स्काभेटर खोलामा खस्दा तीन जना घाइते

स्काभेटर खोलामा खस्दा तीन जना घाइते

दार्चुला, १ पुस । जिल्लाको मालीकार्जुन गाउँपालिका ८ पस्ती नजिक अनटेष्ट स्काभेटर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बैतडिबाट दार्चुला सदरमुकाम आउँदै गरेको नयाँ स्काभेटर ऐरिछाना र पस्तीको बिचमा पर्ने भर्कोट खोलामा खस्दा तीन जना घाइते भएका हुन् । घाइतेलाइ उपचारको लागि दार्चुला जिल्ला अस्पताल खलंगा ...
मानव बेचबिखनका अभियुक्त यसरी परे प्रहरीको फन्दामा

मानव बेचबिखनका अभियुक्त यसरी परे प्रहरीको फन्दामा

काठमाडौँ , १ पुस । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त ग्लाल्जेन शेर्पालाई आज ललितपुर चापागाउँबाट पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३८ वर्षीय शेर्पालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ । अभियुक्त शेर्पाले एक व्यक्तिलाई इराकमा महिलालाई राम्रो अवसर आएको र मासिक पारिश्रमिक कम्...
धनकुटालाई आँखा उपचारको ‘हव’ बनाईने

धनकुटालाई आँखा उपचारको ‘हव’ बनाईने

धनकुटा, २९ मंसिर । धनकुटा ६ कचिडेस्थित डा.रामप्रसाद पोखरेल ऑखा अस्पतालले धनकुटालाई ऑखा उपचारको हव बनाउने दावी गरेको छ । पुर्वका जिल्लाको आकर्षण बन्दै गएको अस्पतालले अब ऑखा उपचारको केन्द्र बनाउने जनाएको हो । अस्पतालले एक वर्षको अवधिमा झन्डै तीन लाख बढि ऑखाको उपचार गरेको छ । नेपाल नेत्र ज्योति संघको नवौ साधारण सभा तथा अस्पतालको चौथो स्थापना दिवसको अवसरमा सुक्रवार आयोजित कार्यक्रममा उक्त जानकारी दिइ...
आँखा अस्पताल सञ्चालनमा सहयोग गर्नेलाई सम्मान

आँखा अस्पताल सञ्चालनमा सहयोग गर्नेलाई सम्मान

धनकुटा, २९ मंसिर । धनकुटामा आँखा अस्पताल सञ्चालनमा सहयोग गर्ने ब्यक्तिहरुलाई शुक्रवार सम्मान गरिएको छ । नेपाल नेत्र ज्योती सघं धनकुटाको नवौँ बार्षिक साधारणसभा तथा डा.रामप्रसाद पोख्रेल आँखा अस्पतालको चौथो बार्षिक उत्सवको अवसर पारेर चार जनालाई सम्मान गरिएको हो । सम्मानीत हुँनेमा पूर्व शिक्षा राज्यमन्त्री धनमाया विश्वकर्मा खनाल, नेत्रज्योती सघंका पूर्वसचिव लिलानाथ मिश्र, धनकुटा–७ का ईन्द्रकुमारी ताम...
धनकुटालाई राजधानी बनाउँन माग गर्दै आन्दोलन घोषणा, यस्तो छ चरणबद्ध आन्दोलन

धनकुटालाई राजधानी बनाउँन माग गर्दै आन्दोलन घोषणा, यस्तो छ चरणबद्ध आन्दोलन

धनकुटा, २९ मंसिर । धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै जिल्लाबासीले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । ब्याङ्ग्यात्क रुपमा क्यान्डिल जुलुशदेखि जिल्ला बन्दसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । आन्दोलनका कार्यक्रम अन्र्तगत शनिवार धनकुटा बजारमा क्यान्डिल जुलुश प्रदर्शन गरी बजार बन्द गरिनेछ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई सरकारले राजधानी ...
धनकुटामा प्रादेशिक राजधानी माग गर्दै वृहत जनप्रदर्शन (फोटो फिचरसहित)

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै वृहत जनप्रदर्शन (फोटो फिचरसहित)

