काठमाडाैं, ४ माघ। सरकारी दस्तखत छाप किर्तेमा प्रहरीकाे खाेजीमा  परेका  नेपाल प्रहरीका पूर्वडिअाइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन्।

प्रहरी प्रधान कार्यालय स्राेतका अनुसार प्रहरीले बयानका लागि खाेजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन्। उच्च स्राेतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडाैंले उनलाई कार्यालयमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेपछि उनी भारतबाट मलेसिया-इन्डाेनेसिया हुँदै अमेरिका पुगेका हुन्।

उनी अमेरिका पुगेकाे  पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयकाे अपराध अनुसन्धान विभागले इन्टरपाेलमार्फत डिफ्युजन नाेटिस  जारी गर्ने तयारी गरेकाे छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!