
काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि भएको छ ।
मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो ।
लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए ।
तर, खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय आयुक्त जयबहादुर चन्दले बताए ।















