धादिङमा तिब्र गतिको मोटरसाइकल भिरबाट खस्यो, २ जनाको घटनास्थलमा नै मृत्यु

धादिङमा तिब्र गतिको मोटरसाइकल भिरबाट खस्यो, २ जनाको घटनास्थलमा नै मृत्यु

धादिङ, ११ मंसिर । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुुर्घटना भएको हो । मृत्यु हुनेमा जीतेन्द्र अधिकारी र भुवन पाण्डे रहेका छन् ।
कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार अभियुक्त जेल चलान

कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार अभियुक्त जेल चलान

गौशाला, ११ मंसिर । कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका– ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । विसं २०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई २० वर्ष कैद सजाय तोकेकामा ...
सरकारको लापरवाहीः दुई लाख चालक स्मार्ट लाइसेन्सको प्रतीक्षामा

सरकारको लापरवाहीः दुई लाख चालक स्मार्ट लाइसेन्सको प्रतीक्षामा

काठमाडौं, ११ मंसिर । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा सरकारको चरम लापरवाही देखिएको छ । विभागमा लाइसेन्सको यतिसम्म अभाव चर्किएको छ कि सेवाग्राहीले ट्रायल दिएको र नवीकरणका लागि आवेदन पेश गरेको १० महिनासम्म हात पार्न मुस्किल पर्छ । विभागसँग अहिले १५ हजार स्मार्ट लाइसेन्स छाप्ने कार्ड मात्र बाँकी छन् । तर, लाइसेन्स लिने प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका सेवाग्रही दुई लाख नाघेका छन् । द...
जाजरकोटमा मतपेटिका ल्याउँदै गर्दा बम विष्फोट

जाजरकोटमा मतपेटिका ल्याउँदै गर्दा बम विष्फोट

 जाजरकोट, ११ मंसिर । जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् । मतपेटिकामा भने कुनै क्षति पुगेको छैन ।
सुनसरीको मुसहरी बस्तीमा आगलागी, २५ परिवारका घर जले

सुनसरीको मुसहरी बस्तीमा आगलागी, २५ परिवारका घर जले

इनरुवा, ११ मंसिर । सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । आगलागीलाई इनरुवा र इटहरीबाट ...
नेपाली बजारमा आज सुनको भाउ

नेपाली बजारमा आज सुनको भाउ

काठमाडौं, ११ मंसिर । नेपाली बजारमा सुनको भाउ दैनिक जसो बढ्दै गइरहेको छ । हिजोको तुलनामा आज सुनको मुल्यमा १ सय रुपैयाँ बढेको छ । आज छापावाला सुनको मुल्य ५६ हजार १ सय र तेजावी सुन आज ५५ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । आज चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
निर्वाचन आयोगद्वारा मत सर्वेक्षणमा रोक, आचारसंहितामा के छ ?

निर्वाचन आयोगद्वारा मत सर्वेक्षणमा रोक, आचारसंहितामा के छ ?

काठमाडौं, ११ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् । आज निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मङ्सिर २१ गते हुन लागेको सन्दर्भमा निर्व...
म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि

म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि

बेनी, म्याग्दी, ११ मंसिर । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनबाट प्रतिनिधि चयन गर्नका लागि मतदान गरेका म्याग्दीका मतदाताले दिगो शान्ति, स्थिर सरकार, विकास र समृद्धिको अपेक्षा गरेका छन् । विगतका निर्वाचन राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको बताउँदै मतदाताले अब राजनीतिक विषयमा नभई आर्थिक समृद्धि र विकास केन्द्रित हुन निर्वाचनबाट चुनिएर आउने प्रतिनिधिलाई सुझावसमेत दिएका ...
माक्स र चस्माको प्रयोग विनानै विषादीसँग खेल्छन् चिया बगानका मजदुर

