काठमाडौं, ४ माघ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

Advertisement

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा चुनावको तयारीबारे छलफल हुने छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले भने राष्ट्रियसभा चुनावको तयारीबारे छलफल सकेर विगतको चुनावको समिक्षा गरिने बताए ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरेलगतै नेताहरुले गम्भीर समिक्षाको आवश्यकता औंल्याउँदै केन्द्रीय समिति र महासमिति बैठक राख्न माग गर्दै आएका थिए । यद्यपि, प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले शीर्ष नेताहरु परामर्श मात्रै गर्दै आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!