- ईश्वर थापा/संगालोखबर

धनकुटा, १९ जेठ । धनकुटाको निशान मन्दिरमा सञ्चालन भएको श्रीमद् देवी भागवत पुराण नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । महायज्ञ मुल समारोह समितिले पत्रकार सम्मेलन तथा प्रतिवेदन सार्वजनिक कार्यक्रम गरेर आय ब्याय सार्वजनिक गरेको हो ।

Advertisement

महायज्ञमा ४२ लाख १५ हजार ७ सय संकलन भएको मुल समारोह समितिका कोषाध्यक्ष तथा आर्थिक समिति संयोजक द्रोर्ण गुरागाईले जानकारी दिए । उनका अनुसार महायज्ञमा १४ लाख ७३ हजार ६ सय खर्च भएको छ ।

त्यस्तै १ लाख ६० हजार उठन बाँकी रहेको गुरागाईले बताए ।

महायज्ञबाट संकलित रकम अक्षयकोषमा जम्मा गरि त्यसको ब्याजबाट निशान मन्दिरमा दैनिक पुजा, दीप प्रज्वलन लगायत कामलाई ब्यवस्थित गरिने महायज्ञ मुल समारोह समिति संयोजक नारायण जोशीले जानकारी दिए ।

निशान मन्दिरको प्रचारप्रसार र अक्षयकोष वृद्धिका लागि गत जेठ २ देखि १० गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!