माक्स र चस्माको प्रयोग विनानै विषादीसँग खेल्छन् चिया बगानका मजदुर

झापा, ११ मंसिर । झापाबाट पहाडी जिल्ला इलाम जोडिने बाटो भरी फैलिएको छ विशाला चियाबगान । यत्रतत्र चुनावी रौनक छाएको बेला चियाबगानका मजदुरहरु भने बिहानैदेखि बगानमा आफ्नो नियमित कर्ममा देखिन्थे । टोली चुनावी रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा उनीहरु चिया बगानमा मजदुरहरु विषादी छरिरहेका थिए । उनी विषादीले पार्ने असरमाथि त्यति चिन्तित थिएनन् । न मुखमा माक्स थियो न त आँखामा चस्मा नै ।
मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट

मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट

रुकुम, ११ मंसिर । चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा ल्याउँदै गरेको मतपेटिका बोकेका कर्मचारीहरुलाई लक्षित बम विस्फोट भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ६ घर्तीकाँडामा बम विस्फोट भएको हो । आइतबार साँझ ९ः५० बजे बम प्रहार भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६, १०, ११, १२, १३ र १४ वटाका मतपेटीकाहरु ल्याइँदै थियो । बाटोमाथि बम परेकाले मतपेटि...
पर्वतको मोदीमा मदिरा बिक्री वितरणमा रोक

पर्वतको मोदीमा मदिरा बिक्री वितरणमा रोक

फलेवास, ११ मंसिर । पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने सिलबन्दी भएको र गुणस्तरहीन रक्सीको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो । गाउँपालिकाले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो । गाउँपालिकाभित्रका सबै वड...
ट्रकको ठक्करबाट तीनको मृत्यु

ट्रकको ठक्करबाट तीनको मृत्यु

कपिलवस्तु, चितवन, ११ मंसिर । ट्रकले ठक्कर दिँदा गएराति यहाँ दुई जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु १६ प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निर...
शान्ति सुरक्षाका लागि पोखरामा सिसी क्यामेरा राखिने

शान्ति सुरक्षाका लागि पोखरामा सिसी क्यामेरा राखिने

पोखरा, ११ मंसिर । पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ । स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका वक्ताले सिसी क्यामेरा जडानसँगै सुरक्षा व्यवस्थालाई प्रभावका...
रुखमा छाप लगाएका ५० मतपत्रसहित अधिकृत पक्राउ

रुखमा छाप लगाएका ५० मतपत्रसहित अधिकृत पक्राउ

नुवाकोट, ११ मंसिर । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् । मतदान करिब करिब सकिन लाग्दा साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतप...
सुनसरीमा आगलागी हुँदा २५ घर जलेर नष्ट

सुनसरीमा आगलागी हुँदा २५ घर जलेर नष्ट

सुनसरी, ११ मंसिर। सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको हो। आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । आगलागीलाई इनरुवा र इ...
२०७४ मंसिर ११ गते सोमबारको राशिफल

२०७४ मंसिर ११ गते सोमबारको राशिफल

वि.सं. २०७४ साल मंसिर ११ गते। सोमबार। इश्वी सन् २०१७ नोभेम्बर २७ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– नवमी, २९:५९ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले ...
धनकुटालाई प्रादेशिक राजधानी बनाउँन लोकतान्त्रिकको जित आवश्यक: मन्त्री थापा

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन लोकतान्त्रिकको जित आवश्यक: मन्त्री थापा

धनकुटा, १० मंसिर । उद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापाले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका छन । लोकतान्त्रिक गठबन्धन चुनाव प्रचार प्रशार समितिले आईतबार मारेककटहरेमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन । लोकतान्त्रिक गठबन्धन विजयी भएमात्र धनकुटालाई प्रदेशको राजधानी बनाउन सम्भव हुने दा...
धनकुटाका बाम उम्मेदवार भन्छन ‘गलत हल्ला फिजाएर लोकतान्त्रिकले भ्रममा पार्दैछन्’

धनकुटाका बाम उम्मेदवार भन्छन ‘गलत हल्ला फिजाएर लोकतान्त्रिकले भ्रममा पार्दैछन्’

धनकुटा, १० मंसिर । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र राईले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले हार्ने देखेपछि बामपन्थी दल विरुद्ध गलत हल्ला फिजाईएको आरोप लगाएका छन । धनकुटाको जोरपाटीमा आईतबार आयोजित चुनावी सभालाई संबोधन गर्दै उम्मेदवार राईले यस्तो बताएका हुन । बामहरुले जितेमा ब्यक्तिको सम्पति र स्वतन्त्रता राज्यले खोस्छ भन्नेर लोकतान्त्रिकका उम्मेदवारले गलत हल्ला फिजाई...
ताप्लेजुङमा खुकुरी प्रहारबाट २ जना एमाले कार्यकर्ता गम्भीर घाइते

