विराटनगरमा छापा मारेर तीन सय बोरा खाद्यान्न जफत

विराटनगरमा छापा मारेर तीन सय बोरा खाद्यान्न जफत

विराटनगर । विराटनगर–११ केसेलिया रोडस्थित शिवम् गणपति ट्रेडिङको खाद्य गोदाममा प्रहरीले मंगलबार छापा मारेर ठूलो परिमाणमा खाद्यान्न जफत गरेको छ । भन्सार छलेर सामान ल्याइएको आशंकामा जिल्ला प्रहरी कार्यालयको टोलीले श्याम सुन्दर रौनियारले सञ्चालन गरेको ट्रेडिङको खाद्य गोदाममा छापा मारेको हो । गोदाममा छापा मारेर झण्डै तीन सय बोरा दाल, केराउ र पहेलो तोरी लगायत खाद्यान्न सामाग्री जफत गरिएको मोरङका प्रह...
‘विराटनगरको साख जोगाउँन इमानदार भएर काम गर्छु’

‘विराटनगरको साख जोगाउँन इमानदार भएर काम गर्छु’

मुलुकमा संघीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन्। सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उनको यही व्यक्तित्वले यस पटकको निर्वाचनमा भारी मतले विजयी भए। नगरप्रमुख कोइरालासँग अन्तर्वार्ताको सम्पादित अंशः स्वर्गीय कृष्णप्रसाद कोइरालाले स...
प्रदेश १ समन्वय परिषदको बैठक: मुख्यमन्त्री राईद्वारा १० सदस्य मनोनित

प्रदेश १ समन्वय परिषदको बैठक: मुख्यमन्त्री राईद्वारा १० सदस्य मनोनित

विराटनगर । प्रदेश नं. १ को आज बसेको प्रदेश समन्वय परिषद बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषदको बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह...
बर्दियामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु

बर्दियामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा आन्दोलित स्थानीयमाथि प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुँनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका ओराली बजारका स्थानीयमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली लागेर अन्य ४ जना घाइते भएका छन् । सोमबार बिहान आक्रमण गर्न ख...
पाहुना आएका भारतिय नागरिक कटुवा पेस्तोलसहित पक्राउ

पाहुना आएका भारतिय नागरिक कटुवा पेस्तोलसहित पक्राउ

सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका–४ बाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बबुवान पञ्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल छन् । विशेष सूचनाका आधारमा गएराती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पाल हरीनगरा–४ का डोमी मेहताको घरमा पाहुना आएका थिए । उनको वीआर ३९जे ...
धरान १२ मा अन्तर्रघात गरेको भन्दै कांग्रेसले गर्यो तीन नेतालाई कारबाही

धरान १२ मा अन्तर्रघात गरेको भन्दै कांग्रेसले गर्यो तीन नेतालाई कारबाही

धरान । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हराउन लागिपरेको भन्दै कांग्रेसले तीन नेतालाई कारबाही गरेको छ । धरान १२ नम्बर वडा समितिको सोमबार बसेको बैंठकले कारबाहीको निर्णय गरेको हो । गत बैसाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान १२ मा वडाध्यक्षका कांग्रेस उम्मेदवार बिष्णु तामाङ पराजित भए । उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापती प्रदिप शाक्यले...
छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

लमजुङ । आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राइनासबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकाले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धा...
भोजपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, पाँच जना सिकिस्त

भोजपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, पाँच जना सिकिस्त

भोजपुर । जंगली च्याउ खाँदा बिरामी परेकी भोजपुरकी एक बालिकाको गएराती मृत्यु भएको छ । पाँच जना सिकिस्त बिरामी छन् । च्याउ खाएर बिरामी परेकी भोजपुर हतुवागढी गाउँपालिका–३ थिनामछाकी ५ वर्षीया कृती राईको मृत्यु भएको हो । गत शनिवार बिहान र बेलुका थिनामछाका आशकुमार राईको परिवारले च्याउको तरकारी खाएका थिए । त्यसपछि ४३ वर्षीय आशकुमारसहित उनकी श्रीमती ३८ वर्षीया धन कुमारी, छोरीहरु १० वर्षीया योगिता, ८ वर्...
२०७९ जेठ २४ गते मंगलवारको राशिफल

२०७९ जेठ २४ गते मंगलवारको राशिफल

ई.सं. २०२२ जुन ७ नेपाल सम्बत ११४२ तछलाथ्य सप्तमी (विहान ८:१२ सम्म) जेष्ठ शुक्ल अष्टमी ( विहान ८ः१२ पछि समय ) तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल अष्टमी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, बज्र योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु प...
फेसबुकको मित्रताले १६ वर्षीया किशोरी बलात्कृत, सात जना पक्राउ

