- मणिराम दाहाल
मणिराम दाहाल

हाम्रो जीवन फूल जस्तै सुन्दर हुनुपर्छ । उसका काम र व्यवहारले कसैलाई दुःख दिने, सताउने र चोट पुर्याउने खालको हुनु हुँदैन । मानव जीवन प्रकृतिको सुन्दर उपहार हो । यो हाम्रो जिवन भनेको एउटा महत्वपूर्ण अवसर र संघर्षको मैदान पनि हो । हामी पहिला पनि थिएनौ र पछी पनि हुने छैनऊ । जुनवेला हामी छौ त्यही बेला असल र महान कार्य गरेर यो देश र समाजलाई केही दिन सक्नु पर्छ । अनिमात्र मानव भएको अर्थ हुन्छ । स्वार्थ, भय, लोभ, चिन्ता, आलस्य रिसले आफैलाई सताउँछ । यसले कसैलाई पनि फाइदा पुर्याउँदैन ।

हामीले समाज विरोधी काम कहिल्यै पनि गर्नु हुदैन । समाज र देशको अगाडी नराम्रो हुनुभनेको मर्नु जस्तै हो ा जुनकामले हामीलाई सफलताको शिखरमा पुर्याउदैन त्यो काम नगर्नु नै राम्रो हो । असल बनेर परिचित हुने मान्छेको पछाडि सयौं गुणहरूले बास गरेको हुन्छ भने खराब आचरणको पछाडि हजारौ अवगुणहरू पछी लागि रहेको हुन्छ । असल बनेर बाच्नु पनि एउटा कला हो । आफ्नो आचरण विचार र जिवनका सिद्धान्तहरु जहिल्यै पनि बलिया र शक्तिशाली हुनुपर्छ । कमजोर आचरण विचार र जिवनका सिद्धान्तहरु जुनसुकै बेलापनि एउटा सुकेको बुढो रुख जस्तै भएर ढल्न सक्छ ।

Advertisement

जीवनलाई चिन्नु र समयको सदुपयोग सही किसिमले गर्नु मानव जिवनको अमूल्य धन हो । खाली हात जन्मेको मान्छे खाली हात नै जान्छ । आफु भरिने भनेको जीवन रहुन्जेल मात्र हो । तर मान्छे स्वार्थ तथा लोभको चक्करमा फसेर के के नै गर्छु भन्दै अगाडी वढछ तर ऊ भित्र भएको लोभ र स्वार्थले उसलाई एकैछिन पनि शान्त भएर बाँच्न दिदैन । अन्त्यमा उसको जिवन सबैको अगाडी वालुवामा एकै छिन मात्र रहेको पानी जस्तै भएर बिलाउछ ।

समय, कर्तव्य, इमान्दारीता र परिश्रम लाई ख्याल गर्ने मान्छेको जहिल्यै पनि उन्नती र प्रगती हुन्छ । आफ्नो भलो र उन्नती चाहानेले लोभ, भय, चिन्ता, आलस्य, अधिक स्वार्थ ढिलासुस्ती जस्ता दु्रगुणहरुलाई चटक्कै छाड्नु पर्छ । असल कर्म नै जीवनको धर्म हो । असल कर्म गर्ने मान्छेले धर्म गर्नै पर्दैन । खराव काम गर्ने मान्छेले जति सुकै धर्म गरेपनि त्यसको फल अमिलो हुन्छ । यो समयले सवैलाई समान अवसर र मौका दिएको छ । समयले कसैलाई काखा र कसैलाई पाखा लगाएको छैन । मान्छेको खरावी पक्ष पहिला आफु वाट नै सुरु हुन्छ तर पनि उसले सधै अरुलाई दोष लगाइरहन्छ । आफ्नु बानी व्यावहार र आचरण ठिक नहुने मान्छेले अरुलाई मात्र दोष लगाइरहनु आफ्नै कमजोरी हो । त्यो उसको कमजोडी ले एकदिन सबैका अगाडी झुक्ने बनाउछ ।

