उदयपुरमा सुमो जीप दुर्घटना,  ८ जनाको मृत्यु

उदयपुरमा सुमो जीप दुर्घटना, ८ जनाको मृत्यु

उदयपुर, १३ कात्तिक । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  मृतक मध्ये ७ पुरुष र १ महिला रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको छ । जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ५०० मिटर त...
गुल्मीमा माइक्रो बस सडकबाट ३ सय मिटर तल खस्यो, ७ को मृत्यु, ६ घाइते

गुल्मीमा माइक्रो बस सडकबाट ३ सय मिटर तल खस्यो, ७ को मृत्यु, ६ घाइते

गुल्मी, १३ कात्तिक । बुटवलबाट तम्घासतर्फ गइरहेको माइक्रो बस गुल्मी दरबार गाउँपालिका–३ स्थित वीरबास भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना भएको छ । बा ४ ख ५५०१  नम्बरको माइक्रो सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको हो । दूर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ६ घाइते रहेका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । मृतक तथा घाइतेको सनाखत हुन सकेको छैन । हाल उद्दार कार्य जा...
‘अधिकार पाउँन महिलाहरु आफै अग्रसर हुनुपर्छ’

‘अधिकार पाउँन महिलाहरु आफै अग्रसर हुनुपर्छ’

धनकुटा, १३ कात्तिक । धनकुटामा आयोजित एक कार्यक्रममा सहभागिहरुले महिलाहरु आफ्नो हक अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिएका छन । संकल्पको सहयोगमा जिल्ला केन्द्रित व्यक्तिले आयोजना गरेको जिल्ला स्तरमा महिला अधिकार बारे परामर्श कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा हरेक क्षेत्रमा महिला र पुरुषको समान सहभागिताको वारेमा पनि छलफल तथा परामर्श लिईएको थियो । कार्यक्रममा प...
भाग्य बदल्न यो गल्लीमा पालो कुरेर चुम्बन गर्छन् प्रेम जोडी

भाग्य बदल्न यो गल्लीमा पालो कुरेर चुम्बन गर्छन् प्रेम जोडी

एजेन्सी, १३ कात्तिक । मेक्सीकोका युगल जोडी आफ्नो प्रेम अमर बनाउनका लागि भाग्य बदल्नका लागि गुआनायुआटो शहरको एक गल्लीमा गएर एक अर्कालाई चुम्बन गर्छन् । उक्त गल्लीलाई ‘एले अफ द किस’ को नामले चिनिन्छ । यदि कुनै जोडीले उक्त गल्लीमा गएर चुम्बन गर्छन् भने उनीहरुले अर्को १५ वर्षसम्म खुसीको वरदान पाउने मान्यता रहिआएको छ । खुसीको वरदान हाँसिल गर्ने चाहमा मानिसहरु लाइन लागेर आफ्नो पालो कुरेर बस्छन् । यस...
द्धन्द्ध रुपान्तरण भएका बनको अनुगमन

द्धन्द्ध रुपान्तरण भएका बनको अनुगमन

धनकुटा, १३ कात्तिक । धनकुटामा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले गरेका कामको स्थलगत अनुगमन गरिएको छ । ग्रिन नेपाल मिडियामा आवद्ध पत्रकारहरुको टोलीले सामुदायिक वनमा गरिएको द्धन्द्ध रुपान्तरणको अवस्था अनुगमन गरेको हो । अनुगमन पश्चात सरोकारवालाहरुसँग अन्तरक्रिया पनि गरिएको छ । ग्रिन मिडियामा आवद्ध र स्थानीय पत्रकारहरु, सामुदायिक बन तथा बन कार्यालयका प्रतिनिधिवीच अन्तरक्रिया गरिएको हो । का...
निर्वाचन रोक्ने माग सर्वोच्चद्वारा अस्वीकार

