काठमाडाैँ, २० जेठ । पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । मिर्गौला, मुटु रोगबाट पीडित शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

Advertisement

शाही २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा शाही गृहमन्त्री भएका थिए ।

डोल्पामा जन्मनुभएका शाहीले कृषि मन्त्रालयको सचिव, सार्वजनिक सेवा आयोगको प्रमुख हुँदै गृह मन्त्रीको भूमिका समेत निर्वाह गरेका थिए ।

तत्कालीन समयमा शाही कुशल प्रशासकको रुपमा परिचित थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!