फेसबुकको मित्रताले १६ वर्षीया किशोरी बलात्कृत, सात जना पक्राउ

नेपालगञ्ज । बाँकेमा सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले किशोरीलाई जन्मदिन मनाउने बहानामा बोलाएर मदिरा सेवन गराई सामूहिक बलात्कार गर्ने पाँच जना र मोटरसाइकलमा राखेर घर पुर...
झापाको भद्रपुरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापाको भद्रपुरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापा । झापाको भन्द्रपुर नगरपालिका–१ मा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र जिल्ला प्रशासन कार्यालय झापाको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा नोबेल अस्पतालका डाक्टरहरुले ९५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १६३ जनाको भिडियो एक्सरे, १२७ जनाको रक्त परीक्षण र ८९ जनाको ईसीजी गरिएको नोबेल अस्पता...
आइतवार दिन थालिएको विदा खारेज, असार १ गतेदेखि लागू हुने

आइतवार दिन थालिएको विदा खारेज, असार १ गतेदेखि लागू हुने

काठमाडौँ । आइतवार दिइदै आएको विदा खारेज भएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी विदा खारेज गर्ने निर्णय गरेको हो । इन्धन खपत कम गर्न भन्दै सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको सो निर्णय जेठ १ गतेबाट कार्यान्वयनमा आएको थियो । सो निर्णय अब्यवहारिक भएको भन्दै आलोचना बढेपछि सरकार ...
सन्तुष्ट छैनन् मोरङका उद्योगी व्यवसायी, सरकारसँग गुनासै गुनासो

सन्तुष्ट छैनन् मोरङका उद्योगी व्यवसायी, सरकारसँग गुनासै गुनासो

विराटनगर । मूलुकको महत्वपूर्ण औद्योगिक क्षेत्र मानिने मोरङका उद्योगी व्यवसायीहरु सरकारको भूमिका प्रति सन्तुष्ट छैनन् । सरकारले औद्योगिक क्षेत्रको विकास गर्न सहज वातावरण नबनाएको, साना र ठूला उद्योगबीच नै विभेद गरेको, नीतिगत संकट पारेर उद्योगीलाई पेल्ने गरेको र स्वदेशी उत्पादन बृद्धिमा निरुत्साहित बनाएको उनीहरुको गुनासो छ । जुनसुकै सरकार आएपनि उद्योगी व्यवसायीका माग सुनुवाइमा गम्भीर नबनेको प्रति ...
तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सह...
खोटाङमा धकेलेर लडाउँदा घाइते भएका बृद्धको मृत्यु

खोटाङमा धकेलेर लडाउँदा घाइते भएका बृद्धको मृत्यु

खोटाङ । खोटाङको केपिलासगढीमा धकेलेर लडाउँदा घाइते भएका बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुँनेमा केपिलासगढी–२ खार्ताम्छाका ६९ बर्षीय हरी प्रसाद राई छन् । विहीवार राती ११ बजे सामान्य विवादका क्रममा स्थानीय २९ बषीय मन कुमार राईले हरी प्रसादलाई धकेलेर लडाएका थिए । लडेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंस्थित न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराती १ बजे उनको मृत्यु भएको ...
प्रदेश १ का पाँचसहित १४ जिल्लाका नदीनालामा बहाव बढ्ने सम्भावना

प्रदेश १ का पाँचसहित १४ जिल्लाका नदीनालामा बहाव बढ्ने सम्भावना

काठमाडौं । देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्न...
भारतको उत्तराखण्डमा बस दुर्घटना: २५ तीर्थयात्रीको मृत्यु

भारतको उत्तराखण्डमा बस दुर्घटना: २५ तीर्थयात्रीको मृत्यु

उत्तराखण्ड । भारतको उत्तराखण्डमा आइतबार राती तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो । सबै तीर्थयात्री मध्यप्रदेशका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस ...
घाँस काट्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

घाँस काट्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोलुङ गाउँपालिका–६ मंगलबारेकी ५५ बर्षीया दुधमाया कटुवाल छिन् । उनी घरबाट केही पर पाखाबारीमा बाझको रुखमा चढेर घाँस काट्ने क्रममा लडेकी थिइन् । रुखबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरुणेश्वरले जनाएको छ
२०७९ जेठ २३ गते सोमवारको राशिफल

