जितपुर, कपिलवस्तु, ४ माघ। ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ त ५७१३ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु ५ प ८५१ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका शिवपुर–१ माँझगाउँ बस्ने २६ वर्षीय खुमन सिंह पुनको मृत्यु भएको हो ।

Advertisement

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । ठक्कर दिने ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!