दास प्रथाको जतिसुकै विरोध गरे पनि हामी कुनै न कुनै अवस्थामा रहदै आएका छौं । दास भनेकै आश्रित रहनु हो । सर्वप्रथम त हामी प्रकृति निर्भर छौं । हामीसित प्राकृतिक अन्तरविरोध त छदैछ साथै शासक वर्ग निर्मित अन्तरविरोध छ । एक नम्बरमा प्रकृतिले हामीमाथि शासन गरेको छ भने दोस्रो नम्बरमा विभिन्न खाले विचारधाराका शासक वर्गहरूले पनि विविध खाले नीति नियमहरू बनाएर हामीमाथि शासन लादेर शासन चलाएकै छन् दास प्रथा थोपरेकै छन् ।
दास युगको अन्त्य भएको कयौं वर्ष भैसक्यो तर पनि आजको आधुनिक कथित सभ्य युग जहा“ विज्ञान प्रविधि तथा सञ्चारको विकास भए तापनि मानसिक अवस्थामा भने दास युगकै फेद टुप्पो समाएर बसेका छौं । शारीरिक मृत्युलाई जित्न अनेक खाले औषधी, प्रविधिहरू आविष्कार गरे पनि मृत्युलाई जित्न असफल भैरहेकै छौं । यो पनि एक खाले दास नै हो । मृत्यु फरक फरक हुन सक्छ त्यो बेग्लै विषय हो ।
आधुनिक सभ्य युगका पढेलेखेका राजनीतिक समुदायहरू आफूलाई वर्ग स्वतन्त्रता, वर्ग निरपेक्ष स्वतन्त्रताको पुजारी पण्डित ठान्छन् तर घुमिफिरी अघोषित रूपमा दास भएको स्वीकार गर्दैनन् । जो स्वयम् दास मनोवृत्तिको हुन्छ त्यसले अरूलाई पनि दास सरहकै व्यवहार गर्छ ।
दास विरोधीहरू खास गरी आफूलाई प्रजातान्त्रिकहरू कम्युनिष्ट शासनले राज्यको सरकारको दास बनाउ“छ भनेर कम्युनिष्ट शासन प्रणालीको विरोध गर्छन् । अर्काेतिरको सोच्दैनन् भने निजीकरणले व्यक्तिको दास बनाउ“छ । कि त राज्यको दास बन्नु पर्यो या त व्यक्तिको दास । दास विनाको स्वतन्त्रता कहाँ छ ?
प्रकृतिले निर्माण गरेको भूमि र प्राणधारी शरीर माथिको निजी सोच र क्रिया र प्रतिक्रियाको क्रियाकलापले नै दासमा लिक र दास नोकर बनाएको थियो । जहिलेदेखि मानव समाजमा किसानी प्रथा स्थायी जीवन जिउने क्रम शुरू भयो तबदेखि नै भूमि र प्राणधारी शरीरमाथि स्वामित्व निर्माण गर्ने क्रममा नै झिना झपटी र एकले अर्कालाई दविने र दबाउने क्रमको विकास भयो । जुन आजको आधुनिक लोकतान्त्रिक गणतान्त्रिक भनाउ“दो शासनमा पनि एकले अर्कालाई दास बनाउने क्रम रोकिएको छैन ।
सुन्दर शब्द र झुक्किने र झुक्याउने सुन्दर कलाले जनप्रतिनिधि र कर्मचारी तन्त्रको नाममा जनप्रतिनिधि र कर्मचारी, उद्योगपति व्यापारी, वकिल, डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक र दलाल सोच बोकेका नागरिकहरू मोटाघाटा सुकिलामुकिला र साधन सम्पन्न देखिन्छन् जो दिमागी चतुर्याइ प्रदर्शन गरेर धनी भएका हुन्छन् । बाँकी चतुर्याई देखाउन वा व्यवहार प्रदर्शन गर्न सकेका हुँदैनन् । तिनीहरू गरिब भएका हुन्छन् । यसरी धनी भन्नेहरू सम्पत्ति प्रति दास भएका हुन्छन् भने धन नहुने गरिबहरूलाई दास बनाउ“छन् । तर दास मालिकहरू भने आफूलाई दास भन्न रूचाउ“दैनन् वा स्वीकार गर्दैनन् । यही नै विरोधाभासको स्थितिले आज पनि घुमाउरो पारामा दास प्रथा कायमै रहेको छ ।