निर्वाचन रोक्ने माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, १३ कात्तिक । केन्द्र र प्रदेश निर्वाचन रोकिनुपर्ने मागसहित दायर भएको एक रिटमा निर्वाचन आयोगसँगको छलफलपछि सर्वोच्च अदालतले मागअनुरूप अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेशको मागलाई सर्वोच्चको संयुक्त इजलासले अस्वीकार गरेपछि आयोगलाई अघि बढ्न थप सहज भएको छ । आयोगले दल दर्ता गर्न र निर्वाचन चिह्न दिन नमानेपछि अन्तरिम आदेशमार्फत निर्वाचन प्रक्रिया नै रोक...
गुल्मीमा १३ जना यात्रु बोकेको माइक्राे भिरबाट खस्यो

गुल्मीमा १३ जना यात्रु बोकेको माइक्राे भिरबाट खस्यो

गुल्मी, १३ कात्तिक । वुटवलबाट तम्घासकाका लागि छुटेको बा ४ ख ५५०१ नं. को यात्रुबाहक माइक्राे साेमबार दिउसाे जिल्लाको गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएकाे छ । १३ जना यात्रु लिएर गुडेकाे माइक्राे बिपरीत दिशाबाट अाउदै गरेकाे अर्काे गाडीसंग ठक्कर खाएर सडकबाट ३०० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । दुर्घटनाकाे थप बिवरण अाउन बाकी रहेकाे छ ।
बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रयास

बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रयास

भोजपुर, १३ कात्तिक । दक्षिणी आमचोक गाउँपालिकास्थित एक दलित बालिकामाथि बलात्कारपश्चात निर्मम कुटपिट गरी ज्यान मार्ने प्रयास भएको छ ।  १४ वर्षीया रमा विश्वकर्मा (नाम परिवर्तन)लाई कार्तिक ११ गते दिउँसो सोही ठाउँकै सन्तोष श्रेष्ठले बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास गरेका थिए । घरपरिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्...
६ अर्बको हतियार किन्ने खेल, कमिसन मात्रै ९४ करोड !

६ अर्बको हतियार किन्ने खेल, कमिसन मात्रै ९४ करोड !

काठमाडौँ, १३ कात्तिक । ‘नेपाल प्रहरीका कुल ७२ हजार ७३३ जनशक्तिमध्ये करिब ७५ प्रतिशत अर्थात करिब ५४ हजारलाई मात्रै फिल्डमा उतार्न सकिन्छ, अरू जनशक्ति कार्यालय सुरक्षा, कारागार तथा अन्य सुरक्षामा खटिन्छन् । ७५ प्रतिशत फौज सबैले हतियार बोक्दा पनि नेपाल प्रहरीसँग १० हजार थान हतियार बचत हुने अहिलेको अवस्था छ ।’ (–राजेन्द्र सिंह भण्डारी, पूर्व एआईजी नेपाल प्रहरी) प्रहरी प्रधान कार्यालयले फौजका लागि ...
आचारसंहिताको धज्जी उडाउँदै ३०२ जना प्रहरी इन्सपेक्टरको सरुवा (हेर्नुहोस् सूची)

आचारसंहिताको धज्जी उडाउँदै ३०२ जना प्रहरी इन्सपेक्टरको सरुवा (हेर्नुहोस् सूची)

काठमाडौँ, १३ कात्तिक । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना (इन्सपेक्टर)प्रहरी अधिकारीको सरुवा गरेको छ । निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । प्रहरी प्रधान कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महिनाको तलब तथा सुविधा सरुवा भएकै स्थानबाट लिने गरी सरुवा गरिएको जनाएको छ । यसरी सरुवा...
यसकारण ५४ वर्षदेखि गुफामा बस्दै आइरहेकाे छ याे जोडी

यसकारण ५४ वर्षदेखि गुफामा बस्दै आइरहेकाे छ याे जोडी

मायामा परेपछि मानिस जस्तोसुकै अवस्थाबाट पनि गुज्रिन तयार हुन्छ । चीनमा बस्दै आइरहेका एक जोडीको पनि यस्तै अजबगजब प्रेम कथा रहेको छ । लियांग जिफु र ली सुइंग नाम गरेका यी जोडी ५४ वर्षदेखि गुफामा बस्दै आइरहेका छन् । दक्षिण पश्चिम चीनमा रहेको नैचोग सिटीमा यो जोडीले घरको भाडा तिर्न नसकेपछि उनीहरुले गुफामा बस्ने निर्णय गरे । ५४ वर्षपछि यी जोडीहरुले गुफामा ३ वटा बेडरुम र एउटा किचन तथा लिबिङ रुम बनाएका ...
अण्डा पार्न थाले दुर्लभ डंगर गिद्धले

