मध्यरातमा डा. केसीलाई काठमाडौं लगियो

मध्यरातमा डा. केसीलाई काठमाडौं लगियो

काठमाडौं ,३ माघ। आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको छ । डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । तर, बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए । रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था थिएन । त्यसैले इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइ...
२०७५ माघ ४ गते शुक्रबार/आजको राशिफल

२०७५ माघ ४ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ ४ गते। शुक्रबार। इश्वी सन् २०१९ जनवरी १८ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भन...
इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु

इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु

काभ्रेपलाञ्चोक, ३ माघ । पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल (डिग वाल) भत्कँदा आज दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका–१ का ज्ञानबहादुर परियारका तीन वर्षीया छोरी जेनिसा र रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का नवीन विकका ११ महीनाका छोरा निर्माणको मृत्यु भएको प्रहरी चौकी...
डा केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव

डा केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव

इलाम, ३ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले इलाममा अनशनरत् डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा यहाँ आएको विशेषज्ञ टोलीले डा केसीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताएको छ । नौ दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीलाई विभिन्न रोगले च्याप्दै गरेको भन्दै अस्पतालमा सघन उपचार कक्ष (इ...
धनकुटेलीले मनाए कालो दिन : स्थायी प्रादेशिक राजधानी माग्दै जुलुश प्रदर्शन

धनकुटेलीले मनाए कालो दिन : स्थायी प्रादेशिक राजधानी माग्दै जुलुश प्रदर्शन

धनकुटा, ३ माघ । प्रादेशिक राजधानीका लागि आन्दोलित धनकुटावासीले आज कालो दिन मनाएका छन् । गत बर्ष आजकै दिन विराटनगरलाई अस्थायी प्रादेशिक राजधानी तोकिएको थियो । हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटा उपयुक्त भएरपनि अन्यत्र राजधानी तोकिएको विरोधमा जिल्लाबासीले प्रदर्शन गर्दै कालो दिन मनाएका हुन् । विरोध स्वरुप मदन चौकबाट शुरु भएको जुलुशले धनकुटा बजारको परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चा...
सरकारले रेल किन्ने : पानीजहाज चलाउन कार्यालय स्थापना

सरकारले रेल किन्ने : पानीजहाज चलाउन कार्यालय स्थापना

काठमाडौँ, ३ माघ । सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारी तहमा नै रेल इञ्जिन खरीद गर्न लागेको हो । कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रे...
अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा

काठमाडौँ, ३ माघ । दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान)ले आज पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ । महोत्सवमा देखाइने चलचित्रमध्ये नेपालका १६ वटा हुनेछन् । सोका लागि छ फिचर र १० लघु चलचित्र छनोटमा परेका छन् । बाँकी अन्य...
तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

मेलम्ची, ३ माघ । चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले आज तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिनुभयो । “मे ...
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ, ३ माघ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जा...
डेम्बेले चीन जाने

डेम्बेले चीन जाने

एजेन्सी । इङ्लिस प्रियिमर लिगको क्लब टोटेनह्यामले मिडफिल्डर मोउसा डेम्बेलेलाई बेच्ने भएको छ । टोटेनह्यामले डेम्बेलेलाई चीनियाँ सुपर लिगको क्लब ग्वान्झाउ आर एन्ड एफमा १ करोड १० लाख पाउन्डमा बेच्न लागेको हो । ३१ वर्षे डेम्बेलेको यही सिजन टोटेनह्यामसँगको सम्झौता सकिँदै थियो । तर टोटेनह्यामले अन्तर्राष्ट्रिय विदाअघि नै उनलाई चीनियाँ क्लबमा बेचेको हो । बेल्जियमका डेम्बेले बेजिङ गुवानमा जाने भनिए पनि...
सोलुखुम्बुमा वन जोगाउन ग्यास र चुलो

सोलुखुम्बुमा वन जोगाउन ग्यास र चुलो

सोलुखुम्बु, ३ माघ । जिल्लामै पहिलो पटक सामुदायिक वन जोगाउने उद्देश्यले ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ स्थित मोपुङ सामुदायिक वन कार्यालयले स्थानीय उपभोक्तालाई ती सामग्री वितरण गरेको हो । छयालीस घरधुरी उपभोक्तालाई निःशुल्क सिलिण्डर र सशुल्क चुलो वितरण गरिएको वन उपभोक्ता समितिका उपाअध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । “पछिल्लो समय वनजङ्गल मासिँदै गएको छ,” उपाध्य...
अरुण नदीमा जलयात्रा शुरु

अरुण नदीमा जलयात्रा शुरु

सङ्खुवासभा, ३ माघ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको धार्मिक पर्यटीयस्थल मनकामनाको छेउमा बहने अरुण नदीमा पहिलो पटक गत शुक्रबारदेखि जलयात्रा शुरु गरिएको छ । सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा सङ्खुवासभाको अरुण उपत्यका र बालेश्वर समेतलाई राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी जलयात्रा सञ्चालन गरिएको अरुण मकालु रिभर साइडका सञ्चालक राजकुमार घिमिरेले ज...
शेयर बजार : सामान्य अङ्कले घट्यो

शेयर बजार : सामान्य अङ्कले घट्यो

काठमाडौँ, ३ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १८७.७७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत झिनो अङ्कले मात्रै घटेको छ । उक्त परिसूचक ०.५ विन्दुले घटेर २५१.०१ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ ...
तीन सय ६० भैँसीलाई सुत्केरी भत्ता !

