७. वसिष्ठ र करालजनकबिचको सम्वाद
यस जगत्को क्षरण अर्थात् लय जेमा हुन्छ, त्यस कहिल्यै क्षरित नहुने अक्षर र क्षरणशील अर्थात् नाशवान् जगत्का विषयमा कराल जनकलाई वशिष्ठले दिएका ज्ञानको प्रसङ्ग पनि सम्झिन योग्य छ ।
उनले सृष्टिका नाम, तह र क्रम यसरी देखाएका छन्—
– विद्यासर्ग– हिरण्यगर्भ (बुद्धि)
– अविद्यासर्ग– अहङ्कार, प्रजापति विराट्
– वैकृतसर्ग– ५ महाभूत ः आकास, वायु, तेज, जल र पृथ्वी
+ ५ विषय ः शब्द, स्पर्श, रूप, रस गन्ध
– भौतिकसर्ग– ५ ज्ञानेन्द्रिय ः आँखा, कान, नाक, त्वचा र जि≈वा
+५ कर्मेन्द्रिय ः वाणी, हात, खुट्टा, गुदा र लिङ्ग
+१मन = २४
“यी २४ तत्वदेखि परको विष्णुलाई पच्चीसौं तत्व भनिएको छ । तत्वहरूको आश्रय भएकाले मनिषीहरू त्यसलाई तत्व भन्दछन् ।” अद्वितीय, चेतन, नित्य, सर्वस्वरूप निराकार र सबैको आत्मा परमपुरुष परमात्मा नै सबैको हृदयमा रहन्छ ।
ऋषि अगाडि भन्छन्— “सृष्टि र प्रलय प्रकृतिकै धर्म हुन् र पुरुष चाहिं तीबाट एकदम पृथक् हो तापनि त्यस प्रकृतिसँगका संसर्गले गर्दा ऊ सृष्टि–प्रलयसँग सम्बद्धझैँ देखिन्छ । इन्द्रियगोचर नभए पनि भएभैंm देखिन्छ र निर्गुण भए पनि सगुणभैंm देखिन्छ ।
८. वैशम्पायन र मृत–दर्शनको प्रसङ्ग
के मरेर नष्ट भइसकेका मानिसहरू पुनः शरीर देखापर्नु सम्भव छ ? यहाँ वैशम्पायनद्वारा वर्णित एउटा अध्यात्म चिन्तन र अर्काे आÏनै भौतिक प्राक्कल्पनासमेत प्रस्तुत छन् ।
वैशम्पायन भन्छन्— भूताधिपतिको संश्रयले पाँच महाभूतहरू हम्रा शरीरको अपेक्षा नित्य छन् । तिनीहरूको अनित्य शरीरसँग (ती छउञ्जेल) नित्य संयोग हुन्छ । शरीरको नाश भएपछि ती नित्य महाभूतहरूको वियोग, विनाश हुँदैन ।
अश्वमेध यज्ञमा जब अश्वको बध गर्दा जुन ‘सूर्यं ते चक्षुः वातं प्राणः’ (तिम्रा नेत्र सूर्य र प्राण वायुमा मिलून्) आदि मन्त्र पढिन्छन्, तीबाट के थाहा हुन्छ भने इन्द्रियहरू सधैं लोकान्तरमा स्थित हुन्छन् । राजा जनमेयको आग्रहपछि प्रतापी व्यासले उनीमाथि कृपा गरे र परीक्षित (धेरै अघि मरिसकेका उनका बाबु ) लाई बोलाइदिए । उनी दर्शन दिएर पुनः लोप भए ।
अब एउटा भौतिकवादी ढङ्गको वैज्ञानिक प्राक्कल्पना भन्न सकिने यो चिन्तन हेरौं—
मानिस मर्दा उसका काम, चिन्तन र वाणी मर्दैनन् । सूक्ष्म तरङ्गहरूका रूपमा ती चिरकालसम्म वेगपूर्वक गतिमान् भइरहन्छन् र हरेक मानिसमा रहेका त्यस्ता तरङ्गलाई टिप्नु र कुनै मस्तिष्कीय तन्तु सक्रिय भएको अवस्थामा ती त्यस्ता तरङ्गहरूको सम्पर्कमा आइपुग्नु तथा तिनले सोझो वा घुमाउरो रूपमा ती दृश्य र वाणीका संयोजित रूपमा प्रत्यक्ष हुनु असम्भव देखिंदैन । कतैबाट आकासमा हुर्याइएका र गतिशील रहेका विद्युतीय तरङ्गहरूलाई कम्प्युटरीय शक्तिले टिपेका अर्थात् सञ्जालबाट समातिएका वाणी र दृश्यहरू पढे–हेरेका अनुभवहरू अब सामान्य भइसकेका छन् ।
सुदूर वा निकट अतीतमा उत्पन्न भएर त्यस्ता तरङ्गको रूपमा ब्र≈माण्डको कुनै स्थलमा जीवित रहेका ती पूर्व–दृश्य र वाणीहरूलाई देख्न–सुन्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन । यस्ता कथा–प्रसङ्गहरूलाई वैज्ञानिक सिद्धान्तका कसीमा घोटेर सम्बन्धित क्षेत्रका विज्ञ अन्वेषकहरूबाट अध्ययन हुनु र समाधान खोजिनु आवश्यक छ । सत्यका झिल्का जहाँसुकैको खरानीमुनि पनि छोपिएर रहेका हुन सक्छन् । तसर्थ नयाँ चिज फेला पर्न सक्ने हेरक सम्भावना ध्यान दिन योग्य हुन्छन् ।
