संगालोखबर सम्वाददाता
फाइल तस्वीर

भोजपुर । जंगली च्याउ खाँदा बिरामी परेकी भोजपुरकी एक बालिकाको गएराती मृत्यु भएको छ । पाँच जना सिकिस्त बिरामी छन् । च्याउ खाएर बिरामी परेकी भोजपुर हतुवागढी गाउँपालिका–३ थिनामछाकी ५ वर्षीया कृती राईको मृत्यु भएको हो ।

गत शनिवार बिहान र बेलुका थिनामछाका आशकुमार राईको परिवारले च्याउको तरकारी खाएका थिए । त्यसपछि ४३ वर्षीय आशकुमारसहित उनकी श्रीमती ३८ वर्षीया धन कुमारी, छोरीहरु १० वर्षीया योगिता, ८ वर्षीया सुमित्रा, ५ वर्षीया कृती र ३ वर्षीया सृष्टी विरामी परे ।

Advertisement

रिङ्गटा लाग्ने समस्याले सताएपछि उनीहरूलाई उपचारका लागि घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगियो । उपचारका क्रममा गएराती करिब ९ बजे कृतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

परिवारका बाँकी पाँच जनाको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!