काठमाडौँ, ४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव डिभिजन कार्यालय भजनी कैलालीमा कार्यरत फरेष्टर हरिशचन्द्र कुमारलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

Advertisement

सामुदायिक वनबाट उपभोक्तासँग दाउरा उपलब्ध गराउन सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु दश हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले आज कार्यालय नजिकैबाट पक्राउ गरेको हो । आरोपी कुमारको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत सहायक कम्प्युटर अपरेटर राज्यनारायण साहलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ । नागरिकताको प्रमाणपत्र बनाउन पुगेका एक सेवाग्राहीसँग साहले घुस मागेको अभियोग लागेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!