पाल्पा, १८ जेठ । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा  १२ जनाको घटनास्थलमै मृत्यु भएको छ, थप १५ जना घाइते भएका छन् ।

Advertisement

मृतक मध्ये ११ को सनाखत भएको छ । सनाखत भएकामा  विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।

शुक्रवार विहान साढे ९ बजे पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार प्रहरी उद्धारका लागि घटनास्थलतर्फ गएको जनाएको छ ।

बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!