एउटै ठेलाको कमाइ महिनाको एक लाख

एउटै ठेलाको कमाइ महिनाको एक लाख

हेटौँडा, ६ माघ । ठेलामा व्यापार गरेर महिनामा रु एक लाखसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ नवलपरासी घर भई हाल हेटौँडामा ठेला किचेन चलाएर बस्नुभएका ३५ बर्षीय युवराज नेपाल । वैदशिक रोजगारको सिलसिलामा मलेशियामा थुप्रै हण्डर खानुभएका युवराजलाई चितवनमा कुखुरा फार्मले पनि डुबायो । फेरि दुबई जानुभएका उहाँलाई एक वर्षकोे बसाइले फेरि कहिल्यै विदेश नजाने गरी नेपाल फर्काइदियो । आज रु २० हजार भन्दा कम...
धनकुटाको राजारानीमा नोबेलको शिविर : ७ सय बिरामीको निःशुल्क उपचार

धनकुटाको राजारानीमा नोबेलको शिविर : ७ सय बिरामीको निःशुल्क उपचार

धनकुटा, ६ माघ । धनकुटाको राजारानीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिव ७ सय विरामी लाभान्वित भएका छन् । नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा केयर वुमन नेपालले शिविर आयोजना गरेको हो । शिविरबाट ६ सय ९७ बिरामीले निःशुल्क उपचार सेवा लिएको आयोजक केयर वुमन नेपालकी अध्यक्ष ईन्दिरा थापाले जानकारी दिईन् । ‘गाउँ–गाउँबाट वालवालिकादेखि बृद्धबृद्धासम्म उपचार गराउँन आउनुभयो ।’ थापाले भनिन् ‘महिलाक...
दाङमा बढ्दो सवारी दुर्घटना

दाङमा बढ्दो सवारी दुर्घटना

दाङ, ६ माघ । गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको–३ राम्रीमा भएको बस दुर्घटनामा परी कलिला विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो । त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकाको रिहार नजिकै दुर्घटनामा परी दुलाहाका बुबा आमासहित ६ जनाको ज्यान गयो । यी दुवै दुर्घटनाले दाङवासीसहित सबैलाई निकै स्तब्ध बनायो । त्यस्तै मृतकका आफन्त तथा घरपरिवारलाई झन जीवनभरि ...
श्रीस्वस्थानी व्रतकथा सोमबारदेखि

श्रीस्वस्थानी व्रतकथा सोमबारदेखि

काठमाडौँ, ६ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु ह...
सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको सुविधा मिलाउन माग

सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको सुविधा मिलाउन माग

काठमाडौँ, ६ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गाैला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ । डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो । हाल मन्त्रालयले मिर्गाैला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु च...
श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमतीको हत्यापछि आत्महत्या

भजनी, ६ माघ । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । आज बिहान ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमाको हत्या गरी आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकामा दुई पटक बञ्चरो प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले प्रेमलालले श्रीमतीको हत्या गरेर आ...
ताप्लेजुङवासीका लागि भवन निर्माण गरिने

ताप्लेजुङवासीका लागि भवन निर्माण गरिने

ताप्लेजुङ, ६ माघ । आपतकालीन अवस्थामा ताप्लेजुङवासीलाई सहयोग पुर्याउने उद्देश्यसहित काठमाडाँैमा भवन निर्माण गरिने भएको छ । जिल्लाबाट उपचारका लागि काठमाडौँ पुगेका बिरामी, अशक्त र काठमाडौँ लगायत आसपासमा रहेर आपत विपद्मा परेकालाई सहयोग पुर्याउनका लागि ताप्लेजुङ सरोकार समाजले भवन निर्माण गर्ने भएको हो । भवन निर्माणका लागि रु ५३ लाख १७ हजार १११ रकमसमेत सङ्कलन भइसकेको समाजका उपाध्यक्ष युवराज गुरुङले ...
उत्पादन तथा सेवामूलक क्षेत्र शेयर बिक्रीका लागि उत्साहित

