बीबीसी

काठमाडौँ । इतिहासका पुस्तक अध्ययन गर्ने हो भने अफ्रीकी देश अंगोलाको रानी एनजिन्गा एमबाँदी एक बहादुर र तिक्ष्ण दिमाग भएकी योद्धाका रुमा पाउन सकिन्छ। जसले १७ औं शताब्दीमा अफ्रीकामा युरोपीय उपनिवेशवाद विरुद्ध युद्धको घोषणा गरेकी थिइन्।

Advertisement

तर केही मानिस उनलाई क्रुर महिलाका रुपमा पनि वर्णन गर्छन्। जसले सत्ताकालागि आफ्नो भाइकोसमेत हत्या गरेकी थिइन्। त्यतिमात्रै होइन, उनी आफ्नो निटकमा रहने पुरुषसँग बारम्बार यौन सम्पर्क गरेपछि जिउँदै जलाएर हत्या गर्थिन्। तर इतिहासकार के कुरामा सहमत छन् भने एनजिन्गा अफ्रीकाकी सबैभन्दा लोकप्रिय महिलामध्ये एक थिइन्।

राजी या एनगोला


एमबाँदु मासिका नेता एनजिन्गा दक्षिण पश्चिम अफ्रीकी देश एनदोंगो र मताँबाकी रानी थिइन्। तर स्थानीय भाषा किमबाँदुमा एनजिन्गालाई एनगोला भनिन्थ्यो। यो त्यति शब्द थियो जसलाई पोर्चुगलका मानिस मानिस यो इलाकालाई बोलाउने गर्थे। पछि यो क्षेत्रलाई अंगोला भनिन थालियो।

 यो इलाकालाई यस्तो नाम त्यतिबेला प्राप्त भयो जतिबेला पोर्चुकलका सैनिकले सुन र चाँदीको खोजीमा एनदोंगोमाथि आक्रमण गर्यो।
तर सेनाले सुन र चाँदी फेला नपारेपछि उनीहरुले ब्राजीलमा आफ्नो नयाँ उपनिवेशमा मजदुरसँग मिलेर व्यापार गर्न थाले।

एनजिन्गाको जन्म पोर्चुकल आक्रमणको ८ वषपछि भयो। र उनले आफ्ना बुवा किंम एमबाँदी किलुंजीसँग  बाल्यकालदेखि नै आक्रमणकारीसँग संघर्ष गरिन्। १६१७ मा जब राजा एमबाँदी किलुंजीको मृत्यु भयो तब उनका आफ्ना छोरा एनगोला एमबाँदीले सत्ता सम्हाले।

तर उनमा आफ्नो बुवाको जस्तो व्यक्तित्व  र आफ्नी बहिनीको जस्तो बुद्धि थिएन। एनगोला एमबाँदीलाई के चिन्ता थियो भने आफ्नै मान्छे एनजिन्गाकातर्फबाट आफू विरुद्ध संघर्ष गर्नेछन्।

यही चिन्ताका कारण एनगोल एमबाँदीले एनजिन्गाका छोरालाई मृत्युदण्ड दिने घोषणा गरे। नयाँ राजाले आफूलाई युरोपेली आक्रमणकारीको सामना गर्न असफल भए। किनभने विस्तारै विस्तारै ठूलो जनधनको क्षति भइरहेको थियो। यस्तो अवस्थामा एनगोला एमबाँदीले आफ्ना नजिकका सहयोगीको सल्लाह स्वीकार गरे।

त्यसपछि राजा एनगोला एमबाँदीले आफ्नी बहिनीसँग सत्ता बाँड्ने फैसाल गरे। पोर्चुगली मिशनरीले पोर्चुकल भाषा सिकाउने एनजिन्दा एक निकै प्रतिभाशाली रणनीतिकार थिइन्।

यस्तो अवस्थमा एनजिन्गा वार्ता गनकालागि लुआँडा पुगिन्, तब उनले काला, गोरा र शंकर जातिका कयौं मासिन देखिन्। एनजिन्गाले यस्ता मानिस पहिला कहिल्यै देखेकी थिइनन्। र यो ठाउँमा अन्य कुरा देखेर उनी आश्चर्य चकित भइन्। नोकरहरुलाई एक लाइनमा उभ्याएर ठूला ठूला जहाजमा लगिँदै थियो, केही वर्षमै लुआँडा अफ्रीकाको सबैभनदा ठूलो नोकरको अखडामा सावित भयो।

