दैनिक एउटा अन्डाले राख्छ मुटु रोगबाट टाढा

दैनिक एउटा अन्डाले राख्छ मुटु रोगबाट टाढा

आज पनि अन्डा, भोलि पनि अन्डा । यो कुरा तपाईंले अहिलेसम्म कुनै न कुनै दिन भनेको हुनुपर्छ । कतिपयले तपाईंलाई अन्डा खानु र नखानुबारे अनेक सुझाव पनि दिएका होलान् । तर, राम्रो स्वास्थका लागि दिनमा कति अन्डा खानुपर्छ भन्नेबारे के तपाईंलाई थाहा पाउनु भएको छ ? चीनमा करिब १० लाख मानिसमा गरिएको एउटा अध्ययनले नयाँ तथ्य फेला पारेको छ । त्यो हो– दिनमा एउटा अन्डा खायो भने धेरै रोगबाट टाढा हुन सकिन्छ । सबैभन...
२०७५ माघ ५ गते शनिबार/आजको राशिफल

२०७५ माघ ५ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ ५ गते। शनिबार। इश्वी सन् २०१९ जनवरी १९ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। ब...
विराटनगरमा  प्रदेशस्तरीय योग शिविर हुने

विराटनगरमा प्रदेशस्तरीय योग शिविर हुने

विराटनगर, ४ माघ । ‘स्वास्थ्य र समृद्धिका लागि आरोग्यता र आरोग्यताको योगअभ्यास’ नाराका साथ विराटनगरमा प्रदेशस्तरीय बृहत् योग शिविर हुने भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले योगलाई आमजनतामाझ पुर्याउने दायित्वअन्तर्गत यही माघ १३ देखि १९ गतेसम्म साताव्यापी निःशुल्क योग शिविरको आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले योगलाई जीवन अभि...
सवा तीन अर्ब राजश्व सङ्कलन

सवा तीन अर्ब राजश्व सङ्कलन

विराटनगर, ४ माघ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा कूल रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा गत वर्ष रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा रु ७१ करोड ५९ लाख ४१ हजार राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताउनुभयो । कार्यालयका अनुसार रु तीन अर्ब चार...
बहुमूल्य पत्थरसहित पाँच युवा पक्राउ

बहुमूल्य पत्थरसहित पाँच युवा पक्राउ

सुर्खेत, ४ माघ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बहुमूल्य पत्थरसहित पाँच युवालाई आज वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल सुर्खेत चेक प्वाइन्टभन्दा ५०० मिटर अगाडिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ सुर्खेतका ४० वर्षीय भीमबहादुर सुनार, वडा नं ५ का ३० वर्षीय नवीन कँडेल, वडा नं ८ का २८ वर्षीय सुरेन्द्र शाही तथा बराहताल गाउँपालिका–८ सुर्खेतका २६ वर्षीय भक्तबहादुर पाण्डे र ३२ वर्षीय ते...
किरिया र उपचार खर्च दिइने

किरिया र उपचार खर्च दिइने

पर्वत, ४ माघ । बिहीबार भएको बस दुर्घटनामा परी मृत्यु भएका यात्रुका परिवार र घाइतेलाई जलजला गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । मृतकका परिवारलाई किरिया खर्चस्वरुप रु १५ हजार र घाइतेलाई उपचारका लागि रु पाँच हजार सहयोग गर्ने गाउँपालिकाले निर्णय गरेको अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जलजलाकै बढी यात्रु दुर्घटनामा मृत्यु तथा घाइते भएकाले पीडित परिवारलाई सहानुभूति स्व...
नोबेलले चिरफार नगरी मुटुको भल्ब खोलेपछि मियाले भने ‘मुटुमा गाडिएको किलो उखेले जस्तो भयो’

नोबेलले चिरफार नगरी मुटुको भल्ब खोलेपछि मियाले भने ‘मुटुमा गाडिएको किलो उखेले जस्तो भयो’

