संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

लमजुङ । आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राइनासबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकाले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको रेग्मीले बताए । प्रहरीका अनुसार ४५ वर्षीय बुवाले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

Advertisement

प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका बेला र चुनावपछिसमेत गरी आफूलाई दुईपटक करणी गरेको पीडितले बयान दिएकी छन् । प्रारम्भिक बयानकै क्रममा उनले दुई पटकसम्म करणी गरेको स्वीकार गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!