धनकुटा, २९ मंसिर । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आज सदरमुकाममा वृहत जनप्रदर्शन गरेका छन् । सयौंको संख्यामा निश्किएका धनकुटाबासीले प्रादेशिक राजधानीको माग गर्दै बजारमा प्रदर्शन गरेका हुन् । राणाकालदेखि हालसम्म प्रशासनीक केन्द्रको रुपमा रहेको धनकुटामा सरकारले अस्थायी मुकाम तोक्नसमेत आनाकानी गरेको भन्दै धनकुटाबासीले प्रदर्शन गरेका हुन । ‘धनकुटालाई प्रादेशिक राजधानी...
लुक्लामा भएको गोमा एयर दुर्घटना, कारण चालकको लापर्वाही

लुक्लामा भएको गोमा एयर दुर्घटना, कारण चालकको लापर्वाही

काठमाण्डौ, २९ मंसिर । गत जेठ १३ गते सोलखुम्बुको लुक्लामा भएको गोमा एयर (हाल समिट एयर) को कार्गाे विमान दुर्घटनाको कारण सरकारले आज सार्वजनिक गरेको छ । दुर्घटनाका सम्बन्धमा जाँच गर्न नेपाल सरकराद्वारा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । रत्न मानन्धरको अध्यक्षतामा गठित समितिले सोलुखुम्बुको लेन्जिङ हिलारी विमानस्थल लुक्लामा भएको दुर्घटनाको कारणको बारेमा जानकारी गराइएको छ । संस्कृति,पर्यटन...
नवलपरासीमा भारतीय नागरिक मृत फेला

नवलपरासीमा भारतीय नागरिक मृत फेला

नवलपरासी, २९ मंसिर । नवलपरासीमा  शुक्रबार एक भारतीय नागरिक मृत फेला परेका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीमा भारती नागरिक ६५ वर्षीय लक्ष्मण साह कानु मृत फेला परेका हुन् । मृत कानु बिहार पश्चिम चम्पारण जिल्ला बाल्मिकीनगर थाना विजयपुरका नागरिक भएको प्रहरीले जनाएको छ ।   घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ  ।
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल

सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रवीच सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने स्पष्ट पारेका छन् । नेता पोखरेलले भने, ‘सरकार गठनको सन्दर्भमा एउटा प्रक्रियाबाट अघि बढ्छ, आफ्नो हैसियत अनुसार दाबी प्रस्तुत गर्छौं, दाबी प्रस्तुत गरिसकेपछि यसमा कुनै समस्या पर्छजस्तो मलाई लाग्दैन्, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नको लागि पनि बहुमतको सरकार ...
तनहुँको घाँसीकुवामा बस र माइक्रोबस ठोक्कियो ,१५ जना घाइते

तनहुँको घाँसीकुवामा बस र माइक्रोबस ठोक्कियो ,१५ जना घाइते

दमौली, २९ मंसिर । तनहुँको ब्यास नगरपालिका– १२ स्थित घाँसीकुवामा आज माइक्रो बस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् ।  पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ६०६२ नं. को माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ८७५९ नं को बस एक आपसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । माइक्रो बसले उछिन्ने क्रममा अगाडि...
प्रतिनिधी तथा प्रदेश सभा चुनावमा ४८ लाखले मतदान गरेनन्

प्रतिनिधी तथा प्रदेश सभा चुनावमा ४८ लाखले मतदान गरेनन्

काठमाडौँ, २९ मंसिर ।  तीन चरणमा भएको स्थानीय तहको निर्वाचनमा भन्दा दुई चरणमा भएको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा १२ लाख १७ हजार ३ सय ९२ कम मतदाता सहभागी भएका छन् । स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता रहेकोमा १ करोड ४ लाख ३१ हजार ४ सय ६० जनाले मतादान गरेको निर्वाचन आयोगको आँकडा छ । यो चुनावमा मतदाता परिचयपत्र लिएका मध्ये ३६ लाख २३ हजार २२ जना मतदान प्रक्रियामा सहभ...
कालिगण्डकी कोरिडरमा एक्साभेटरमाथि पहिरो खस्यो, सहचालक बेपत्ता