उत्पादन तथा सेवामूलक क्षेत्र शेयर बिक्रीका लागि उत्साहित

काठमाडौँ, ६ माघ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था बाहेकका अन्य वास्तविक क्षेत्र समेत साधारण शेयर बिक्रीका लागि आर्कषित भएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा रु एक अर्ब वा सो भन्दा बढी पूँजीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने नीति राखेका कारण वास्तविक क्षेत्रसमेत साधारण शेयर बिक्रीका लागि आर्कषित भएका हुन् । विशेष गरी चन्द्रागिरि हिल्स, डिस...
चिलीमा ६.७ म्याग्नीच्यूडको भूकम्प

चिलीमा ६.७ म्याग्नीच्यूडको भूकम्प

सान्टियागो, ६ माघ । दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु चिलीको कोकिम्बो शहरबाट करिब १५ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो । भूकम्पको अनुभव चिलीका भालपाराइसो, हिग्गीन्स र राजधानी सान्टियागोका साथै अटाकामा र कोकिम्बोमा गरिएको...
हस्तान्तरणपछि झन् खस्कियो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

हस्तान्तरणपछि झन् खस्कियो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

नारायणपुर, ६ माघ । दाङको राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण हुने खबरले दङालीमाझ खुशी ल्यायो । घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने र डाक्टर विषयको अध्ययन पनि जिल्लामै हुने भएपछि अब जिल्लाकै अनुहार फेरिन्छ भनेर उनीहरुमा आशा जागेको हो । लामो तयारी र कसरतपछि गत असोजमा राप्ती उपक्षेत्रीय अस्पतालले प्रतिष्ठानको स्वरुप धारणा गर्यो । हस्तान्तरण भएको अह...
ट्रक दुर्घटनामा चार घाइते

ट्रक दुर्घटनामा चार घाइते

रसुवा, ६ माघ ।   उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११ः३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ५२०३ नंको बाह्रचक्के एलपी ट्रक दुर्घटनामा परेको थियो । घाइतेको रसुवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौँ लाने तयारी भरहेको बताइएको छ ।
डा. केसीलाई साधारण वार्डमा सारिदै

डा. केसीलाई साधारण वार्डमा सारिदै

काठमाडौं, ६ माघ । अनसनरत डा. गोविन्द केसीलाई आइतबार त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष (आईसीयू) बाट साधारण वार्डमा सारिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा आईसीयू बेड सर्वसाधारणलाई अभाव नहोस् भनेर जनरल वार्डमा सार्न लागिएको केसीका सहयोगीले जानकारी दिएका छन् । केसीले आईसीयू बेडको अभावमा सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अन्यत्र सार्न माग गरेपछि केसीलाई आइतबार दिउँसो साढे ३ बजे वार्डमा सा...
ऐतिहासिक उपरदाङगढी संरक्षण गरिने

ऐतिहासिक उपरदाङगढी संरक्षण गरिने

भरतपुर, माघ ६ ।  चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीे संरक्षण गरिने भएको छ । इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको जग्गा र भौतिक संरचना संरक्षण गर्न लागेको हो । “एतिहासिक यस गढीको जग्गा र अन्य भौतिक संरचना संरक्षण गर्न तत्काल तारबार गर्ने काम गर्दै छौँ ।” उक्त गाउँपालिका प्रमुख गीता गुरुङले भन्नुभयो । उहाँले चितवन र समग्र देशको इतिहाससँग जोडिएको यस गढीलाई गाउँपालिकाले पह...
अझै लेखेर सकिएन जुम्ली शब्दकोश

अझै लेखेर सकिएन जुम्ली शब्दकोश

जुम्ला, ६ माघ ।  उमेरले ७२ वर्ष नाघेका चन्दननाथ नगरपालिका– २ आचार्यवडाका भाषाविद् रमानन्द आचार्य ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेख्दै हुनुहुन्छ । तत्कालीन जिल्ला विकास समितिको लगानी र भाषाविद् आचार्यसहित अन्य जुम्ली अगुवा नागरिकको पहलमा विसं २०६५ देखि जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेखन कार्य शुरु गरिएको हो । विसं १८४६ पूर...
डोल्पा तीन दिनदेखि सञ्चार विहीन

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

डोल्पा, ६ माघ । शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालयले जनाएको छ । रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने ल्हालगायतका स्थानमा राखिएका जि...
सभागृहको बजेट नरोक्न आग्रह

