पशुपतिको बाँदरले म्याग्दीका किसान हैरान
म्याग्दी, २ पुस। पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौँको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या भएको छ ।
बेनी नगरपालिका वडा नं ९ मा पर्ने सल्लेरीको जंगलमा विगत केही वर्षयता अप्रत्यासितरुपमा बाँदरको संख्यामा वृद्धि भएपछि स्थानीय कृषकले लगाएको अन्नबाली सखाप पार्नुका साथै गलेश्वर शिवालय क्...

