बिराटनगर, ४ माघ । मुटु रोगबाट पीडित सुनसरीको सोनापुरका एमडी करिमुदिन मिया राम्रो उपचारको खोजिमा १५ बर्षसम्म भौतारिए । नेपालमा मात्र नभई छिमेकी देश भारतका बिभिन्न ठाउँमासमेत उपचारका लागि पुगेका उनलाई अहिले बिराटनगरको नोबेल शिक्षण अस्पतालले निको बनाएको छ । मुटुको भल्ब सागुरिएर बर्षौदेखि समस्यामा रहेका ४५ बर्षीय मियालाई नोबेलले पिटिएमसी पद्धतिबाट उपचार गरेर निको बनाएको हो । ‘१५ बर्ष अघि देखि मुटुक...
बलात्कारका मुख्य दोषी पक्राउ

बलात्कारका मुख्य दोषी पक्राउ

तुलसीपुर, ४ माघ । सामूहिक बलात्कारका मुख्य दोषीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ । दाङकी १७ वर्षीया कल्पना खनालमाथि २०६५ चैत १५ गते राति सामूहिक बलात्कारका मुख्य दोषी तुलसीपुर उपमहानगरपालिका–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई सर्वाेच्च अदालतबाट २०७२ फागुन ३० गते ९ वर्ष ११ महीना दुई दिन सजाय र रु ५० हजार जरिवाना तोकिएको थियो । सामूहिक बलात्कारमा परेकी खनालको घटना भएको ८४ औँ...
घुस मागेको अभियोगमा पक्राउ

घुस मागेको अभियोगमा पक्राउ

काठमाडौँ, ४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव डिभिजन कार्यालय भजनी कैलालीमा कार्यरत फरेष्टर हरिशचन्द्र कुमारलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । सामुदायिक वनबाट उपभोक्तासँग दाउरा उपलब्ध गराउन सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु दश हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले आज कार्यालय नजिकैबाट पक्राउ गरेको हो । आरोपी कुमारको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर द...
साउथ फिल्ममा फेरि भिलेन बन्दै अक्षय

साउथ फिल्ममा फेरि भिलेन बन्दै अक्षय

एजेन्सी,  मुम्बई ।  बलिउडका एक्सन हिरो अक्षय कुमारले सुपरस्टार रजनीकान्तको फिल्म '२.०' बाट साउथ फिल्ममा डेब्यु गरेका थिए । फिल्ममा रजनीकान्तको रोबोट अवतार सँग-सँगै अक्षय कुमारको डरलाग्दो भिलेनको रोललाई पनि दर्शकको जबरजस्त प्रेम मिल्यो । अक्षयको पपुलारिटी देख्दै साउथका फिल्ममेकर्स उनलाई आफ्नो फिल्ममा साइन गर्न तँछाड-मछाड गर्न थालेका छन् । यसबीच कमल हासनको नयाँ फिल्म 'इन्डियन २' मा उनी फेरि एकपटक...
जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

काठमाडौँ, ४ माघ । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो । माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दि...
हृदयघातबाट जाेगिन छाेड्नुहाेस् यी बानी

हृदयघातबाट जाेगिन छाेड्नुहाेस् यी बानी

अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानि छ भने तपाईलाई हृदयघात पनि हुन सक्छ । त्यसैले हृदयघातबाट जाेगिन यस्ता पाँच अादतहरू तपार्इकाे पनि छ भने आजैबाट छाेड्नुहाेस् । १ बिहानको खाजा नखानु  बिहान सहि समयमा खाजा नखाने र लामो समयसम्म भोकको रहँदा मोटोपन ...
जापानी होटलले कामबाट बर्खास्त गर्यो १२३ रोबोट

जापानी होटलले कामबाट बर्खास्त गर्यो १२३ रोबोट

एजेन्सी  ।   जापानको एउटा होटलमा कार्यरत १२३ रोबोटहरुले रोजगारी गुमाएका छन् । होटलको व्यावस्थापन समितिले पुनः रोबटको स्थानमा मानिसहरुलाई राखेको छ । होटलको क्यू शू द्वीपमा ‘हेन ना’ होटलमा काममा राखिएका २४३ रोबोटमध्ये १२३ वटालाई कामबाट हटाइएको हो । ती रोबोटहरुले होटलमा आउने ग्राहकहरुको काम सजिलो बनाउनको सट्टा मुश्किल बनाइरहेका थिए । रोबोटहरु होटलका पाहुनाको साधारण प्रश्नको उत्तर पनि दिन असक्षम थि...
सिराहाको मार्डरमा प्रहरीले गोली चलायो

