राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना

राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना

काठमाडौं, २० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट घिमिरे अस्पताल भर्ना भएका हुन् । राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको हाइ केयर यूनिटमा उपचार भइरहेको छ । घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु,...
उर्लाबारीमा फोहोर व्यवस्थापन चुनौती बन्दै

उर्लाबारीमा फोहोर व्यवस्थापन चुनौती बन्दै

उर्लाबारी, मोरङ, २० जेठ । फोहोर व्यवस्थापन जग्गा (ल्याण्डफिल साइट)को अभाव भएपछि यहाँस्थित उर्लाबारी नगरको फोहोर निजी जग्गामा व्यवस्थापन गरिएकोे छ । बढ्दो जनघनत्व र बजार विस्तारका कारण मोरङको दोस्रो ठूलो शहरको रुपमा परिचित उर्लाबारीमा फोहोर बढदै गएको तर विसर्जन गर्ने ल्याण्डफिल साइटको अभाव भएको हो । उर्लाबारी नगपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मेची महाकाली इन्भाइरोमेन्ट केयर प्र...
बस दुर्घटनामा मृत्यु हुनेको शोकमा तानसेन बजार बन्द

बस दुर्घटनामा मृत्यु हुनेको शोकमा तानसेन बजार बन्द

पाल्पा, २० जेठ । रम्भा गाउँपालिकाको हुँमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा आज तानसेन बजार बन्द भएको छ । मृतकको शोकमा तानसेनका उद्योग व्यवसायीले स्वतः पसल बन्द गरेका हुन् । गत शुक्रबार तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको बस हुँमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले दुर्घटनामा परी मृत्यु हुनेहरुको शोकमा तानसेनका उद्योग तथ...
३३ किलो सुन प्रकरणः सनम शाक्यका हत्याराले गरे आत्मसमर्पण

३३ किलो सुन प्रकरणः सनम शाक्यका हत्याराले गरे आत्मसमर्पण

काठमाण्डु, २० जेठ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका फरार छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन् । उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए । अदालतमा उनको बयान जारी छ ।  यसअघि यो मुद्दाका अर्का फरार अभियुक्त एसएसपी श्याम खत्रीले पनि अदालतमा आत्मसमर्पण गरेका थिए।
नवनियुक्त उपप्रधानमन्त्री पोखरेलद्वारा पदबहाली

नवनियुक्त उपप्रधानमन्त्री पोखरेलद्वारा पदबहाली

काठमाडौँ, २० जेठ । नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गरेका छन् । उनी मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले हार्दिक स्वागत अभिवादन गरेका थिए । यसअघि उनले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक सरकार विस्तार गर्दा रक्षामन्त्री पोखर...
४१ अर्ब सामाजिक सुरक्षाभत्ता वितरण गर्दै ओली सरकार

४१ अर्ब सामाजिक सुरक्षाभत्ता वितरण गर्दै ओली सरकार

काठमाडौँ, २० जेठ । केपी ओली नेतृत्व सरकारले वाम घोषणापत्रबमोजिम सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्याउन नसके पनि आगामी आर्थिक वर्षमा यस शीर्षकमा मात्रै ४१ अर्ब १५ करोड रूपैयाँ वितरण गर्ने भएको छ । आगामी आवमा जेष्ठ नागरिक, एकल तथा विधवा महिला, पूर्ण तथा आंशिक अपांग, लोपोन्मुख जाति र वाल संरक्षण अनुदान गरी २५ लाख ९८ हजार ११ जनालाई सवा २१ करोड सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको हो । चालू आर्थिक व...
यौन सम्पर्क राखेपछि प्रेमीलाई जिउँदै जलाएर मार्ने यी रानी

यौन सम्पर्क राखेपछि प्रेमीलाई जिउँदै जलाएर मार्ने यी रानी

काठमाडौँ । इतिहासका पुस्तक अध्ययन गर्ने हो भने अफ्रीकी देश अंगोलाको रानी एनजिन्गा एमबाँदी एक बहादुर र तिक्ष्ण दिमाग भएकी योद्धाका रुमा पाउन सकिन्छ। जसले १७ औं शताब्दीमा अफ्रीकामा युरोपीय उपनिवेशवाद विरुद्ध युद्धको घोषणा गरेकी थिइन्। तर केही मानिस उनलाई क्रुर महिलाका रुपमा पनि वर्णन गर्छन्। जसले सत्ताकालागि आफ्नो भाइकोसमेत हत्या गरेकी थिइन्। त्यतिमात्रै होइन, उनी आफ्नो निटकमा रहने पुरुषसँग बारम्...
हट्ने भयो खरिदार पद, खुल्ला विज्ञापनबाट पदपूर्ति नहुने

