सुर्खेत, ४ माघ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बहुमूल्य पत्थरसहित पाँच युवालाई आज वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल सुर्खेत चेक प्वाइन्टभन्दा ५०० मिटर अगाडिबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ सुर्खेतका ४० वर्षीय भीमबहादुर सुनार, वडा नं ५ का ३० वर्षीय नवीन कँडेल, वडा नं ८ का २८ वर्षीय सुरेन्द्र शाही तथा बराहताल गाउँपालिका–८ सुर्खेतका २६ वर्षीय भक्तबहादुर पाण्डे र ३२ वर्षीय तेजेन्द्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक विजय पुनको नेतृत्वको टोलीले ११ दशमलव ५०० किलोग्राम बहुमूल्य ढुङ्गासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको बा १९ च ३५७२ नंको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा पत्थरसहित उनीहरलाई पक्राउ गरिएको हो । पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!