तर जब उनी पोर्चुगलको गभर्नर जेआआो कोरिए डे सोउसासँग वार्ता गन उनका कार्यालय पुगिन् तब एनजिन्गासँग जुन व्यवहार गरियो। त्यसमाथि इतिहासकारले टिप्पणी गरेका छन्।

 किनभने जब उनी त्यहाँ पुगिन् तब त्यहाँ पोचुगलीहरु आरामदायी कुर्सीमा बसिरहेका थिए, तर उनकालागि भुँइमा बस्ने व्यवस्था मिलाइएको थियो। यो देखेर एनजिन्गाले एक शब्द पनि बोलिनन् र उनको एक इसारा देख्ने वित्तिकै एक नोरक कुर्सी जस्तै गरी एनजिन्गाको छेउमा बस्यो।

अनि एनजिन्गा उनको ढाडमा बसिन् र गभर्नरको बराबरी उचाइमा पुगिन्। उनले यसरी आफू बराबरीको स्तरमा वार्ता गर्न आएको सन्देश दिन सफल भइन्। लामो वार्तापछि पोर्चुगली सेनाले एनदोँगो छोडर जाने र उसको सम्प्रभुतालाई स्वीकार गर्ने सहमति बन्यो।

तर, त्यसको बदलामा एनजिन्गा यस क्षेत्रलाई व्यापारिक बाटो बनाउन खुला छोड्न राजी भएकी थिइन्। पोर्चुगलसँगको सम्बन्ध सुमधुर बनाउनकालागि एनजिन्गाले इसाई धर्म पनि स्वीकार गरिन्। र आफ्नो नयाँ नाम एना डे सूजा धारण गरिन्। त्यो बेला उनको उमेर ४० वर्षको थियो। तर उनीहरुबीचको सुमधुर सम्बन्ध धेरै लामोसमय सम्म टिकेन र चाँडै संघर्ष सुरु भयो।

१६२४ मा उनका भाइ एक सानो द्वीपमा गएर बस्न थाले। पछि उनको त्यही निधन भयो। एनजिन्गाको भाइको निधनलाई लिएर धेरै प्रकारका कहानी छन्। केहीले एनजिन्गाले आफ्नो छोराको हत्याको बदला लिन उनलाई विष दिएको बताएका छन्। कसैले उनको निधनलाई आत्महत्या पनि भनेका छन्।

तर, एनजिन्गा एमबाँदेले पोर्चुगली र अन्य आफ्ना मानिस चुनौतीको सामना गर्दै एनदोंगोलाई पहिलो रानी बनाउने कीर्तिमान बनाएर देखाए। अंगोलाको नेशनल लाइब्रेरीका निर्देशक जाओ पेड्रो लरेँका अनुसार अफ्रीकामा विगत कयौं दशकसम्म महिलामाथिको शोषण विरुद्ध एनजिन्गा एमबाँदे एक मुखर आवाज जस्तै हुन्। केही मानिसहरु उनलाई रानीसँगै क्रुर महिलाको संज्ञा पनि दिन्छन्।

उदाहरणका लागि, उनले राज्यको सीमामा बस्ने इमबांगाला योद्धाहरुको सहयोग लिइन ताकि आफ्ना विरोधीलाई डराउँदै आफ्नो स्थिति बलियो बनाउन सकियोस्। कयौं वर्षसम्म आफ्नो राज्यको नेतृत्व गरेपछि एनजिन्गाले आफ्नो छिमेकी राज्य मुताँबामाथि अधिकार दिइन र आफ्नो सीमाको पनि  उचित ढंगले हेरविचार गरिन्।

फ्रान्सेली दार्शनिक मार्किस दे सादेले इतालवी मिशनरी गिओवनी कावेजीको कहानीमा आधारित किताब ‘द फिलोसोफी अफ द ड्रेसिङ टेबल’ लेखेका छन्। अर्का दार्शनिक बजेजीले एनजिन्गा आफ्नो प्रेमीसँग यौन सम्पर्क गरेपछि उनीहरुलाई जिउँदै लगाएर हत्यागर्ने गरेको दाबी गरेका छन्।

रानी एनजिन्गालाई कामुक भनिन्थ्यो। र उनीसँग बस्ने पुरुषलाई लगाउन महिलाको कपडा दिइन्थ्यो। त्यतिमात्रै होइन, जब रानी आफ्नो खोपीमा उपस्थित कुनै पनि पुरुषसँग यौन सम्पर्क गर्न चाहन्थिन् तब त्यहाँ उपस्थित पुरुषले मृत्यु नभएसम्म झगडा गनुपथ्र्यो। र यी पुरुषलाई यौन सम्पर्क गरेपछि जिउँदै जलाएर मारिन्थ्यो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!