तीन सय ६० भैँसीलाई सुत्केरी भत्ता !

काभे्रपलाञ्चोक, ३ माघ । पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामीले यस वर्ष भैँसी संरक्षण अभियान...
उदयपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रबन्धकलाई अभिनन्दन

उदयपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रबन्धकलाई अभिनन्दन

गाईघाट, ३ माघ । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई उदयपुरमा नागरिक अभिनन्दन गरिएको छ । महाप्रबन्धक हुँदा पौडेलले सिमेन्ट उद्योगमा व्यापक सुधार ल्याएर शतप्रतिशत सिमेन्ट उत्पादन गर्न सफल भएको भन्दै बुधबार उदयपुरको जलजले तथा देउरीका स्थानीयवासीले नागरिक अभिनन्दन गरेको जलजलेका समा...
सुख्खा बन्दरगाहको शिलान्यास

सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौँ, ३ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तुसमेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विदेशबा...
छाउपडी बस्न बाध्य बनाउनेलाई कारवाही

छाउपडी बस्न बाध्य बनाउनेलाई कारवाही

काठमाडौँ, ३ माघ । महिला तथा सामाजिक समितिले छाउपडी बस्न बाध्य बनाउने व्यक्ति, समूह वा कुनै पनि सङ्घसंस्थालाई कानूनको दायरामा ल्याई कारवाही गर्न गृह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश दिएको छ । ‘छाउपडी प्रथा अन्त्यका लागि सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्रभावकारी बनाउन’ सिंहदरबारस्थित समितिको कार्यालयमा आज आयोजित बैठकमा समितिले तसर्थ, छाउपडी बस्न बाध्य बनाउने, यस्ता कुरी...
संखुवासभामा मृगको छालासहित एक जना पक्राउ

संखुवासभामा मृगको छालासहित एक जना पक्राउ

  संखुवासभा, ३ माघ । संखुवासभाको सिलिचोङ गाउँपालिका–३ लुम्ङदियाबाट मृगको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरी चौकी ताम्कुबाट खटिएको प्रहरी टोलीले स्थानीय उत्तम कुमार राईको घरमा खान तलासी गर्ने क्रममा मृगको छाला फेला परेको हो । घरको पूर्वपट्टी टिनको छाप्रोमा लुकाएर राखिएको अवस्थामा एक थान मृगको छाला बरामद भएको प्रहरीले जनाएको छ । मृगको छाला बरामद भ...
डुब्दै अलैँची किसान

डुब्दै अलैँची किसान

ताप्लेजुङ, ३ माघ । अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिनुभयो । झण्डै सात लाख रुपैयाँ लगानी थपेर उहाँले अलैँची खेती विस्तार पनि गर्नुभयो । साहुबाट महङ्गो ब्याज दरमा ऋण लिनुभएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिनुभयो । बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैँची ल...
महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, ३ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताक...
बदलीः हल्का वर्षा हुने

बदलीः हल्का वर्षा हुने

काठमाडौँ, ३ माघ । काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अबको एक दुई दिन देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । राति आकाशमा बादल ल...
उर्लाबारीको नमूना बालगृहलाई डेढ लाख सहयोग

उर्लाबारीको नमूना बालगृहलाई डेढ लाख सहयोग

उर्लाबारी, ३ माघ । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई आज उर्लाबारी परिवार हङकङले रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ । उर्लाबारी नगरपालिका– ७ का वडाध्यक्ष वीरबल थापा, उर्लाबारी परिवार हङकङका निवर्तमान अध्यक्ष विकास सुब्बा र सल्लाहकार पूर्ण वाइबाले संयुक्तरुपमा बालगृहका अध्यक्ष मीना बराललाई सो रकम हस्तान्तरण गर्नुभयो । भवन निर्माणका लागि उक्त रकम उपलब्ध गराएको अध्यक्ष सुब्बाले बताउनु...
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुनः सञ्चालन

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुनः सञ्चालन

सप्तरी, ३ माघ ।उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको स्वास्थ्य सेवा बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । अस्पताल प्रशासन, प्रदर्शनकारी र मृतकका परिवारबीच त्रिपक्षीय सहमतिपछि अस्पतालको सेवा पुनः सञ्चालनमा आएको अस्पतालका निमित्त प्रमुख डा रन्जित झाले जानकारी दिनुभयो । उपचारका क्रममा बुधबार छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका...
बस दुर्घटनामा सातको मृत्यु, चारको सनाखत