हट्ने भयो खरिदार पद, खुल्ला विज्ञापनबाट पदपूर्ति नहुने

काठमाडौं, २० जेठ ।  निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको ...
सवारीसाधनको प्रदूषण चेकजाँच गर्न मन्त्री सडकमा उत्रिए

सवारीसाधनको प्रदूषण चेकजाँच गर्न मन्त्री सडकमा उत्रिए

काठमाडौँ, २० जेठ। गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आज थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गरेका छन्। विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मन्त्रीद्वय सडकमै पुगेर प्रदूषण चेकजाँचमा सहभागी भएका हुन्। सो क्रममा गृहमन्त्री थापाले स्वस्थ वातावरण भएमात्र नागरिक स्वस्थ रहने भन्दै य...
मिर्गौला, मुटु रोग पीडित पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन

मिर्गौला, मुटु रोग पीडित पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन

काठमाडाैँ, २० जेठ । पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । मिर्गौला, मुटु रोगबाट पीडित शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । शाही २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा शाही गृहमन्त्री भएका थिए । डोल्पामा जन्मनुभएका शाहीले कृषि मन्त्रालयको सचिव, सार्वजनिक सेवा आयोगको प्रमुख हुँदै गृह मन्त्रीको भूमिका समेत निर्वाह गरेका थिए । तत्कालीन समयमा शा...
आगलागीबाट तीन लाखको क्षति

आगलागीबाट तीन लाखको क्षति

विराटनगर, २० जेठ । मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । स्थानीय, प्रहरी र दमकलको मद्दतले आगलागी नियन्त्रणमा आएको थियो । विद्युत्...
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

पोखरा, १९ जेठ । माछा मार्ने क्रममा करेन्ट लाग्दा आज यहाँ एकजनाको मृत्यु भएको छ । करेन्ट लगाएर फुस्रे खोलामा माछा मार्ने क्रममा पोखरा लेखनाथ महानगरपालिका–१७ बेलघारीका ४३ वर्षीय सन्तोष परियारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । माछा मार्दैगर्दा करेन्ट लागेर घाइते भएका परियारको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
निशानको नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक

निशानको नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक

धनकुटा, १९ जेठ । धनकुटाको निशान मन्दिरमा सञ्चालन भएको श्रीमद् देवी भागवत पुराण नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । महायज्ञ मुल समारोह समितिले पत्रकार सम्मेलन तथा प्रतिवेदन सार्वजनिक कार्यक्रम गरेर आय ब्याय सार्वजनिक गरेको हो । महायज्ञमा ४२ लाख १५ हजार ७ सय संकलन भएको मुल समारोह समितिका कोषाध्यक्ष तथा आर्थिक समिति संयोजक द्रोर्ण गुरागाईले जानकारी दिए । उनका अनुसार महायज्ञमा १४ लाख ...
दरबार हत्याकाण्डको १६ बर्षः एउटा इच्छा पूरा, दुई बाँकी

दरबार हत्याकाण्डको १६ बर्षः एउटा इच्छा पूरा, दुई बाँकी

काठमाडौँ, १९ जेठ । दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ । तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन । नेपाली जनताले सधैँ भन्ने गरेका छन्, राजा विरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस् । दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाडलगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रि...
मन्त्रिपरिषद्ले पूर्णता पायो, सरकारमा २ उपप्रधानमन्त्री थपिए

मन्त्रिपरिषद्ले पूर्णता पायो, सरकारमा २ उपप्रधानमन्त्री थपिए

काठमाडौँ, १९ जेठ । सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री केपी ओलीले दुई उपप्रधानमन्त्री समेत थप गरेका छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालबाट एक उपप्रधान मन्त्री र एकलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । फोरमबाट सरकारमा दुई मन्त्रीले सपथ लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रधानमन्त्री ओलीले रक्षा मन्त्री इश्वर पोखरेल र स्वस्थ्...
२०७५ जेठ १९ गते शनिबार/आजको राशिफल