कालिगण्डकी कोरिडरमा एक्साभेटरमाथि पहिरो खस्यो, सहचालक बेपत्ता

पाल्पा, २९ मंसिर । कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ । पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाल्पा जिल्लाका बगनासकाली गाउँपालिका–६ यम्घामा कुटिडाँडा नजिकैको कालीगण्डकी कोरिडोरको सडक विस्तारका क्रममा एक्सकाभेटर पुरिएको ह...
बिरामी बोकेको एम्बुलेन्स दुर्घटनाः पाँच जना घाइते

बिरामी बोकेको एम्बुलेन्स दुर्घटनाः पाँच जना घाइते

विराटनगर, २९ मंसिर । मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।  इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७ मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं–१ को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा एम्बुलेन्स चालक इलाम–६ बस्ने सुनील राईको अवस्था गम्भीर रहेको र एम्बुलेन्समा सवार सोही ठाउँका शिशिर शे...
मेडिसिटीमा मिर्गौलाको पथरी फुटाएर उपचार

मेडिसिटीमा मिर्गौलाको पथरी फुटाएर उपचार

ललितपुर, २९ मंसिर । ललितपुरको सैंबु भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गाैलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) सुरु भएको छ। ‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई मिर्गाैलाको पथरी फुटाएर गरिने उपचार विधि हो। नेपाल मेडिसिटी अस्पतालले ल्याएको विश्व बजारको सबैभन्दा पछिल्लो र अत्याधुनिक डोनियर कम्पनीको सिग्मा कम्प्याक्ट मेसिन हाल...
सिकार खेल्न जाँदा साथीले बोकेको बन्दुक पड्किएर किशोरको मृत्यु

सिकार खेल्न जाँदा साथीले बोकेको बन्दुक पड्किएर किशोरको मृत्यु

सिन्धुपाल्चोक, २९ मंसिर । साथीले बोकेको भरुवा बन्दुक पड्कदा सिन्धुपाल्चोकमा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा हेलम्बु गाउँपालिका–५ बोल्दे बस्ने १५ बर्षीय दिनेश तामाङ रहेका छन् । विहीबार उनी समेतका सोही ठाउँ बस्ने २५ बर्षीय पासाङ तामाङ र १८ बर्षीय सुनिल तामाङ चौरीखोर सामुदायीक बनमा शिकार खेल्न गएका थिए । सोही क्रममा किल्मो खोला भन्ने स्थानमा पासाङ तामाङले बोकेको भरुवा बन्दुक पड्कदा दिनेश...
याफ्टिङ डुव्दा फ्रान्सेली नागरिकको मृत्यु

याफ्टिङ डुव्दा फ्रान्सेली नागरिकको मृत्यु

कालिकोट, २९ मंसिर । र्‍याफ्टिङ दुर्घटनामा कालिकोटमा एक जना फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सान्नी त्रिवेणी गाँउपालिका–३ स्थित मुगुबाट ३ जना फ्रान्सेली नागरिकहरु विहिबार ३ वटा र्‍याप्टिङमा आएकोमा २४ बर्षीय माईल भन्ने व्यक्तिको र्‍याफ्टिङ पल्टदा डुबेर मृत्यु भएको छ । र्‍याफ्टिङमा रहेका २ जना फ्रान्सेली नागरिकहरु सकुशल रहेका छन् ।
बसन्तको ‘जाली रुमाल’मा मरिष्का र निराजनको प्रेम

बसन्तको ‘जाली रुमाल’मा मरिष्का र निराजनको प्रेम

संगीतकार बसन्त सापकोटा गायक पनि बन्ने दौडमा छन् । उनले, केहि नेपाली चलचित्रको गीतमा आवाज दिइसकेका छन् । पछिल्लो समयमा संगीतकारहरु पनि गायक बनिरहेको समयमा बसन्त पनि आफ्नै आवाजमा गीत तयार पार्न तल्लिन छन् । बसन्तकै शब्द, संगीत र स्वर रहेको ‘जाली रुमाल’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ । संगीतकार सापकोटाले आफूलाई दर्शकले माया गर्नेमा विश्वस्त रहेको बताए । यो गीतको म्यूजिक भिडियोमा निर...
कांग्रेसको धम्कीको राजनीतिलाई जनताले सबक सिकाएः महतो