अण्डा पार्न थाले दुर्लभ डंगर गिद्धले

चितवन, १३ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले अण्डा पार्न थालेका छन् । गत वर्ष १५ वटा गिद्धले अण्डा पारेका थिए भने यस वर्ष एउटा गिद्धले अण्डा पारिसकेको छ । नोभेम्बर/डिसेम्बर महिनामा अण्डा पार्ने भए पनि यस वर्ष केही छिटो अण्डा पारेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्ध रहेका छन् ।...
१३ वर्षीय भाइको हत्या आरोपित दिदीले प्रहरी चौकीकाे शौचालयमा सलको पासो लागार्इ गरिन् आत्महत्या

१३ वर्षीय भाइको हत्या आरोपित दिदीले प्रहरी चौकीकाे शौचालयमा सलको पासो लागार्इ गरिन् आत्महत्या

सिरहा, १३ कात्तिक । भाइको हत्या आरोपमा पक्राउ परेकी दिदीले सिरहाको विष्णुपुर प्रहरी चौकीमै आत्महत्या गरेकी छिन्। कर्जन्हा नगरपालिकाको बन्दिपुरका १३ वर्षीय भवेशकुमार यादवको हत्या उनका साथी सञ्जयकुमार साह र नाताले दिदी पर्ने प्रियंकाले गरेको भन्दै प्रहरीले आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो। ईलाका प्रहरी कार्यालय मिर्चैयामा सार्वजनिक गरिए पनि कैदी राख्ने ठाउँ नभएपछि विष्णुपुर पुर्याइएकी प्रियंका...
मधेसीले धानेको काठमाडौं ! छठमा के-के भयो ?

मधेसीले धानेको काठमाडौं ! छठमा के-के भयो ?

काठमाडौं, १३ कात्तिक । जमलका होटल व्यवसायी सुरज लिम्बुको होटलमा रक्सीको बोतलको चाङ लाग्यो । तर, झण्डै एक हप्तादेखि उनको खाली सिसीबोतल लैजाने मानिसहरु आएनन् । दैनिक होटलबाटै बोतल किनेर लैजाने ब्यापारीहरु छठ मनाउन तराई झरेपछि लिम्बु स्टोरमा थन्किएका खाली बोतलहरु कता तह लगाउने भन्ने चिन्तामा परे । बिहानै साइकलमा तरकारी लिएर ढोका-ढोका पुग्ने ब्यापारी गतहप्ता राजधानीबाट गायब भए । कुकर, ग्यास स्टोभ ...
मन्त्रीको बोलीले निम्त्यायो विवाद

मन्त्रीको बोलीले निम्त्यायो विवाद

धनकुटा, १२ कात्तिक । उद्योग मन्त्री सुनिलबहादुर थापाको अभिव्यक्ति विवादित भएको छ । धनकुटामा शनिवार भएको पत्रकार सम्मेलनमा उनले बिराटनगरलाई प्रादेशिक राजधानी बनाउँन एमाले धनकुटाले हस्ताक्षर गरेको बताएपछि विवाद निम्तिएको हो । मन्त्रीको उक्त अभिब्यक्ति प्रति एमालेले आईतबार धनकुटामा पत्रकार सम्मेलन गरी आपत्ती जनाएको छ । पत्रकार सम्मेलनमा एमाले कार्यबाहक अध्यक्ष दुर्गा लिंखाले मन्त्री थापाको आधारहिन र...
अनैतिक सम्बन्ध लुकाउन दिदिले गरीन अाफ्नै भाइकाे निर्मम हत्या

