काठमाडौँ, २० जेठ । नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गरेका छन् ।
उनी मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले हार्दिक स्वागत अभिवादन गरेका थिए । यसअघि उनले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक सरकार विस्तार गर्दा रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी थप गरेका थिए ।

नवनियुक्त उपप्रधानमन्त्री पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!