, १० पुस । सत्तारुढ दल नेपाली कांग्रेसका सबै भ्रातृ संगठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न दबाब दिएका छन्।

Advertisement

कांग्रेसमा आवद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ, नेपाल र नेपाल दलित संघले सोमबार काठमाडाौंमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीलाई तत्काल राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न दबाब दिएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले तत्काल राष्ट्रपतिबाट अध्यादेश जारी नभए आन्दोलनका सशक्त कार्यक्रम संचालन गर्न बाध्य हुने चेतावनी दिइन्।

कांग्रेसका भ्रातृ संगठनहरूले सरकारले पठाएको अध्यादेश जारी नगरेर राष्ट्रपति भण्डारी संविधानविपरट्ठत चल्न खोजेको आरोपसमेत लगाएका छन्। कांग्रेस भ्रातृ संगठनहरूले राष्ट्रपतिले राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी नगरेकै कारण नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न कठिनाइ भइरहेको पनि बताएका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!