९ चार्वाक–दर्शनसार
प्राचीन कालका भौतिकवादी चिन्तनको एक मात्र व्यवस्थित र स्पष्ट दर्शनधाराको रूपमा चर्वाक दर्शन देखा पर्छ ।
देवता, ईश्वर, राजा–महाराजा र ब्रा≈मणहरूका पराक्रम तथा अध्यात्म दर्शनको वर्णनले ओतप्रोत महाभारत ग्रन्थ–सागरमा चार्वाक दर्शनलाई सर्वत्र बहिष्कार, गरिएको मात्र छैन, अत्यन्त दुष्ट विकृत प्राणीको रूपमा देखाइएको समेत छ । यसलाई भौतिकवादका विरुद्ध अध्यात्मवादको चरम र विकृतिका हदसम्मको पक्षधरताको प्रमाण मान्न सकिन्छ । कर्मकाण्डीय पाखण्ड र अध्यात्मवादका विरुद्ध चार्वाकका खरा र अकाट्य तर्कका सामु उसबेला कोही अडिन सक्तैँँनथे ।
विद्वान्हरूमा चार्वाक दर्शनको समयबारे मतभेद भए पनि यो महाभारतकालमा विद्यमान रहेको प्रमाण स्वयं महाभारतमै पाइन्छ । यसका जराहरू वैदिक कालसम्म फिजिएका छन् । वास्तवमा यो दर्शन प्राचीनतम प्राग्वैदिक कालको भौतिक सामाजिक स्रोतहरूदेखि नै विकसित हुँदै प्रत्ययवादी दर्शनको प्रादुर्भावपछि वर्गीय समाजमा झाङ्गिदै गएको शोषण र बौद्धिक स्थिरताका विरुद्धको सङ्घर्षमा थप विकसित र सङ्गठित दर्शन थियो । चार्वाक दर्शनलाई लोकायत वा लोकायतिक दर्शन पनि भनिएको पाइन्छ । यस सिद्धान्तले शब्द र अनुमानलाई होइन, प्रत्यक्षलाई मात्र प्रमाण मान्दछ ।
यसले भन्छ— पृथ्वी, जल, तेज वायु यी चार तत्व हुन् । यिनैको संयोग, वियोग आदिबाट सारा वस्तुहरू बनिने र मासिने गर्छन् । भूतद्रव्य नै चेतनाको उत्पत्ति–स्रोत हो । देहबाहेक अर्काे कुनै आत्माको अस्तित्व छैन । “चेतनसम्पन्न विशिष्ट काय नै पुरुष (आत्मा) हो ।
यसको मतमा, मृत्यु नै मोक्ष हो । यस दर्शनमा कतै कुनै ईश्वरको अस्तित्व छैन । चार्वाक दर्शनबारे प्रोफेसर हरेन्द्र भन्छन्, “चार्वाकहरूका विचारलाई हामी मानौं कि नमानौं, तर उनीहरूका युक्तिहरूले हामीलाई प्रभावित पार्दछन् । ईश्वर, आत्मा, स्वर्ग, नर्क इत्यादि सत्ताहरूको खण्डनमा चार्वाकहरूले जुन युक्तिहरू प्रस्तुत गरेका छन् तिनीहरूलाई चुनौति दिनु असम्भव नभए पनि गाह्रो अवश्य नै छ । ती युक्तिहरूका विरुद्ध आक्षेप उपस्थित गर्नु कृत्रिम प्रतीत हुन्छ ।”
फेरि उहाँकै शब्दमा—“प्रो. हिरियानाले चार्वाक जुन युक्तिहरूद्वारा आत्माको खण्डन गर्छन्, तिनीहरूको प्रशंसा गर्दै भनेका छन्, ‘जुन आत्माको भारतका अन्य दर्शनहरूमा महत्वपूर्ण स्थान रहेको छ, त्यसको खण्डनका कारणले चार्वाक घनघोर वादविवादको विषय रहेको छ, तर के मान्नै पर्छ भने सैद्धान्तिक रूपले चार्वाकको दृष्टिकोण अकाट््य छ ।’ प्रो. हिरियानाको कथन आत्माका साथै ईश्वर, स्वर्ग, नर्क इत्यादि प्रत्ययहरूमा पनि लागु हुन्छ ।”लोकायत वा चार्वाक दर्शनको प्राचीनताबारे आचार्य झाको टिप्पणी सम्झिनयोग्य छ । उहाँ भन्नुहुन्छ—