सिराहाको मार्डरमा प्रहरीले गोली चलायो

काठमाडौं– सिराहाको सुकचैना–१५ स्थित मार्डरमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई फलो गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । सिरहाको बोर्डर नजिकै मार्डर भन्ने स्थानमा प्रहरीको गोली लागेर स्थानीय प्रमोद यादव घाइते भएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिए । ‘आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले प्रमोद यादवलाई केही दिनदेखि फलो गरिरहेको थियो’ डि...
भियतनामले आतिथ्य गर्ने इच्छा व्यक्त

भियतनामले आतिथ्य गर्ने इच्छा व्यक्त

होनाई, ४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने गइरेहको दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनाम गर्ने यहा प्रधानमन्त्रीे गुऐन जुआन फुकले इच्छा व्यक्त गर्नु भएको छ । उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी किम जोङ चोल शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ जानु भएको र उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नु हुने अनुमान गरिएको छ । सो भेट...
चिनी मिल सञ्चालनमा

चिनी मिल सञ्चालनमा

वीरगञ्ज, ४ माघ । सङ्घीय सरकारले उखुको समर्थन मूल्य तोकेपछि प्रदेश नं २ मा रहेका चिनी मिल सञ्चालनमा आएका छन् । मूल्य विवादको कारण करीब दुई महीना ढिलो गरी चिनी मिल सञ्चालनमा आएको हो । यसवर्ष समयमा उखु उद्योग सञ्चालनमा नआउँदा ५० प्रतिशत उखु खेतमै नष्ट हुँदै आएकोमा सरकारले केही दिन अघि यस वर्षका लागि उखुको समर्थन मूल्य प्रति क्विन्टल रु ५३६ रुपैँया ५६ पैसा तोकेपछि उखु उत्पादक किसान र चिनी मिलका सञ्...
झापामा खाल्डोमा जमेको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

झापामा खाल्डोमा जमेको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

  झापा, माघ ०४ गते ।  झापाको शिवसताक्षी नगरपालिका - ५ मा १८ महिने बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । आज दिनको १२:०० बजेको समयमा स्थानीय गोपाल ताजपुरियाको १८ महिने छोरा टंक प्रसाद ताजपुरीया आफ्नै घरको कल नजिक रहेको पानीको खाल्डोमा डुबिरहेको अवस्थामा बालकको आफन्तले फेला परेका थिए । बालकलाई तत्काल उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारमा संग्लग्न चिकि...
कारबम आक्रमणमा २१ को मृत्यु

कारबम आक्रमणमा २१ को मृत्यु

बोगोटा, ४ माघ । कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो । यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्...
विकासप्रतिको जनआकाङ्क्षा बढेको छ : प्रधानमन्त्री ओली

विकासप्रतिको जनआकाङ्क्षा बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिका जनताका आकाङ्क्षा बढेका बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’ कालमा उहाँले राजनीतिक परिवर्तनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी संविधानजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको सन्दर्भमा जनआकाङ्क्षा बढ्नु स्वाभाविक भएको बताउनुभयो । देशको समग्र विकासका लाग...
बीउमा आत्मनिर्भर बनाउँदै बीउ प्रशोधन तथा भण्डारण केन्द्र

बीउमा आत्मनिर्भर बनाउँदै बीउ प्रशोधन तथा भण्डारण केन्द्र

दमक, ४ माघ । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन थालेका छन् । महिला मात्र आबद्ध रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा २०७२ माघ १४ गतेदेखि उक्त बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा आएको हो । धान, मकै र गहुँको गुणस्तरीय बीउ प्रशोधन तथा उत...
तेह्रथुमका धुलाम्मे सडकले गाउँ प्रदूषित

