तुलसीपुर, ४ माघ । सामूहिक बलात्कारका मुख्य दोषीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ ।

Advertisement

दाङकी १७ वर्षीया कल्पना खनालमाथि २०६५ चैत १५ गते राति सामूहिक बलात्कारका मुख्य दोषी तुलसीपुर उपमहानगरपालिका–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई सर्वाेच्च अदालतबाट २०७२ फागुन ३० गते ९ वर्ष ११ महीना दुई दिन सजाय र रु ५० हजार जरिवाना तोकिएको थियो ।

सामूहिक बलात्कारमा परेकी खनालको घटना भएको ८४ औँ दिनमा मृत्यु भएको थियो । नसालु पदार्थ खुवाएर उनीमाथि सामूहिक करणी गरिएको थियो ।

घटनामा संलग्न छ जनाले सजाय भुक्तान गरेका र मुख्य दोषीलाई प्रहरीले घटना भएको १० वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई आज जिल्ला अदालत घोराहीमार्फत कारागार चलान गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । घटनामा संलग्न फरार रहेका मोहन पुनको खोजी जारी रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!