सभागृहको बजेट नरोक्न आग्रह

भद्रपुर, ६ माघ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गर्नुभएको छ । आज यहाँ प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाउनुभएको छ । वर्तमान प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री स...
छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

बाजुरा बडीमालिका, ६ माघ । जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्नका लागि प्रहरीले तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । अघिल्लो साता बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा छाउगोठमा आमासहित दुई छोराको मृत्यु भएपछि प्रहरीले स्...
दमकमा ७५ बर्षीय हजुरबुवालाई कुट्ने नाती पक्राउ

दमकमा ७५ बर्षीय हजुरबुवालाई कुट्ने नाती पक्राउ

झापा, ६ माघ ।  झापाको दमक नगरपालिका–१० दङदङगेमा आफ्नै हजुरबुवालाई कुटपिट गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । ७५ बर्षीय हजुरबुबा धन बहादुर कार्कीलाई सामान्य बादबिबादका क्रममा कुटपिट गरेको भन्दै २० बर्षीय सागर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट गम्भिर घाईते भएका धन बहादुरलाई उपचारका लागि गोदाबारी हस्पिटल उर्लाबारी पुर्याईएको छ । सागरलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएक...
चितवनमा एक कैदीको मृत्यु

चितवनमा एक कैदीको मृत्यु

रत्ननगर, ६ माघ । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँ स्थित केन्द्रीय कारागारबाट चितवन ल्याइएको थियो । एघार वर्ष क...
चार जिल्लाको भौगर्र्भिक अध्ययन हुँदै

चार जिल्लाको भौगर्र्भिक अध्ययन हुँदै

काठमाडौँ, ६ माघ । खानी तथा भू–गर्भ विभागले चार जिल्लाको भौगर्भिक नक्साङ्कन लिने काम शुरु गरेको छ । भू–वैज्ञानिक अध्ययन एवं अनुसन्धान गरी देशको भौगर्भिक तथ्यसम्बन्धी ज्ञान प्राप्त गर्ने उद्देश्यले स्थापना भएको विभागले धादिङ, गोरखा, तनहुँ र चितवनको भौगर्भिक अध्ययन लिने काम शुरु गरेको हो । उक्त क्षेत्र भूकम्प धेरै जाने जिल्लामा समेत पर्ने गर्दछन् । विभागका प्रवक्ता कृष्णदेव झाले चार जिल्लाको भू–वै...
भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

लमही, ६ माघ । दाङमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । आफ्नै घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक दुई थान, बँदेलको जस्तो देखिने खुट्टाको सपेटा दुई थानसहित उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १२९ को हातहतियार तथा खरखजानासम...
आगलागीबाट करीब चौध लाख क्षति

आगलागीबाट करीब चौध लाख क्षति

लमही, ६ माघ । दाङको दुई घरगोठमा आगलागी हुँदा करीब रु १४ लाख बराबरको क्षति भएको छ । हिजो अपराह्न ४ बजेतिर दाङको बङ्गलाचुली गाउँपालिका–७ श्रीखर्क निवासी देवराज पुन र उहाँको छोरा गोपाल पुनको घरमा आगलागी हुँदा रु १३ लाख ७३ हजारभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आगलागीबाट देवराज पुनको घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र आधा तोला सुन गरी रु छ लाख ८० हजार तथा गोपाल पु...
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

काठमाडौँ, ६ माघ । काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकामा एउटा व्यक्ति पूर्णरूपम...
विमानस्थल सञ्चालन गर्न काटिएका चार सय रुख अलपत्र

विमानस्थल सञ्चालन गर्न काटिएका चार सय रुख अलपत्र

पर्वत, ६ माघ । साढे दुई दशकदेखि अलपत्र बलेवा विमानस्थल सञ्चालनका लागि भन्दै विगत एक वर्षअघि काटिएका रूख अलपत्र परेका छन् । सामान्यतया संरक्षित वनका रूख काट्न डिभिजन वन कार्यालयको अनुमति लिनुपर्छ । लिएर कटान गरेपछि त्यसको तथ्याङ्क बनाउनुपर्ने, निकासी गर्ने भए सोहीअनुसारको राजश्व तिर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म त्यसको व्यवस्थापन हुन सकेको छैन् । आन्तरिक रूपमा खपत गर्ने भए सामुदायिक वन उपभो...
संसारको सबैभन्दा सुन्दर कुकुरको  मृत्यु