प्रजातान्त्रिक लोकतान्त्रिक गणतान्त्रिक जस्ता शब्दहरूले सिंगारिए ता पनि धन सग्रह गर्ने र मानव समाजलाई हुने खाने र हुदा खाने, साधन सम्पन्न र विपन्नमा विभाजित गर्ने विभेदकारी सोचले नै व्यक्तिको होस या राज्यको दास बन्नै पर्ने अवस्थामा पुर्याइदिएको छ ।
आजको युगमा वास्तविक मालिक को हो भनेर प्रश्न गरियो भने निजी सम्पत्ति नै असली मालिक हो भन्नु पर्ने हुन्छ । किनभने प्राणधारी शरीरको मृत्यु हुन्छ तर निजी सम्पत्तिको मृत्यु हु“दैन । शाखा प्रशाखा सन्तानहरूमा स्वामित्व हस्तान्तरण भैरहेको हुन्छ ।
आजको दैनिकी नाता सम्बन्धहरू पनि यिनै निजी सम्पत्तिको वरिपरि घुमिरहेको हुन्छ । सम्पत्ति हुँदा पनि रडाको मच्चिने नहुँदा पनि रडाको झगडा मच्चिने हुन्छ । सम्पत्ति हुनेहरूलाई जी हजुरी गर्नुपर्ने नहुनेलाई तिरस्कार गर्नुपर्ने अवस्था कहाँबाट आयो होला ? मानवहरूको निजी सोचले ल्याएको होइन र ?
मानव जातिको इतिहासमा स्वस्फुर्त रूपमा उत्पत्ति भएको दास मनोवृत्तिलाई मुक्त गराउनु पर्नेमा खुला बजार खुला अर्थ नीति, राज्यको अहस्तक्षेपकारी नीतिलाई संस्थागत गर्ने नाममा राज्यलाई कमजोर बनाएर व्यक्तिको दास बनाउने र आरक्षित मानसिकतालाई बढावा दिने काम भएकोछ लोकतन्त्र र गणतन्त्रको नाममा ।
प्राचीन कालको दास मनोवृत्ति र आधुनिक कालको दास मनोवृत्तिमा खास भिन्नता के नै छ र ? प्राचीन कालको दासमा पशुलाई डोरीले बा“धेर राखे जस्तै दासहरूलाई फलामका सिक्री र साउलाले बाधेर काममा जोताइन्थ्यो । तर आजको आधुनिक कालमा अनेक खाले नीति नियम कानुन र नसाभाति राजनीतिक प्रणालीमा बा“धेर राखिन्छ र जोताइन्छ । हिजोका दिनहरूमा पनि दास मालिकहरूको लागि स्वर्ग थियो भने दास नोकरहरूको लागि नर्क । आज पनि उस्तै छ । रूप रंग फेरिएको छ सार तत्व उस्तै छ ।
एक खाले दास मनोवृत्तिको विरोध ग¥यो अर्काे खाले दास मनोवृत्ति निर्माण गर्यो । मानवचक्र यसैमा डोरिएको छ । जतिसुकै स्वतन्त्रको बखान गरे पनि कुनै नकुनै कसैनकसैको दास बन्नुपर्ने अवस्था निर्माण गरिएको छ । आजको नाफा तथा फाइदाको तन्त्रमा मानव जातिलाई यिनै नाफा तथा फाइदाको दास बनाउने र बन्नुपर्ने अवस्था छ । नाफा तथा फाइदा छ भने सम्बन्ध राम्रो हुन्छ नभए कटुताले भरिएको हुन्छ । घाटा तथा नोक्सान सहेर सम्बन्ध जोड्न चाहदैन आजको मानव जाति ।
अब दास कसको बन्ने ? व्यक्तिको, राज्यको, नाफाको यि तीन तत्वबाट मानव समुदाय कसरी अलग भएर स्वतन्त्र हुन सक्छ ? कसै न कसैको दास बन्नैपर्छ भने स्वतन्त्र निष्पक्षको भ्रम किन फिजाउने ? उद्घोष दैनिक