रुख बांची रयौ भने मात्र त्यसको हाँगाविगा र पात हरियो रहन्छ । त्यस्तै हाम्रो जिवन पनि असल वनेर परिचित हुन सक्यो भने मात्र त्यसको फल पनि मिठो हन्छ । परिश्रम र मेहनतबिना केही पनि पाहिदैन । सधै भरी कल्पना मात्र गरेर चन्द्रलोकको भ्रमण हुदैन । चन्द्रलोक पुग्ने हो भने उचित अभ्यास गरी यन्त्रको पनि आविष्कार गर्न आवश्यक हुन्छ । होइनभने त्यस्तो कल्पना गरेर किन समयको बर्बाद गर्ने । जुनकुरा प्राप्त गर्न सकिने स्थिति छैन भने त्यसको पछाडि सधै भरी लागिरहनु राम्रो होइन ।

जुनसुकै कुरापनि एकैछिनमा प्राप्त हुन सक्दैन । मेहनत र परिश्रम विनाको धन चाडैनाश हुन्छ । मान्छे सम्पती नभएर गरिब हुँदैन । भएको सम्पती नचिनेर गरिब हुन्छ । मान्छेले प्राप्त गरेको विवेक शिक्षा र कला उसको जिवनको सबैभन्दा ठूलो सम्पती हो । कमाएको सम्पती त एकै छिनमा नाश भएर पनि जानसक्छ । तर मान्छे भित्रको असल पक्ष सधैभरी रहिरहन्छ । दाम कमाउने मान्छेले आफ्नो खाल्डो आफै खनिरहेको हुन्छ । तर नाम कमाउने् मान्छेले सवैथोक कमाउछ । उसलाई सवैथोक आफै प्राप्त हुदै जान्छ । नामको पछाडि दाम आफै पछी लाग्छ । तर दामको पछाडि नाम केही समय सम्म पछी लागेपनि त्यसले राम्रो परिणाम दिलाउन सक्दैन ।

हामीले गरेको कामबाट अरूको पनि उन्नति र प्रगति हुनु पर्छ । अनिमात्र हामीले गरेको कामको अर्थ हुन्छ । आफ्नो मात्र स्वार्थमा रमाउने व्यक्ति कहिल्यै पनि असल बनेर उठ्न र हिड्न सक्दैन । अरूको राम्रो पक्ष देखेर आफु कमजोर हुनु राम्रो होइन । आफुले पनि कडा मेहनत र परिश्रम गरेर अगाडि बढ्ने कोसिस गर्नुपर्छ । गर्दा नहुने यहाँ केही पनि छैन । मेहनत र परिश्रमको पछाडि सवै कुरा पछी लागिरहेको हुन्छ । कर्मलाई इश्वर मानेर पुजा गर्नुपर्छ । असल कर्म नै सारा श्रृष्टीको जननी र पिता पनि हो ।

मान्छेको वोलीवचनमा पनि एक किसिमको शक्ति हुनुपर्छ । आफुले बोलेको कुराले आफैलाई पतन गराउछ भने चुप लागेर बस्नु नै राम्रो हो । ‘सक्छौ नबोली बस सक्दैनौ बोल तर बोल्छु भन्दैमा जथाभावी नबोल’ । कसैको वोलीमा रिस हुन्छ । कसैकोमा विष । कसैले यहि वोली वचनद्वारा सारासंसारलाई मोहित बनाएर आफु अगाडि बढन सक्छन । राम्रो वोलीवचन भयो भने संसारै आफ्नै हुन्छ । सवैले माया गर्दन् । सवैको विश्वासिलो बन्न सकिन्छ तर बोली मात्र मिठो र राम्रो तर व्यवहार भने तितो भयो भने त्यसल पनि आफैलाई बदनाम गराउछ । कसैसँग नबोल्ने, एकान्तप्रेमी मान्छेको पनि सवैठाउँमा अर्थ नहुन सक्छ । मौका परेको बेला सहिकुरा वोल्न पाउनु आफ्नो अधिकार पनि हो । बाहिरी रूपमा जति सुकै आकर्षण देखिएपनि बोल्ने ढङ्ग छैन भने त्यसको केहीपनि महत्व हुँदैन । उद्घोष दैनिक

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!