संगालोखबर सम्वाददाता

मोरङ, २९ मंसिर । मोरङको सुन्दरहरैचा–७ स्थित पूर्व पश्चिम राजमार्गमा गएराती बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् ।

Advertisement

इलामबाट बिरामी लिएर धरान आउँदै गरेको मे.१ च.१२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई राति करिव १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एम्बुलेन्स चालक इलाम नगरपालिका–६ का ३० बर्षीय सुनिल राई गंभीर घाईते भएका छन् ।

त्यस्तै सोही ठाउँका २१ बर्षीय शिशिर शेर्मा लिम्बु, ३४ बर्षीया प्रमिला कार्की, ३० बर्षीया रमिला लिम्बु र ३६ बर्षीय नेपाल खड्का सामान्य घाईते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घाईतेहरुको धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!