अनैतिक सम्बन्ध लुकाउन दिदिले गरीन अाफ्नै भाइकाे निर्मम हत्या

सिरहा, १२ कात्तिक । कर्जन्हा नगरपालिका २ बन्दिपुरमा अनैतिक सम्बन्ध लुकाउन दिदिले आफ्नो नजिकको केटा साथीको सहयोगमा भाईको हत्या गरेकी छिन् । यहि कार्तिक ३ गतेदेखि हराईरहेका स्थानिय कुसुमलाल यादवका १३ बर्षीय छोरा भवेश कुमार यादवको शव ५ गते बेलुकी हत्या गरि फालिएको अवस्थामा कर्जन्हा नगरपालिका २ स्थित बनमारा घारीमा फेला परेको थियो । भबेशलाई आफ्नै ठुलोबुवा राम उदगार यादबका १६ बर्षीय छोरी प्रियंका या...
१८ वर्षपछि फेरि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त

१८ वर्षपछि फेरि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त

काठमाडौं, १२ कात्तिक । मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा आम निर्वाचनमा चलेको रोचक प्रतिस्पर्धा १८ वर्षपछि फेरि दोहोरिँदैछ । लोकतान्त्रिक गठन्धनको तर्फबाट राप्रपा अध्यक्ष कमल थापा मकवानपुर १ मा प्रतिनिधिसभाको उम्मेदवार बन्ने निश्चित भइसकेको छ । वामपन्थी गठबन्धनमा मकवानपुरको दुबै क्...
श्रेष्ठलाई टिकट नदिएपछि एमालेमा भाडभैलो, युवा संघ निष्क्रय बस्ने

श्रेष्ठलाई टिकट नदिएपछि एमालेमा भाडभैलो, युवा संघ निष्क्रय बस्ने

मोरंग, १२ कात्तिक । प्रदेश नम्बर १ अन्तर्गत मोरंग क्षेत्र नम्बर १ (क)मा एमालेका प्रभावशाली नेता मानबहादुर श्रेष्ठलाई टिकट नदिएको भन्दै असन्तुष्टी बढेको छ । एमालेभित्रको गुटबन्दीका कारण श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराइएको एमालेका स्थानीय कार्यकर्ताहरुको ठहर छ ।  गत स्थानीय तहको निर्वाचनमा मोरंग क्षेत्र नम्बर १ (क)मा पर्ने मिक्लाजुङ गाँउपालिका र उर्लाबारी नगरपालिकाका सबै वडामा एउटा सदस्य समेत न...
बेमौसमी काँक्रो बजारमा

बेमौसमी काँक्रो बजारमा

पोखरा , १२ कात्तिक । क्रमिकरूपमा चिसो बढ्दै गएको अवस्थामा उत्पादन घटे पनि बजारमा काँक्राको अभाव हुन नदिन यहाँका एक किसानले यतिखेर बेमौसमी काँक्रो उत्पादन गरेर बजारमा ल्याएका छन् । पोखरालेखनाथ महानगरपालिका– १४ चाउथेका किसान केबल गौतमले अत्याधुनिक प्रविधि हाइ–टेक (हरितगृह) भित्र बेमौसमी काँक्रो फलाएर यसै हप्ताबाट पोखरा बजारमा ल्याउनुभएको हो । कृषि विकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुन...
सर्वोच्चको आदेशबारे निर्णय गर्न आयोग बैठक जारी

सर्वोच्चको आदेशबारे निर्णय गर्न आयोग बैठक जारी

काठमाडौं, १२ कात्तिक । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको छुट्टा छुट्टै मतपत्र बनाउन दिएको आदेशको पत्र पाएपछि निर्वाचन आयोगले कानुनविदहरुसँग छलफल गरिरहेको छ। सर्वोच्चले गत बुधबार प्रत्यक्षतर्फ दुवै सभाको मतपत्र अलगअलग छाप्नेबारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण माग गरेपछि आयोगले छलफल गरेको हो। आयोगकै कार्यालयमा महान्यायधिवक्तासहित कानुनविदलाई बोलाएर छलफ...
ओखलढुंगामा चट्याङ पर्दा एकैघरका तीन जना घाईते