२०७९ जेठ २३ गते सोमवारको राशिफल

ई.सं. २०२२ जुन ६ नेपाल सम्बत ११४२ तछलाथ्य षष्ठी (विहान ६ : ५८ सम्म) जेष्ठ शुक्ल सप्तमी ( विहान ६ः५८ पछि समय ) तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल सप्तमी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, हर्षण योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा आफ्न...
काठमाडौंको गोठाटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको गोठाटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र रोटरी क्लब वानेश्वरको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय आनन्द भैरव माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९२१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २३३ जनाको रक्त परीक्षण, १९६ जनाको भिडियो एक्सर...
केशलियामा कोरिडोर बन्ने

केशलियामा कोरिडोर बन्ने

विराटनगर । केशलियामा कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत संघीय सरकारले बजेट विनियोजन गरेको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहवी नगरपालिका र बर्जु गाउँपालिका सीमा क्षेत्र भएर बहने नदी हो । नदीको दुबै किनारमा कोरिडोर निर्माण गरी बस्ती संरक्षण गर्न बजेट विनियोजन भएको मन्त्रालयका अधिकारीहरू...
नेकपा एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलाउने

नेकपा एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको मन्त्रीपरिषदमा रहेका आफ्ना सबै मन्त्री फिर्ता बोलाउँने तयारी गरेको छ । अहिले रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी गरिएको सो पार्टीले जनाएको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जि...
नेपालमा धार्मिक द्वन्द्व हुनसक्छ, सरकारको ध्यान जाओस् : कमल थापा

नेपालमा धार्मिक द्वन्द्व हुनसक्छ, सरकारको ध्यान जाओस् : कमल थापा

विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा धार्मिक द्वन्द्व हुनसक्ने खतरा औंल्याएका छन् । आइतबार बिहान राप्रपा नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागिरहेकाले त्यसले धार्मिक द्वन्द्व निम्त्याउँन सक्ने खतरा औंल्याएका हुन् । उनले यो विषयमा बेलैमा ध्यान दिन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण पनि गर...
दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुुसार साउनमा १८, भदौमा १२, असोजमा ६, का...
विवादपछि सर्वोच्चले लुकायो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेश

विवादपछि सर्वोच्चले लुकायो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेश

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिन बढी नाघिसक्दासम्म सर्वोच्चले संक्षिप्त आदेश लुकाएको हो । ‘राष्ट्रको महत्वपुर्ण आदेशका बारेमा जानकारी लिनका ला...
उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौदण्डीगढी नगरपालिका–४ का ४७ बर्षीय धन कुमार राई छन् । गएराती ९ बजे सुत्ने बेलामा ढोका लगाउँने क्रममा ढोका नजिकै रहेको बिजुलीको तारबाट करेन्ट लाग्दा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि चौदण्डीगढी अस्पताल बेल्टार लगिएको थियो । उपचारकै क्रममा राती करिव साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव...
पुलबाट बस खस्दा नौं जनाको मृत्यु, तीन दर्जन घाइते

पुलबाट बस खस्दा नौं जनाको मृत्यु, तीन दर्जन घाइते

भैरहवा । भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा आज बिहान बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । तीन दर्जन यात्रु घाइते भएका छन् । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान करिब पौने ५ बजे भैरहवा नजिकैको पुलबाट रोहिणी खोलामा खसेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएर अस्पताल पुर्याइएका मध्ये ५ जनाको भैरहवास्...
२०७९ जेठ २२ गते आइतवारको राशिफल

२०७९ जेठ २२ गते आइतवारको राशिफल

ई.सं. २०२२ जुन ५ नेपाल सम्बत ११४२ तछलाथ्य पञ्चमी (विहान ५:१२ सम्म) जेष्ठ शुक्ल षष्ठी ( विहान ५ः१२ पछि समय ) तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल षष्ठी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, व्याघात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ६ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा...
निर्यात बढाउँन निजी क्षेत्रलाई सहयोग गछौँ : मन्त्री बडू

निर्यात बढाउँन निजी क्षेत्रलाई सहयोग गछौँ : मन्त्री बडू

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निर्यात बढाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउँन सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन् । विराटनगरमा शनिवार आयोजित उद्योग संगठन मोरङको ४९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बडूले स्वदेशी उत्पादनको निर्यात बढाउँन सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका हुन् । मुलुकलाई आत्मनिर्भर एवं समृद...
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर)

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर)

काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ ।
‘सर्वजीत’ फिल्म बनाउन मन्त्री आलेले पाँच महिनाको तलब दिने

‘सर्वजीत’ फिल्म बनाउन मन्त्री आलेले पाँच महिनाको तलब दिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजीत’ फिल्म निर्माण गर्न आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा यस फिल्मको शुभमुहूर्त कार्यक्रममा उनले फिल्म निर्माणका लागि पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले यस फिल्मको शुभमुहूर्त गरेका हुन्। फिल्मको निर्देशन दिनेश डिसीले गर्...
error: Content is protected !!