कांग्रेसको धम्कीको राजनीतिलाई जनताले सबक सिकाएः महतो

जनकपुर, २९ मंसिर । राष्ट्रिय जनता पार्टीका नेता एवं धनुषा-३ बाट निर्वाचित सांसद राजेन्द्र महतोले कांग्रेस डर धम्कीको राजनीतिक गरिरहेको आरोप लगाएका छन् । चुनावको समयमा समेत कांग्रेसले यस्तै चरित्र देखाएको कारणले जनताले सबक सिकाएको नेता महतोले बताए । जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतोले कांग्रेसको चरित्रमा सुधार नआएको अवस्थामा जनताले फेरि पनि यस्तै जवाफ दिने भन्दै सुध्रिन आग्रह...
सरकारले सगरमाथाको उचाई मापन गर्ने, सबै तयारी पूरा

सरकारले सगरमाथाको उचाई मापन गर्ने, सबै तयारी पूरा

काठमाडौँ, २९ मंसिर । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले रु दुई करोड विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी दिए । उनले भने...
दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

झापा, २९ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१०च ९७१८ नं को मारुती भ्यानमा विपरित दिशाबाट आउँदै गरेको मे६प २३३३ नं...
धनकुटामा प्रादेशिक राजधानी माग गर्दै खबरदारी र्‍याली गरिने

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै खबरदारी र्‍याली गरिने

धनकुटा, २९ मंसिर । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै शुक्रवार (आज) खबरदारी र्‍याली गरिने भएको छ । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल विकासक्षेत्रको सदरमुकाम रहेको धनकुटालाई राजधानी घोषणा गर्न आनाकानी गरिएको भन्दै धनकुटाबासीले खबरदारी र्‍याली गर्न लागेका हुन् । सरकारलाई खबरदारी स्वरुप दिउँसो १ बजे धनकुटा बजारमा र्‍याली प्रदर्शन गरिने बजार ब्यवस्थापन समिति अध्यक्ष विप्लव श्रेष्...
नेपाली बजारमा आज सुनको भाउ घट्यो

नेपाली बजारमा आज सुनको भाउ घट्यो

काठमाडौं, २९ मंसिर । नेपाली बजारमा आज सुनको भाउ तोलामा ५४ हजार ३ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार यो छापावाला सुनको मूल्य हो भने तेजावी सुनको मुल्य तोलाको ५४ हजार रहको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलमा २ सय कम रहेको छ । आज चाँदी ७ सय १५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो, चिकित्सक राष्ट्रिय सम्मेलन आजदेखि

प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो, चिकित्सक राष्ट्रिय सम्मेलन आजदेखि

पाल्पा, २९ मंसिर । नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ । नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पाल्पा, तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तथा प्रा डा सिएल भट्टचनले विश्वले अवलम्बन...
ऐन लागू भएको छवर्षपछि पनि छुवाछूत उस्तै

ऐन लागू भएको छवर्षपछि पनि छुवाछूत उस्तै

काठमाडौँ, २९ मंसिर । जातीय भेदभाव तथा छुवाछूत ऐन आएको छ वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विसं २०६८ जेठमा सरकारले पहिलोपटक जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन लागू भएपछि विभेदकै कारण सातजना दलितले ज्यान गुमाउनुपरेको छ । ऐन आइसकेपछि जातीय विभेदका कारण २०६८ भदौमा दैलेखका सेते दमार्इं, २०६८ मंसिरमा कालीकोटका मनवीर सुनार, २०६८ माघमा सप्तरीका शिवशंकर दास, २०६९ असारमा ...
चारपाङ्ग्रेमा असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट

चारपाङ्ग्रेमा असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट

काठमाडौँ, २९ मंसिर ।  सरकारले वाग्मती अञ्चलमा दर्ता भएका चारपाङ्ग्रे सवारी साधनमा आगामी असार मसान्तभित्र अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागले वाग्मती अञ्चलमा दर्ता भएका सरकारी र संस्थानका सवारीका लागि आगामी चैत मसान्तभित्र र अरु सवारी साधनलाई २०७५ असार मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको हो । विभ...
सुनकोशी नदिमा जीप खस्यो

सुनकोशी नदिमा जीप खस्यो

काभ्रे, २९ मंसिर।  काभ्रेको भुम्लु गाउँपालिका-१० मा शुक्रबार बिहान जीप दुर्घटना भएकाे छ । बा ३ च ६७८७ नम्बरको जीप अन्दाजी ५० मिटर तल सुनकोशी नदिमा खसेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले सुनकोशी नदिमा डुबिरहेको अवस्थामा जीप फेला परेको जनाएको छ । जीपमा कतिजना सवार थिए भन्नेबारे केही खुलेको छैन । नेपाल प्रहरीका डीएसपी महेन्द्र मरासिनीले दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको बताए । ...
खोटाङमा घर र मतानमा आगलागी हुँदा १६ लाखको क्षति, १४ चौपाया जले

खोटाङमा घर र मतानमा आगलागी हुँदा १६ लाखको क्षति, १४ चौपाया जले

खोटाङ, २९ मंसिर । खोटाङको तुवाचुङ नगरपालिका–८ स्थित धितुङमा आगलागी हुँदा एउटा घर र मतान जलेर नष्ट भएको छ । स्थानीय मित्रमान राईको घर आगलागीमा जलेर नष्ट भएको हो । आगलागीबाट खरको छाना भएको तिन तले घर र एक तले मतानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी घर भित्रका सम्पुर्ण समान जलेर नष्ट भएका छन् । मतानमा रहेका १४ वटा चौपाया पनि जलेका छन् । प्रहरी र स्थानीयबासीले आगो निभाएका थिए । आग...
सुन्दरहरैचामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ घाईते

सुन्दरहरैचामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ घाईते

मोरङ, २९ मंसिर । मोरङको सुन्दरहरैचा–७ स्थित पूर्व पश्चिम राजमार्गमा गएराती बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । इलामबाट बिरामी लिएर धरान आउँदै गरेको मे.१ च.१२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई राति करिव १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एम्बुलेन्स चालक इलाम नगरपालिका–६ का ३० बर्षीय सुनिल राई गंभीर घाईते भएका छन् । त्यस्तै सोही ठाउँका २१...
नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर

नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर

काठमाडौ, २८ मंसिर । सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको छ। सिलवालले सरकारी कागज किर्ते गरेको सम्बन्धमा परेको मुद्दामा अदालतले हालै तयार पारेको फैसलाको पूर्ण पाठमा तत्कालिन प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालत...
७ नम्बर प्रदेशको राजधानी डडेल्धुरामा राख्न माग

७ नम्बर प्रदेशको राजधानी डडेल्धुरामा राख्न माग

डडेल्धुरा, २८ मंसिर । प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरामा हुनुपर्ने भन्दै डडेल्धुरामा आन्दोलन सुरु भएको छ । सरकारले ७ नम्बर प्रदेशको राजधानी कैललालीको धनगढी तथा डोटीको दिपायल कुन ठाउँमा हुने भन्ने विषयमा आधिकारीक निर्णय नगरेकाबेला डडेल्धुराका नगरिक अगुवा तथा व्ययापारीहरुले डडेल्धुरामा बुधबारदेखि निरन्तर आन्दोलन गर्दे आएका छन् । उद्योग बाणीज्य संघका केन्द्रीय सदस्य प्रकाश साउँदको सयोजकत्वमा १...
लहानमा बम विस्फोट, चौधरी घाइते

लहानमा बम विस्फोट, चौधरी घाइते

लहान, २८ मंसिर । लहानस्थित शहीद चोकमा आज दिउँसो बम विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको शहीद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए । हात र पिठ्यूँमा गम्भीर चोट लागेको चौधरीको स्...
error: Content is protected !!