बस दुर्घटनामा सातको मृत्यु, चारको सनाखत

पोखरा, ३ माघ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हँुदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वत जिल्ला प्रहरी कार्यालय प...
हुम्लामा छब्बीस किलोमिटर ग्रामीण सडक निर्माण

हुम्लामा छब्बीस किलोमिटर ग्रामीण सडक निर्माण

हुम्ला, ३ माघ । जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् । सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँपालिकाले गत वर्ष पाँच किमी निर्माण गरेर हाल सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले...
भोजपुरमा स्वेदन तथा पञ्चकर्म उपचार पद्धति

भोजपुरमा स्वेदन तथा पञ्चकर्म उपचार पद्धति

भोजपुर, ३ माघ  ।   यहाँ पहिलो पटक स्वेदन तथा पञ्चकर्म चिकित्सा अर्थात् हाडजोर्नी तथा नसासम्बन्धी उपचार पद्धति सञ्चालनमा आएको छ । यस पद्धतिले औषधिसहित वाफको माध्यमबाट बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रका प्रमुख दिलीपकुमार झाले जानकारी दिनुभयो । यो उपचार पद्धति सञ्चालनमा ल्याइएपछि बिरामीलाई सेवा दिन सहज भएको उहाँको भनाइ छ । उपचार पद्धति उपकरणको बुधबार एक कार्यक्रमका बीच भोजपुर ...
गोरु जुधाइको विस्तारसँगै मित लगाउने अवधारणासम्म

गोरु जुधाइको विस्तारसँगै मित लगाउने अवधारणासम्म

नुवाकोट, ३ माघ । जिल्लाका धेरै ठाउँमा माघे सङ्क्रान्तिलाई गोरु जुधाइको पर्वसँग जोडेर मनाउने क्रम बढेसँगै पञ्चकन्या गाउँपालिका घलेभञ्ज्याङमा पनि गोरु जुधाएर आन्तरिक पर्यटन प्रवद्र्धनको प्रयास गरिएको छ । काठमाडौँ गोङ्गबुबाट ४९ किमी उत्तरमा रहेको घलेभञ्ज्याङमा चार वर्षअघिदेखि गोरु जुधाइँदै आएको छ । पशु अधिकारका विषय नउठ्दै बट्टाइ, लुइँचे र कुखुराको भाले जुधाउने नेपाली परम्परानुसार हिउँदमा घाम ताप्...
विवाहमा आउनेले गणितको परीक्षा पास गर्नुपर्ने

विवाहमा आउनेले गणितको परीक्षा पास गर्नुपर्ने

यो दुनियाँमा जिनियस मानिसको कमी छैन । एकजना बेहुलीले आफ्नो बिहेमा आउने मानिसहरुलाई गणितको परीक्षा दिन बाध्य पार्दैछिन् । बेलायतकी ती युवती मात्र होइन, उनका हुनेवाला लोग्ने पनि गणितविज्ञ हुन् । ती महिलाले सोसल मिडियामार्फत उनको त्यो अनौठो योजनाको खुलासा गरेकी छन् । उनका अनुसार उनको बिहेमा आउने हरेक पाहुनालाई समारोहस्थलमा गणितको परीक्षा लिइनेछ । उक्त परीक्षा पास गर्नेले मात्र समारोहस्थलमा बस्ने ...
बच्चा हेर्न पाँच दिन तलबी बिदा

बच्चा हेर्न पाँच दिन तलबी बिदा

उलानबाटोर, २ माघ । आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ । विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले उनीहरुलाई पाँच दिने बिदा लिएको र बिदाको बेलाको तलब पनि दिने व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन् । सरकारी अधिकारीहरुका अनुसार बच्चा भएका कर्मचारी तथा रेखदेख गर्ने व्यक्तिहरुलाई पाँच दिनसम्म बिदा लिन पाउने व्यवस्था गरिएको हो । रोग...
कालिगण्डकी किनारमा बस खस्यो : तीन जनाको मृत्यु, ३५ घाईते

कालिगण्डकी किनारमा बस खस्यो : तीन जनाको मृत्यु, ३५ घाईते

म्याग्दी, ३ माघ । म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस आज विहान पर्वतकोे मालढुङ्गामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ग १ ख ६१०८ नम्बरको यात्रुबहाक बस सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो । मृतक तीन जनाकै सनाखत हुन नसकेको र सब परिक्षणको लागि पर्वत जिल्ला अस्पताल पठाईएको घटनास्थलमा उद्धारको लागि पु...
टिमुरको तेल विदेशमा पनि

टिमुरको तेल विदेशमा पनि

सल्यान, ३ माघ । सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ । उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस वर...
error: Content is protected !!