पत्रपत्रिका खवर

काठमाडौं । विद्युत् नियमन आयोगले मंसिरदेखि लागु हुने गरी उपभोक्ता विद्युत महसुल दर सार्वजनिक गरेको छ। आयोगले नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरे बमोजिम नयाँ दर लागु गरेको हो।

Advertisement

सरकारको नीति, प्राधिकरणको वित्तीय अवस्था एवं उपभोक्ता हितलाई मध्यनजर गर्दै उपभोक्ता महसुल निर्धारण गरेको जनाएको छ। आयोगले बुधबार पत्रकार सम्मेलन गरी निम्न वर्गलाइ लक्षित गर्दै २० युनिटसम्मका उपभोक्तालाई डिमान्ड शुल्क छुट गरेको छ। यी उपभोक्ताले इनर्जी शुल्क वापत मासिक ३० रुपैयाँ मात्र तिर्नुपर्छ।

ऊर्जामन्त्री पम्फा भुसालले घोषणा गरेको कार्यक्रमलाई सार्थक बनाउन र निम्न वर्गलाई सहुलियत दिनका लागि यो छुट गरिएको आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले बताए। २० युनिट भन्दा कम बिजुली प्रयोग गर्ने १९ लाख ८६ हजार ग्राहक प्राधिकरणसँग छन्। प्राधिकरणको ग्राहक संख्या ५० लाख छ।

सिँचाइका लागि प्रयोग हुने बिजुलीको नयाँ महसुलदर प्रतियुनिट २ देखि ३ रुपैयाँ तोकिएको छ। सिँचाईतर्फ औसतमा ४० प्रतिशत महसुल घटाइएको आयोगले जनाएको छ।-अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!