तेह्रथुमका धुलाम्मे सडकले गाउँ प्रदूषित

तेह्रथुम, ४ माघ । गाउँ भन्नासाथ धेरैको दिमागमा आउँछ स्वच्छ, सफा र कञ्चन हावापानी । यस्तो सोच राख्नुभएको छ भने अब हटाए हुन्छ । गाउँ पनि धुवाँ धुलोको प्रदूषणबाट अछुतो छैन । निर्माणाधीन र कच्ची सडक धुलाम्मे बनेपछि वातावरण प्रदूषित बन्दै गएको हो । निर्माण हुँदै गरेका र ट्र्याक मात्रै खोलिएका कच्ची सडकबाट गाउँ–गाउँसम्म सवारीका साधनहरु पुग्न थालेपछि धुलोको प्रदूषण फैलिएको हो । धुलोका कारण गाउँका बासि...
संसद्मा पहिलोपटक प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

संसद्मा पहिलोपटक प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उहाँले सरकार कुनै पनि प्रकारको अनियमितताप्रति सहिष्णुता हुँदैन भन्नुभयो । पहिलो प्रश्नकर्ता सांसद खगराज अधिकारीले कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा लगानी भएको भन्ने सम्बन्ध...
अत्याधुनिक ‘मौसमी राडार’ सञ्चालनमा आउन सकेन

अत्याधुनिक ‘मौसमी राडार’ सञ्चालनमा आउन सकेन

सुर्खेत, ४ माघ । जनशक्ति अभावका कारण अत्याधुनिक प्रविधिको मौसमको पूर्वसूचना दिने राडार सञ्चालनमा आउन सकेको छैन । विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले वीरेन्द्रनगर–१४ स्थित रातानाङला डाँडामा नेपालमै पहिलो मौसमी राडार स्थापना गरिएको हो । नमूनाका रूपमा नेपालमा पहिलोपटक निर्माण गरिएको सो अत्याधुनिक प्रविधिको राडारमा पर्दछ । राडार ११७ फिट अग्लो छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले स...
स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिने

स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिने

लहान, ४ माघ । सिरहाको धनगढीमाई नगरपालिका नैनपुरस्थित स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिने भएको छ । धनगढीमाई नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७५ स्वीकृत गर्दै नैनपुरस्थित स्वास्थ्यचौकी स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । नगरको सूचना प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन माघ महीनादेखि राजश्व तथा व्यक्तिगत घटना दत्र्...
#10YearChallenge बाट यसकारण टाढै बस्नुहोस्

#10YearChallenge बाट यसकारण टाढै बस्नुहोस्

बीबीसी  यदि तपाईं फेसबुक वा ट्वीटरको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई पक्कै थाहा होला आजकाल सोसल मिडियामा #10YearChallenge भन्दै मानिसहरुले आफ्ना पुराना र नयाँ फोटो दाँजेर पोष्ट गरिरहेका छन् । यदि तपाईंमध्ये कसैले वा तपाईंले चिन्नुभएका कसैले यो ‘च्यालेन्ज’ को धारामा बगेर आफ्नो अहिलेको र १० वा २० वर्ष पुरानो तस्बिरलाई एकसाथ पोष्ट गरिरहेको देख्दा तपाईंलाई पनि यस्तो गरौँ गरौँ लागेको हुनुहपर्छ । ...
अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

काठमाडौँ, ४ माघ । अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् । बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआ...
विरालो मार्ने चालकलाई जेल सजायको फैसला

विरालो मार्ने चालकलाई जेल सजायको फैसला

क्वालालमपुर, ३ माघ । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनवर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गर्नुभएको थियो । क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम...
इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ, ४ माघ । इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । नेपालको ...
अनशनकारी थापालाई पनि काठमाडौँ लगियो

अनशनकारी थापालाई पनि काठमाडौँ लगियो

भद्रपुर, ४ माघ । चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गर्नुभएका युवा विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ लगिएको छ । नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर आज बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ उडेको हो । इलाममा अर्का अनशनकारी प्राडा गोविन्द केसीसँगै अनशन बस्नुभए...
तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

राँझा, ४ माघ । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । विसं २०७० माघमा उनीहरु गाउँका मङ्गल बमसँगै भारत गएर सम्पर्कविहीन भएका थिए । गत पुस २१ ...
नवलपरासीमा बँदेल आतङ्क

नवलपरासीमा बँदेल आतङ्क

परासी, ४ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतङ्क बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् । नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई नोक्सानी पुर्याउनाका साथै मानिसलाई आक्रमण गर्न थालेपछि दिउँ...
error: Content is protected !!