काठमाडौँ, १ मंसिर । एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालविरुद्ध जीतका लागि अफगानिस्तानलाई १० रन आवश्यक हुँदा वर्षाका कारण खेल अवरुद्ध भएको छ ।

Advertisement

नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले मात्र १ विकेट गुमाउँदै १८ ओभरमा ९४ रन बनाइसकेको छ ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ६९ रन बनाएर नटआउट रहेका छन् । उनले यसक्रममा ९ चौका र २ छक्का हिर्काएका छन् । त्यस्तै इकराम अली खिलले १८ रन बनाएर खेलिरहेका छन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ब्याटिङमा निकै निरिह प्रदर्शन गरेको थियो ।

अनिल कुमार साहले ५० रन बनाउन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

साहले ५७ बलमा ७ चौका र १ छक्कासहित आफ्नो अर्धशतक पूरा गरेका थिए । तर, उनी पनि अर्धशतक पूरा गर्ने बित्तिकै मुजिब उर रहमानको बलमा आउट हुन पुगे ।

रहमानले ६ विकेट लिँदै नेपालको ब्याटिङक्रम ध्वस्त बनाए । उनले १० ओभर बलिङ गर्दै २ मेडेनसहित २८ रन खर्चेर ६ विकेट लिए । काइस अहमद कमावालले २ विकेट लिए ।

नेपालले निकै खराब शुरुवात गरेको थियो । ९ रनको अवस्थामा नै नेपालले आफ्ना दुई ओपनर गुमाएको थियो । एक तर्फ साहले नेपालको इनिङलाई जोगाई राखे पनि अर्कोतर्फ निरन्तर रुपमा विकेट गुमाइराख्यो ।

अन्ततः मात्र २८ ओभरमा नेपाल १०३ रन बनाउँदै अल आउट हुन पुग्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!