संखुवासभा, १८ जेठ । काँग्रेस नेता डा. शेखर कोईरालाले आफुहरू बिशेष महाधिवेशन गरेर सभापति शेरबहादुर देउवा हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

उनले बिधान अनुसार महाधिवेशन गरेर पार्टीलाई पुनर्जीवन दिनुपर्ने उनको भनाई छ ।

‘पार्टी नेतृत्व बिधान अनुसार हिड्नुहोसे यदि यदी बिधान अनुसार हिड्न सक्नुहुन्न भने सहमति अनुसार हिड्नुहोस’  काँग्रेस संखुवासभाले खाँदबारीमा आयोजना गरेको अभिमुखीकरण गोष्ठीलाई सम्बोधन गर्दै उनले भने ‘पार्टीको बिधानलाई अक्षरसस् पालना गर्नुपर्छ । ’

देश संघियतामा प्रवेस गरिसकेपछि पनि  काँग्रेसले प्रादेशिक संरचना बनाउँन नसकेको भन्दै उनले जतिसक्दो छिटो बिधान अनुसार पार्टीको प्रादेशिक संरचना बनाउन माग गरे ।

कोईरालाले कुनैपनी गुट(उपगुटमा नलागि पार्टी पुनर्संरचनामा जुट्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य गुरूराज घिमिरे, पूर्वराज्यमन्त्रीहरू तारामान गुरुङ र दिपक खड्काले अब पूरानो परिपाटीले पार्टी नचल्ने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!