ओखलढुंगामा चट्याङ पर्दा एकैघरका तीन जना घाईते

खोटाङ, १२ कात्तिक । चट्याङ पर्दा ओखलढुंगामा एकैघरका तीन जना घाईते भएका छन्। पानीसँगै परेको चट्याङ लागेर चिसंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय बुद्धीबहादुर बिश्वकर्मा, उनका ३४ वर्षीय बुहारी कृष्णलक्ष्मी बिश्वकर्मा र १० वर्षका नाती कुशल बिश्वकर्मा घाईते भएका हुन्। शनिबार परेको चट्याङले बिश्वकर्मा परिवारको एउटा भैंसी मरेको प्रहरीले जनाएको छ। चट्याङले घरमा समेत क्षती पुगेको छ।
वर्षा र हुस्सुले चियामा असर

वर्षा र हुस्सुले चियामा असर

इलाम, १२ कात्तिक । सिँचाइ अभावले बर्सेनि सन्तोषजनक उत्पादन हुन नसकेको चियामा यो वर्ष बढी वर्षाका कारण असर पुगेको छ । पोहोर हिउँददेखिकै लगातारको झरी र हुस्सुले यो वर्ष जिल्लामा उत्पादन घटेको उद्योगी–किसानले बताएका छन्। यो वर्ष पहाडी क्षेत्रको चियालाई आवश्यकभन्दा बढी पानी परेकाले सबैजसो बगान र उद्योगमा चिया उत्पादन घटेको व्यवसायीले बताए । अघिल्ला वर्षहरूमा हिउँदमा सिँचाइ अभाव र चैत–वैशाखमा खडेरी ...
भण्डारखालको पर्खाल भत्किँदा ट्याक्सी र सुमो पुरिए (फोटो फिचर)

भण्डारखालको पर्खाल भत्किँदा ट्याक्सी र सुमो पुरिए (फोटो फिचर)

काठमाडौं, १२ कात्तिक । गएराति असिनासँगै वर्षा हुँदा गौशालाको भण्डारखालस्थित ‘रिटेनिङ वाल’ भत्किएर तीन वटा सवारी साधन पुरिएका छन्। पर्खालले एउटा ट्याक्सी एवं दुई वटा टाटा सुमो गाडी पुरेको हो। बा २ ज ३७१४ नम्बरको ट्याक्सी तथा ना १ ज ३७००, ना १ ज ४९२० नम्बरको टाटा सुमो गाडीलाई पर्खालले पुरेको हो।महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले नागरिकन्युजसँग भने, ‘गए राति असिना पानी परेप...
कलंकीमा रोकिराखेको बसमा आगजनी

कलंकीमा रोकिराखेको बसमा आगजनी

काठमाडौं, १२ कात्तिक । राजधानीको कलंकी स्थित ढुंगेअड्डामा रोकिराखेको बसमा आगो लागेको छ । आईतबार मध्यान्ह अचानक लागेको आगो कसले लगायो भन्नेबारे खुल्न सकेको छैन । महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीका ईन्सपेक्टर विमल थापाले बा १ ख ६१६० नम्बरमा आगो लागेको पुष्टि गर्दै भने, ‘पुरानो भएरपार्किङ गरेर राखेको मिनीबसमा आगलागीका कारण क्षति पुगेको छ ।’आगो कसले लगायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
काँग्रेस निभ्ने बेलाको बत्ति : नेता ज्ञवाली

काँग्रेस निभ्ने बेलाको बत्ति : नेता ज्ञवाली

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अब वाम एकताबाट कोहीपनि भाग्न नपाउने बताएका छन् । नेपालका कम्युनिष्टहरुका कारण देशमा ठूला ठूला परीवर्तन भएकोले अव जनताको समृद्धिका लागि बाम एकताबाट कोही भाग्न नहुने उनले बताए । ‘संघिय गणतन्त्र नेपाल स्थापना गर्न सबैभन्दा ठूलो योगदान नेपालका बामपन्थीको छ, कम्युनिष्टहरु बलिदान नचढेको सबैभन्दा बढी जनताका मौलिक हक भएको संविधान संविधानसभाबाट...
तराईको ‘सरप्राइज’: बाढीमा डुबेको धानको नयाँ रेकर्ड

