संगालोखबर सम्वाददाता

धनकुटा, २९ मंसिर । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै शुक्रवार (आज) खबरदारी र्‍याली गरिने भएको छ । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल विकासक्षेत्रको सदरमुकाम रहेको धनकुटालाई राजधानी घोषणा गर्न आनाकानी गरिएको भन्दै धनकुटाबासीले खबरदारी र्‍याली गर्न लागेका हुन् ।

सरकारलाई खबरदारी स्वरुप दिउँसो १ बजे धनकुटा बजारमा र्‍याली प्रदर्शन गरिने बजार ब्यवस्थापन समिति अध्यक्ष विप्लव श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार भीमनारायण चौकबाट जुलुश प्रदर्शन गर्दै मदनचौकमा सभा गर्ने कार्यक्रम तय गरिएको छ । प्रादेशिक राजधानी माग गर्दै धनकुटाबासीले पटक–पटक दवावमुलक आन्दोलन गर्दै आएका छन् । तर, सरकारले अस्थायी राजधानी अन्यत्रै तोक्ने तयारी गरेको भन्दै बिभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन/प्रशारण भएपछि जिल्लाबासी आक्रोसित बनेका छन् ।

Advertisement
डाँडागाउँबाट देखिएको धनकुटा बजार । फाईल तस्वीर : संगालोखबर

धनकुटामा पर्याप्त भौतिक संरचना, १४ वटै जिल्लाको केन्द्रमा रहेको, मजवुत सुरक्षा ब्यवस्था, उपयुक्त हावापानी लगायत कारणले धनकुटाबासीले राजधानी माग गर्दै आएका हुन् । अन्य प्रदेशमा साविकको विकासक्षेत्रको सदरमुकामलाईनै अस्थायी प्रादेशिक राजधानी तोक्ने तयारी गरिएको भएपनि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकाम धनकुटालाई भने अन्याय गर्दै अन्यत्रै राजधानी तोक्ने सड्यन्त्र गरिएको जिल्लाबासीको ठहर छ ।

सरकारले १ नम्बर प्रदेशको राजधानीका लागि यसअघि धनकुटा, बिराटनगर, ईटहरी र धरानमा गरेको भौतिक संरचनाको अध्ययनमा पनि धनकुटानै उपयुक्त देखिएको छ । ईटहरी र धरानमा पर्याप्त भौतिक संरचना नभएको तथा बिराटनगरमा बढी खर्चिलो हुँने भएपछि भौतिक संरचनाको आधारमा धनकुटानै राजधानीका लागि उपयुक्त देखिएको हो ।

हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटानै उपयुक्त रहेकाले अन्य स्थानमा राजधानी नस्वीकारने अडान राख्दै आएका धनकुटाबासीले राजधानीका लागि जस्तोसुकै मुल्य चुकाउँन पनि पछी नपर्ने चेतावनी दिदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!