काठमाडौ, १ मंसिर । आज बाला चतुर्दर्शी । अर्थात शतवीज छर्ने दिन ।

Advertisement

सनातन हिन्दु धर्मावलम्बीहरुले मंसिरको कृष्ण पक्षको चतुर्दर्शीलाई विशेष रुपमा लिने गर्दछन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राती महादिप बाली जाग्राम बसी चतुर्दर्शीको बिहान शतवीज छर्ने चलन छ ।

महादीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ । त्यस्तै शिवालयमा शतवीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वाश गरिन्छ । आज बिहानै मृतकका आफन्तले देश भारीका शिवालयहरुमा शत वीज छरेका छन् ।

काठमाडौमा पाशुपत क्षेत्रमा पनि शतबीज छरेका छन् ।

पाशुपत क्षेत्रमा पशुपति क्षेत्र विकाश कोषले भक्तजनका लागि महादिप बाल्न र शतबीज छर्न कैलाश र मृगस्थलीमा व्यवस्था मिलाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!