टेक्सासमा एकजना नेपाली विद्यार्थीमाथि लुटेराले ७ राउण्ड गोली प्रहार गरेको छ । आफ्नै अपार्टमेन्टको लण्ड्रीमा नेपाली विद्यार्थी ज्वाला कार्कीमाथि गोली प्रहार भएको हो ।

Advertisement

टेक्सासको डलासमा रहेको एल सेन्ट्रो कलेजमा अध्ययनरत पार्कल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । कार्कीको अवस्था खतरामुक्त रहेपनि उपचारका लागि रकम आवश्यक रहेको भन्दै नेपाली समाज टेक्सासले गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिरहेको छ ।

घटना गत आइतवार भएको जनाइएको छ । विद्यार्थी भिसामा रहेकी उनीसँग प्रयाप्त रकमको अभाव रहेकाले र केही दिन आराम गर्नुपर्ने भएकाले सहयोग संकलनको आवश्यकता परेको हो । गोली प्रहारबाट पनि बाँच्न सफल भएकोमा पुनर्जीवन प्राप्त गरेपछि घाइते कार्की खुशी छिन् ।

नेपाली समाज टेक्सासका तर्फबाट सुमन कार्की, कृष्ण लामिछाने, कमल सत्याल र जुबिन राजभण्डारीले सहयोग संकलन अभियान संचालन गरेका हुन् । २५ हजार डलरको लक्ष्य सहित सहयोग संकलन अभियान चलाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!