ताप्लेजुङमा खुकुरी प्रहारबाट २ जना एमाले कार्यकर्ता गम्भीर घाइते

ताप्लेजुङ, १० मंसिर । ताप्लेजुङमा कांग्रेसका कार्यकर्ताको खुकुरी प्रहारबाट दुई जना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा याङ्वरक गाउँपालिका साविकको नाङ्खोल्याङ गाविसका १९ वर्षीय रविन सुनुवार र १८ वर्षीय अनुप खिम्दिङ रहेका छन् । रविनको टाउको र अनुपको खुट्टामा गम्भिर चोट लागिको प्रहरीले जनाएको छ । दुवै जना घाइते नेकपा एमालेको कार्यकर्ता रहेको एमाले ताप्लेजुङका सन्तोष खतिवडाले जनाए...
चिहान खनेर वर्षिक ३५ लाख आम्दानी, प्राप्त भयो ओस्कार अवार्ड

चिहान खनेर वर्षिक ३५ लाख आम्दानी, प्राप्त भयो ओस्कार अवार्ड

एजेन्सी, १० मंसिर । बेलायतमा लास गाड्नका लागि चिहान खन्ने काम गर्ने मार्टिन हाउस नामका व्यक्ति अहिले चर्चामा छन् । उनले चिहान खनेरै वर्षको २५ हजार पाउण्ड अर्थात् झण्डै ३५ लाख रुपैयाँ आम्दानी गर्दछन् । उनको यो अनवरत संघर्षका कारण उनलाई एउटा गौरवशाली पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको नाम हो म्भबतज इकअबच । उनको चिहान खन्ने कलाको सम्मानमा उनलाई यो ओस्कार अवार्ड प्रदान गरिएको हो । उनलाई हालैमात...
निजीकरणका नाममा ३८ उद्योग धराशायी भएः ओली

निजीकरणका नाममा ३८ उद्योग धराशायी भएः ओली

काठमाडौँं, १० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएको जिकिर गरेका छन् । एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध...
बाँफिकोटको एक मतदान केन्द्रमा २१ गते पुनः चुनाव हुने

बाँफिकोटको एक मतदान केन्द्रमा २१ गते पुनः चुनाव हुने

रुकुम, १० मंसिर । पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः चुनाव हुने भएको छ । नचिनेका मान्छेको समुहले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मंसिर २१ गते पुनः चुनाव हुने मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिनुभयो । २१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ । मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्व...
मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृत बर्खास्त

मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृत बर्खास्त

लमजुङ, १० मंसिर । लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत बर्खास्त भएका छन्। हस्ताक्षर नगरी मतपत्र मतदातालाई दिएपछि मध्यनेपाल नगरपालिका, रामबजारको इशानेश्वरी मावि (ख) का मतदान अधिकृत कुमार न्यौपाने बर्खास्त भएका हुन्। सो केन्द्रको जिम्मा सहायक मतदान अधिकृत सुमन थापामगरलाई दिइएको छ। अधिकृत न्यौपानेले हस्ताक्षर नगरी मतपत्र दिएपछि भएको विवादमा डेढ घन्टा मतदान प्रक्रिया अवरुद्ध बनेको थियो। हस्ताक...
मतदान केन्द्रमा बम विष्फोट हुन थालेपछि हेलिकप्टरबाट गस्ती

मतदान केन्द्रमा बम विष्फोट हुन थालेपछि हेलिकप्टरबाट गस्ती

बझाङ, १० मंसिर । विभिन्न मतदान केन्द्रमा बम विस्फोटनका घटना हुन थाले पछि प्रदेश नं ७ का आज मतदान भैरहेका ४ वटा जिल्लामा सुरक्षा सर्तकता उच्च बनाइएको छ । नेपाली सेनाको विषेश तालिम प्राप्त सुरक्षाकर्मीहरु सहितको हेलिकप्टरले हवाई गस्ती गरिरहेको छ । ‘दिपायलमा बेस रहने गरी नेपाली सेनाको स्पेशल एयरफोर्सले चारै जिल्लाको गस्ती गरिरहेको छ’ डियसपी क्रृषिराम कडेलले भने ‘आवश्यक परेको वेला जुनसुकै जिल्लाको ...
चुनावपछि ढाल्न होइन, हल्लाउन नसक्ने सरकार बन्छ: ओली

