संगालोखबर सम्वाददाता

धरान । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हराउन लागिपरेको भन्दै कांग्रेसले तीन नेतालाई कारबाही गरेको छ । धरान १२ नम्बर वडा समितिको सोमबार बसेको बैंठकले कारबाहीको निर्णय गरेको हो ।

Advertisement

गत बैसाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान १२ मा वडाध्यक्षका कांग्रेस उम्मेदवार बिष्णु तामाङ पराजित भए । उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापती प्रदिप शाक्यले भूमिका खेलेको बैंठकले निष्कर्ष निकालेको छ । शाक्यसहित प्रदेश क्षेत्रीय सदस्य एकराज राई र महाधिवेशन प्रतिनिधि निर्मला शाक्य पनि कांग्रेस उम्मेदवार हराउन लागि परेको आरोप छ ।

वडा सभापती सरोज भट्टराई र वडाध्यक्षका उम्मेदवार तामाङले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर तीन नेताहरुलाई कारबाही र बहिस्कार गर्ने निर्णय भएको जनाएका छन् । उनीहरुलाई पार्टीबाट आजिवन बहिस्कार गर्ने विज्ञप्तीमा उल्लेख छ । त्योसँगै अनुशासनको कारवाही स्वरुप साधारण सदस्यसमेत नरहने गरी निलम्बन माग गर्दै केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।

१२ नम्बर नेपाली कांग्रेसका नेता तथा मेयरका प्रत्यासी उमेरदार किशोर राईको वडा हो । पार्टीबाटै अन्तरघात भएर चुनावमा पराजित हुनुपरेको उनले बताएका छन् । अहिले कारबाहीको सिफारिसमा पर्ने नेताहरु यसअघि पनि पार्टीका नेतालाई पराजित गर्न लागिपरेको उनको भनाई छ । खुलेरै अन्तरघात गरेपछि कारबाही गर्न बाध्य भएको उनले प्रष्ट पारे ।

धरानमा यसअघिनै ६ नम्बरमा कांग्रेस उम्मेदवार पराजित भएको भन्दै २९ जनालाई कारबाहीको सिफारिस गरिएको थियो । पार्टीका बागी उम्मेदवारलाई सघाएको भन्दै कारबाहीको माग गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!