२०७५ जेठ १९ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ १९ गते। शनिबार। इश्वी सन् २०१८ जुन २ तारिख। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, २६:०३ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन...
प्रदेश १ मा बजेटका प्राथमिकता बारे छलफल सुरु

प्रदेश १ मा बजेटका प्राथमिकता बारे छलफल सुरु

विराटनगर, १८ जेठ । प्रदेश १ को प्रदेश सभामा आर्थिक वर्ष ०७५/७६ को बजेटको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि शुक्रबारदेखि छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी शुक्रबारको बैठकमा प्रस्तुत गरेका थिए । प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सत्तापक...
सञ्जय दत्तको आमा र श्रीमतीको भूमिकामा मनिषा कोइराला

सञ्जय दत्तको आमा र श्रीमतीको भूमिकामा मनिषा कोइराला

काठमाडौँ, १८ जेठ । यतिबेला अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को चर्चा चुलिएको छ । जुन २९ मा प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा अभिनेता सञ्जयको भूमिका रणवीर कपूरले निभाएका छन् । जसको ट्रेलर हालै सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए सँगै सञ्जय दत्तको जीवनीमा बनेको यो फिल्म हेर्नका लागि दर्शकहरुमा थप उत्साह बढेको छ । यति बेला सञ्जय दत्त सामु एकपछि अर्को गर्दै फिल्महरुको लाइन लागेको छ ।  यति...
खानेपानी लिमिटेडले पैसा नतिर्दा उपभोक्ता गुणस्तरीय पानीबाट वञ्चित

खानेपानी लिमिटेडले पैसा नतिर्दा उपभोक्ता गुणस्तरीय पानीबाट वञ्चित

काठमाडौँ, १८ जेठ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कानून बमोजिम तिर्नुपर्ने वार्षिक आयको २ प्रतिशतले हुने रु तीन करोड ३१ लाख ७८ हजार नतिर्दा उपभोक्ता गुणस्तरीय पानी पाउनबाट वञ्चित भएका छन् । खानेपानी महसुल निर्धारण आयोग ऐन २०६३ मा पानी व्यवस्थापनका लागि स्थापना हुने कम्पनीले वार्षिक आयको दुई प्रतिशत बुझाउनुपर्ने व्यवस्था छ । यसरी बुझाइएको रकम उपयोग गरेर आयोगलाई खानेपानी संरचनाको अनुगमन, नमू...
फिफा विश्वकप २०१८ : नेपाली समयअनुसार यस्तो छ खेल तालिका

फिफा विश्वकप २०१८ : नेपाली समयअनुसार यस्तो छ खेल तालिका

काठमाडौं, १८ जेठ ।  फिफा विश्वकप फुटबलको महाकुम्भमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् । जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ । रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ । विश्वकप खेल्ने देशमा युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीटजर...
सत्ता समर्थन दलकै सांसदबाट बजेटमाथि असन्तुष्टि

सत्ता समर्थन दलकै सांसदबाट बजेटमाथि असन्तुष्टि

  काठमाडौँ, १८ जेठ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको छलफल जारी छ । बजेटमाथिको छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले बजेटका राम्रा पक्षको समर्थन गर्दै बजेटमा संघीयतालाई कमजोर पार्ने मनसाय घुसेर आएकोमा आलोचना गर्नुभयो । प्रदेशमा थोरैमात्र व्यवस्था गरिएको बजेटले संघीयतालाई आत्मसात् गर्न नसकेको टिप्पणी गर्दै उहाँले कम्युनिष्टहरु सत्ता...
डा दम्पत्ति बिरामी भएपछि हेरचाहका लागि कुरुवासमेत कोहि छैनन्

डा दम्पत्ति बिरामी भएपछि हेरचाहका लागि कुरुवासमेत कोहि छैनन्

सुरुङ्गा, झापा, १८ जेठ ।  एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म निरन्तर बिरामीको सेवामा समर्पित रहनुहुने एक जना चिकित्सक दम्पत्ति रोगले थालापरेपछि अहिले उनको हेरचाह गर्ने कोहि छैन् । श्रीमान्को भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ भने श्रीमतीको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । तर दुबै जनाको हेरचाहका लाग...
कम्प्युटर अपरटेरमा नयाँ भर्ना नलिइने, भएका पद पनि स्वतः खारेज

