अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए
सोल, २१ जेठ । अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ ।
अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ ।
यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको ...































