राेल्पा, १ मंसिर । निर्वतमान सभामुख ओनसरी घर्ती, माओवादी नेताहरू कृष्ण बहादुर महरा, वर्षमान पुन लगायत प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारहरू चढेकोे गाडीलाई लक्षित गर्दै रोल्पा सदरमुकाम नजिकै बम बिस्फोट गराइएको छ ।

सदरमुकाम नजिकै भदौरे जंगलको घुम्तीमा बम बिस्फोट गराइएको हो। नेताहरू दाङ हुँदै रोल्पाको चुनावी सभामा आउँदै गर्दा बिष्फोट गराइएको प्रहरीले जनाएको छ।

‘टार्गेट हामीलाई गरिएको भए पनि अलि माथि पड्कियो । संविधान कार्यान्वयन हुँदै गर्दा यस्तो घटना घट्नु अत्यन्त निन्दनीय छ । यो अराजनीतिक, अपराधिक घटना हो।’ नागरिकसंग छोटो प्रतिकृया दिँदै माओवादी नेता महराले भने।

‘क्यान जुसको बट्टाभित्र बम तयार गरी बिष्फोट गराइएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।’ प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए। प्रहरीका अनुसार सो स्थान वरपर सर्च सुरु गरिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!