पोखरा, १९ जेठ । माछा मार्ने क्रममा करेन्ट लाग्दा आज यहाँ एकजनाको मृत्यु भएको छ ।
करेन्ट लगाएर फुस्रे खोलामा माछा मार्ने क्रममा पोखरा लेखनाथ महानगरपालिका–१७ बेलघारीका ४३ वर्षीय सन्तोष परियारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मार्दैगर्दा करेन्ट लागेर घाइते भएका परियारको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।