संसारको सबैभन्दा सुन्दर कुकुरको मृत्यु

एजेन्सी, बीबीसी । सोसल मिडियाका स्टार १२ वर्षीय पमेरियन कुकुर बूको मृत्यु भएको छ । कुकुरका मालिकका अनुसार सन् २०१७ मा आफ्नो सबैभन्दा प्यारो साथी ‘बडी’ को मृत्युपछि उसलाई मुटुसम्बन्धि समस्या देखिन थालेको थियो । बूको आधिकारिक फेसबुक पेजमा उनले लेखे, ‘हामीलाई लाग्छ कि जब बडीले हामीलाई छोड्यो तब बूलको मन साँच्चै दुखेको थियो ।’ फेसबुकमा बूका डेढ करोड बढी फलोअर्स छन् । उसलाई धेरैपटक टिभीमा पनि देखिय...
मुआब्जा माग्दै जिल्ला बन्द

मुआब्जा माग्दै जिल्ला बन्द

बेत्रावती, ६ माघ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् । आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने...
पसलमा साढे तीन लाखको धनमाल चोरी

पसलमा साढे तीन लाखको धनमाल चोरी

बैतडी, ६ माघ । बैतडीको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा गए राति तोडफोड गरी रु तीन लाख ५० हजारको धनमाल चोरी भएको छ । डिलाशैनी–३ पंसेरामा रहेको हरि नाथको पसलबाट नगदसहित रु एक लाख ५० हजार, धनीराम ओडको मोबाइल पसलबाट नगदसहित रु एक लाख २५ हजार र केशव कोलीको किराना तथा मदिरा पसलबाट रु ६६ हजार ८९१ मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ । पसलका ताला फुटाएर चोरी भएको जिल्ला प्रहरी कार्यालय बैत...
मेक्सिकोको पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

मेक्सिकोको पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

मेक्सिको सिटी, मेक्सिको, ५ माघ ।  मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । घटनास्थलबाट ट्वीटमा उक्त राज्यका प्रशासन प्रमुख ओमार फायदले भने, “पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ भने ७६ जना गम्भीर रूपमा घाइते भएका छन् ।” यस अघि प्राप्त जानकारीमा मेक्सिकोको हिडाल्गो राज्यमा भएक...
मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड

मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड

काठमाडौं, ६ माघ । यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेको मोटरसाइकल अब प्रदेशको नामका आधारमा रहनेछन् । जुनसुकै अञ्चलमा दर्ता भए पनि सुरुमा अञ्चलको अगाडिको अक्षरसहित ‘लट समुह’ र ‘प’ राखिन्थ्यो । निजी गाडीमा भने अन्तिममा ‘च...
२०७५ माघ ६ गते आइतबार/आजको राशिफल

२०७५ माघ ६ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ ६ गते। आइतबार। इश्वी सन् २०१९ जनवरी २० तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक ...
यति खतरनाक छ फेसबुकमा चलिरहेको #10YearChallenge

यति खतरनाक छ फेसबुकमा चलिरहेको #10YearChallenge

एजेन्सी, ५ माघ ।  सामाजिक सञ्जालमा सधै नयाँ ट्रेण्ड चलिरहन्छ । आजभोली पनि एउटा यस्तै ट्रेण्ड चलिरहेको जस अन्तर्गत प्रयोगकर्ता आफ्नो दसवर्ष पुरानो तस्वीरलाई पोस्ट गर्दैछन् । ‘टेन इयर्स च्यालेन्ज’ नाम दिइएको यो ट्रेण्डले प्रयोगकर्तालाई धरै लाइक्स र कमेन्ट त बटुल्न सहयोग गरेको छ तर यो लाइक्स कमेन्ट र ट्रेण्ड कति खतरा छ भनेर आजसम्म कसैले सोचेकोे छैन । हामी सामाजिक सञ्जाल चलाउँदा एउटा के कुरा भूल्छौं...
error: Content is protected !!