एजेन्सी  ।   जापानको एउटा होटलमा कार्यरत १२३ रोबोटहरुले रोजगारी गुमाएका छन् । होटलको व्यावस्थापन समितिले पुनः रोबटको स्थानमा मानिसहरुलाई राखेको छ ।

होटलको क्यू शू द्वीपमा ‘हेन ना’ होटलमा काममा राखिएका २४३ रोबोटमध्ये १२३ वटालाई कामबाट हटाइएको हो । ती रोबोटहरुले होटलमा आउने ग्राहकहरुको काम सजिलो बनाउनको सट्टा मुश्किल बनाइरहेका थिए । रोबोटहरु होटलका पाहुनाको साधारण प्रश्नको उत्तर पनि दिन असक्षम थिए साथै उनीहरु पाहुनालाई राम्ररी सुत्न पनि दिदैँन्थे ।

होटल हेन नामा पाहुनाहरुलाई हेटलमा चेक इनदेखि चेक आउटसम्मका सबै सेवा तिनै २४३ रोबोटहरुले गर्दै आएका थिए । तर जब ती रोबोटहरुलाई ‘थिम पार्क कुनस समय खुल्छ ?’ भनेर प्रश्न गरियो तब उनीहरुसँग उत्तर थिएन ।

यदि होटलमा आएका ग्राहकहरु गहिरो निन्द्रामा घुर्थे भने रोबोटहरु तबसम्म ग्राहकलाई सुत्न दिदैँन्थे जबसम्म उनीहरुले स्पष्टीकरण दिदैँन्थे । यसले गर्दा ग्राहकहरु पनि रुष्ट भएका थिए ।

होटलको प्रमूख द्वारे रोबोटलाई पनि सही जवाफ दिन आउँदैन्थ्यो । यसको सट्टा अब त्यहाँ मानिस राखिने बताइएको छ ।

होटल हेन नाका संचालक हिडियो सवाडाका अनुसार रोबोटलाई त्यहाँ मानिसहरुको ध्यानाकर्षण गर्न मात्र राखिएको थिएन । उनीहरुले पाहुनाका लागि समस्या पैदा गरेपछि उनले त्यसको स्थानमा मानिसहरु राख्ने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!