चुनावपछि ढाल्न होइन, हल्लाउन नसक्ने सरकार बन्छ: ओली

काठमाडौं, १० मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बलियो सरकार बन्ने बताउँदै त्यसले विकासको लहर नै ल्याउने दाबी गरेका छन् । काठमाडौंको बौद्धमा आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले बहुमतमात्रै होइन, भिजन भएको बलियो सरकार बन्ने बताए । ‘ढाल्ने होइन, हल्लाउन नसक्ने सरकार बन्छ,’ उनले भने, ‘मिलिजुली बाँडीचुँडी खान होइन, देश बनाउन एक भएका हौं ।’ ओलीले कांग्रेसले बनाएको चुनावी...
टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

काठमाडौं, १० मंसिर । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यसत्ा नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड ...
सिराहामा गोली चल्यो, दुई प्रहरी घाइते

सिराहामा गोली चल्यो, दुई प्रहरी घाइते

सिराहा, १० मंसिर । सिराहाको निरदनामा अज्ञात समुहले चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् । आज दिउँसो अज्ञात समुहले चलाएको गोली लागि जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् । गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ । प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखमा...
नेपालकाे अर्काे शानदार जित चीन भारि अंकले पराजित

नेपालकाे अर्काे शानदार जित चीन भारि अंकले पराजित

काठमाडौँ, १० मंसिर । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो । नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल...
खुलामञ्चको बसपार्क अस्तव्यस्त, दुर्घटनाको त्रास

खुलामञ्चको बसपार्क अस्तव्यस्त, दुर्घटनाको त्रास

काठमाडौँ, १० मंसिर । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको बसपार्क व्यवस्थित गर्न नसक्दा यात्रुमा दिनहुँ दुर्घटना हुनसक्ने त्रास बढेको छ । बागबजारको पुरानो बसपार्कमा महानगरले नै काठमाडौँ भ्यू टावर बनाउन दिएपछि बस राख्ने स्थल खुलामञ्चमा सारिएको थियो । एक वर्षअघि बनाइएको बसपार्क गुणस्तरीय नभएका कारण कालोपत्रे उक्किएर खाल्डाखुल्डीमा परिणत भएको छ । बसपार्कभित्र यात्रुका लागि सवारी साधान कुरेर बस्ने स...
सिन्धुपाल्चोकको थुम्पाखर र बलेफीमा झडप, प्रहरीबाट हवाई फायर

सिन्धुपाल्चोकको थुम्पाखर र बलेफीमा झडप, प्रहरीबाट हवाई फायर

सिन्धुपाल्चोक, १० मंसिर । सिन्धुपाल्चोकको थुम्पाखर देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएको छ । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । मतदान गर्ने विषयमा विवादपछि झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी मोहन पोखरेलले पुष्टि गरे । यसैवीच जिल्लाको बलेफिस्थित कालीदेवी माविमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । त्यहाँपनि प्रहरीले स्...
२ बजेसम्म ५० प्रतिसत मत खस्यो

२ बजेसम्म ५० प्रतिसत मत खस्यो

काठमाडौं, १० मंसिर । पहिलो चरणको निर्वाचन अन्तर्गत केही छिटपुट घटनाबाहेक देशभर मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले बताएको छ। दिउसो दुई बजेसम्मको अनुमानित विवरण अनुसार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ५० प्रतिसत मत खसेको छ। आयोगका सहायक प्रवक्ता मुकन्द शर्माले नेपालखबरसँग भने, ‘अहिलेसम्म ५० प्रतिसत मत खसेको अनुमान गरेका छौं।’ शर्माका अनुसार १ बजेसम्म ४० प्रतिसत मत खसेको थियो...
error: Content is protected !!