Advertisement

काठमाडौँ, १ मंसिर । काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ ।

बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल सबार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचार गर्दागर्दै आज बिहान उहाँको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधनका चालक र सवारी साधनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!