तराईको ‘सरप्राइज’: बाढीमा डुबेको धानको नयाँ रेकर्ड

काठमाडौं, १२ कात्तिक । गत साउनमा बाढीले तराई तहसनहस पार्दै गर्दा सबैैको अनुमान थियो, यस वर्ष धानको उत्पादन ह्वात्तै घटेर चामलमा परनिर्भरता बढ्छ । कतिपयले त आर्थिक वृद्धिमै असर पुग्ने अनुमानसमेत नगरेका होइनन् । धान भित्र्याउने समयमा भने तराईले ‘सरप्राइज’ नै दिएको छ । विभिन्न जिल्लाबाट वर्षे धान उत्पादन वृद्धिको प्रारम्भिक तथ्यांक आएपछि काठमाडौंका कृषि अधिकारीहरु तीनछक छन् । गत वर्ष कत्ति पनि उत...
१६ वर्षदेखि अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनको तयारी थालियो

१६ वर्षदेखि अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनको तयारी थालियो

कालिकोट, १२ कात्तिक । १६ वर्षदेखि अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनमा आउने भएको छ। ०५८ देखि अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनको तयारी थालिएको हो। विमानस्थल सञ्चालनमा ल्याउनका लागि कालोपत्रेको काम सुरु भएको छ। विमानस्थल कालोपत्रेका लागि १२ करोडको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण जिम्मा पाएको अमर कन्ट्रक्सन प्रालिका भद्रबहादुर शाहीले बताए। ‘वर्षाका कारण र दसैँ तिहारक...
प्रदेश २: कांग्रेस, राजपा र फोरम मिले वाम गठबन्धन संकटमा

प्रदेश २: कांग्रेस, राजपा र फोरम मिले वाम गठबन्धन संकटमा

काठमाडौं, १२ कात्तिक । हिमाली र मध्यपहाडी जिल्लामा सिट बाँडफाँटमा ठूलो समस्या बेहोर्नु नपरेपछि वाम गठबन्धनमा उत्साह देखिन्छ । तर, प्रदेश २ मा के होला ? एमाले र माओवादीका नेतामा अन्योल देखिन्छ । उक्त प्रदेशमा कांग्रेस, राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भए वाम गठबन्धन संकटमा पर्ने अवस्था छ । उक्त गठबन्धनको लक्ष्य तराई मधेसका जिल्लाहरुमा ४५ प्रतिशत सिट सुरक्षित गर्ने भन्ने छ । राजपा र संघीय फ...
बिर्तामोड गोलीकाण्डका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

बिर्तामोड गोलीकाण्डका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

झापा, १२ कात्तिक । बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शनिबारै हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । अन्य घाइते ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उ...
गोरखामा बाबुराम गाउँ पसे, नारायणकाजी काठमाडौंमै योजना बनाउँदै

गोरखामा बाबुराम गाउँ पसे, नारायणकाजी काठमाडौंमै योजना बनाउँदै

गोरखा, १२ कात्तिक । मंसिर १० गते हुने चुनावका लागि सबैभन्दा बढी चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा राजनीतिक दलहरुले चुनावी अभियान सुरु गरेका छन्। नेपाली कांग्रेसको समेत समर्थनमा प्रतिनिधिभा सदस्य उम्मेदवार रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले घरदैलो अभियान सुरु गरिसके भने वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भने काठमाडौंमा नै गोरखाली मतदा...
रुखमा ठोकिएर ट्रक दुर्घटना ४ जना घाइते

रुखमा ठोकिएर ट्रक दुर्घटना ४ जना घाइते

दाङ, १२ कात्तिक । दाङमा आइतबार बिहान भएको ट्रक दुर्घटनामा परी चार जना घाइते भएका छन्। पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग१ख६२४८ नम्बरको ट्रक तुलसीपुर ७ पर्सेनीनजिकै रुखमा ठोकिएर नालामा पल्टिएर दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते हुनेमा चालक जिल्ला सर्लाही कालिन्चोक नगरपालिका वडा नम्बर १२ बस्ने वर्ष ३४ का सन्तोष खड्का, सोही ठाउँ बस्ने वर्ष १९ का सहचालक शंकर खड्का, ट्रकमा सवार जिल्ला तनहुँ ख...
error: Content is protected !!