“थेल्ज् (६४०–५५० ई.पू.) को जलमूलतत्वतावाद र एनेकस्मेनिज (५९०–५२५ ई.पू.) को वायुमूलतत्वतावाद एवम् पाइथागोरस (५७०–५०० ई.पू.) को समानुपात–मूलतत्ववादले स्पष्टरूपेण के देखाउँछन् भने यस भूताद्वैतवादी चार्वाक दर्शनको प्रभाव भारत–बा≈य देशहरूका अति प्राचीन कालदेखि नै प्रमुख रूपले पर्दैआएको छ ।”
यहाँ चार्वाक दर्शनको सङ्क्षिप्त परिचयात्मक झलक मात्र दिई महाभारतको तत्सम्बन्धी दृष्टिकोण देखाउनेगरी त्यस ग्रन्थका दुई प्रसङ्गमा आएका चर्चालाई उल्लेख गरिएको छ । यिनीहरूले अध्यात्मवाद र भौतिकवादका चरम द्वन्द्वको दृष्टान्त प्रस्तुत गर्दछन् ।
चार्वाकबारे महाभारत शान्तिपर्वमा आएको एउटा घटना–वृत्तान्त यस्तो छ— महाभारत युद्धको विजयपछि ठूलो उत्सवका साथ राजा युधिष्ठिर नगर प्रवेश गरिरहेका थिए । एउटा ब्रा≈मण भेषधारी चार्वाक राक्षसले त्यहाँ उपस्थित थुप्रै ब्रा≈मणहरूको तर्पmबाट उनलाई हप्काउँदै भन्यो, “कुन्तीनन्दन † तिमी आÏना भाइ–बन्धुहरूको हत्या गर्ने एउटा दुष्ट राजा हौ । तिमीलाई धिक्कार छ । यस्ता पुरुषले बाँचेर के गर्नु ? यसरी बन्धुहरूलाई मारेर, गुरुजनहरूलाई मराएर बाँच्नुभन्दा त तिमीले मर्नु राम्रो हो ।”
यो सुनेर “सबै ब्रा≈मण र राजा युधिष्ठिर अत्यन्त उद्विग्न र लज्जित भए । प्रतिवादमा उनीहरूका मुखबाट एउटा शब्द पनि निस्केन । अलिक बेरसम्म उनीहरू मूक भए ।”
त्यसपछि मात्र ब्रा≈मणको बोली फुट्यो, “धर्मात्मन् † यो दुर्याेधनको परम मित्र चार्वाक नामक राक्षस हो । यो सन्न्यासीको रूपमा यहाँ आएर उसको हित गर्न चाहन्छ । हामीले तपाईंलाई केही पनि भनेका छैनौं । तपाईं यसरी भयभीत नहुनुहोस् । हामी आशीर्वाद दिन्छौं— भाइहरू समेत तपाईंको कल्याण होस् ।”
त्यसपछि ती चार्वाक ब्रा≈मणलाई उनीहरूले आगोमा पोलेर मारेको वर्णन महाभारतमा यसरी आउँछ— “ब्र≈मवादी महात्माहरूका तेजले दग्ध भएको त्यो राक्षस इन्द्रका बज्रले डढेर अङ्कुरयुक्त वृक्ष ढलेभैंm भुइँमा पच्छारियो । अनि राजाद्वारा पूजित ती ब्रा≈मण उनको अभिनन्दन गरेर गए । पाण्डुपुत्र राजा युधिष्ठिर आÏना सुहृदहरूसहित अत्यन्त हर्षित भए ।”
शल्यपर्वमा भीमसेनको गदाप्रहारले थलिएका दुर्याेधनले प्रवचन–विशारद चार्वाकले उनको त्यो अवस्था थाहा पाए त्यसको साटो नफेरी नछाड्ने बताएका छन्— सन्न्यासी वाग्विशारद् चार्वाकले मेरो यस्ता अवस्था थाहा पाए भने ती महाभागले अवश्य नै यसको प्रतिकार गर्नेछन् ।”
आचार्य नीलकण्ठले उनलाई मुनिभेषमा भ्रमण गर्ने नास्तिक राक्षस भनेका रहेछन् । यहाँ भनिएभैंm यदि चार्वाक दुर्याेधनका मित्र हुन् र चार्वाकहरूले पाण्डवको नगर–प्रवेशोत्सवमा विरोधको सामूहिक स्वर उरालेका हुन् भने त्यसलाई दुर्याेधनको दुष्टता र पाण्डवहरूको सदाचरणकै सम्बन्धमा पनि महाभारतको अतिशयोक्तिपूर्ण चित्रण भन्दा भिन्न अर्काे तथ्य हुन सक्तछ ।
त्यसै पनि चार्वाक र उनको दर्शनबारे भौतिकवादका चर्का विरोधीहरूका निषेधात्मक र विकृत विवरणहरूले भरिएका प्राचीन ग्रन्थहरूमा भरपर्दा तथ्यहरू भएको विश्वास गर्न सकिंदैन । यो कथा दुर्याेधन र चार्वाकको मित्रता देखाएर ती दुवैलाई अधर्मी, दुष्ट पतित र नास्तिक राक्षसको कोटिका पात्र भएको प्रमाणित गर्ने उद्देश्यवश गा“सिएको क्षेपक कथा पनि हुन पनि असम्भव छैन । स्रोत- उद्घोष दैनिक