अवैध नेपाली कामदारले नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने
काठमाडौं, ५ मंसिर । कतारमा अवैध रुपमा बसेका (इलिगल) नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा कतार दिने निर्णय गरेको छ ।
पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै यस्तो सुविधा पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, ...


