कम्प्युटर अपरटेरमा नयाँ भर्ना नलिइने, भएका पद पनि स्वतः खारेज

काठमाडौँ, १८ जेठ । सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ । हाल विविध सेवा अन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद छन् । कम्प्युटर अपरेटर पद नायब सुब्बा सरह र सहायक कम्प्युटर अपरेटर पद खरदारसरह हुन्छन् । उक्त पदहरुमा सरकारले लोकसेवा आय...
महाधिवेशन गरेर सभापति हटाउने पक्षमा छैनौँ : डा. कोईराला

महाधिवेशन गरेर सभापति हटाउने पक्षमा छैनौँ : डा. कोईराला

संखुवासभा, १८ जेठ । काँग्रेस नेता डा. शेखर कोईरालाले आफुहरू बिशेष महाधिवेशन गरेर सभापति शेरबहादुर देउवा हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले बिधान अनुसार महाधिवेशन गरेर पार्टीलाई पुनर्जीवन दिनुपर्ने उनको भनाई छ । ‘पार्टी नेतृत्व बिधान अनुसार हिड्नुहोसे यदि यदी बिधान अनुसार हिड्न सक्नुहुन्न भने सहमति अनुसार हिड्नुहोस’  काँग्रेस संखुवासभाले खाँदबारीमा आयोजना गरेको अभिमुखीकरण गोष्ठीलाई स...
नेम्वाङले राजेन्द्र राईलाई संसदमा बोल्न नदिएपछि…

नेम्वाङले राजेन्द्र राईलाई संसदमा बोल्न नदिएपछि…

काठमाडौँ, १८ जेठ ।  सरकारले प्रस्तुत गरेको बजेटमाथि बोल्न पाउँ भन्दै धनकुटाबाट निर्वाचित नेकपाका सांसद् राजेन्द्र राईले समय माग गर्दै उभिएका थिए । तर, नेकपाका नेता सुवासचन्द्र नेम्वाङले राईलाई बोल्न नदिएपछि अरु सांसद्हरु समेत अलमलमा परेका छन् । बुधबार दिउँसो संघीय संसद् भवन नयाँ बानेश्वरमा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक बोलाइएको थियो । सांसद्हरुले केही बोल्न पाइएला भन्ने सोचेका थिए ...
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?

ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?

काठमाडौँ, १८ जेठ ।  राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र बजेट वक्तव्य पढिसकेपछि मुलुकको विकास र समृद्धिको पक्षमा रहेको आफूले पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनआकांक्षा र मुलुकको आर्थिक ...
पाल्पामा बस दुर्घटना, १२ जनाको घटनास्थलमै मृत्यु, १५ घाइते

पाल्पामा बस दुर्घटना, १२ जनाको घटनास्थलमै मृत्यु, १५ घाइते

पाल्पा, १८ जेठ । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा  १२ जनाको घटनास्थलमै मृत्यु भएको छ, थप १५ जना घाइते भएका छन् । मृतक मध्ये ११ को सनाखत भएको छ । सनाखत भएकामा  विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् । शुक्र...
बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो: डा भट्टराई

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो: डा भट्टराई

काठमाडौँ, १८ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उहाँले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गर्नुभयो । यो बजेट सामान्य अव...
ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै

ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै

डडेल्धुरा, १८, जेठ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहास तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक महत्वका हतियार हराउँदा किल्ला अवलोकन गर्न आउने पर्यटक निराश बन्ने गर्छन् । ऐतिहासिक गौरव बोकेको अमरगढी किल्ला यस क्षेत्रकै मुख्य पर्यटकीय आकर्षणका रुपमा विकास गर्नका किल्लाभित्र रह...
काठमाडौँबाट विराटनगर आउदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते

काठमाडौँबाट विराटनगर आउदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते

चितवन, १८ जेठ । चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर आउदै गरेको ना ६ ख १३३२ नंको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो दुर्घटनामा घाइते भएका १८ यात्रुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भरतपुरमा...
विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

रुकुम, १८ जेठ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो । केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले जानकारी द...
error: Content is protected !!