Sangalo Khabar

साउदी । दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिति साउदीले गोरखाका एक घाईते वालिकाको उपचारमा आर्थिक सहयोग गरेको छ । रुखबाट लडेर घाईते भई काठमाण्डौंको वीर अस्पतालमा उपचाररत अजिरकोट गाउँपालिका–२ गोरखाकी १४ बर्षीया शुस्मा परियारको उपचारमा १० हजार ७ सय सहयोग गरिएको हो ।

गत भदौ २९ गते रुखबाट लडेर परियारको टाउकोमा गहिरो चोट र घाँटी भाँचिएको छ । उनको उपचारमा आर्थिक अभाव भएको जानकारी पाएपछि सहयोग रकम प्रदान गरिएको संजालका रियाद सचिव देवेन्द्र विश्वकर्माले जानकारी दिएका छन ।

Advertisement

संजाल साउदीका अध्यक्ष रमेश लाम्गादे र रियाद सचिव देवेन्द्र विश्वकर्माको पहलमा रकम संकलन गरी संजाल नेपालका अध्यक्ष विष्णु धमला र कोषाध्यक्ष कमला नेपाली मार्फत घाईते परियारलाई हस्तान्तरण गरिएको हो ।

यसैवीच संजाल नेपालकी कोषाध्यक्ष कमला नेपालीले ब्याक्तिगत तर्फबाट २ हजार एक सय थप गरि १२ हजार ७ सय रुपैयाँ हस्तान्तरण गरेकी छन ।

०७२ वैशाख १२ गतेको भूकम्पमा परी घाईते वालिकाका बुबा–आमा दुवैको मृत्यु भएको थियो ।  कक्षा–९ मा अध्ययनरत उनी लडेर घाईते भएपछि उपचारमा समस्या भएकाले संजालले सहयोग गरेको हो ।

संजालले घाईतेलाई सहयोग गर्न चाहनेहरुलाई नोबिल बैंकको खाता नं. ४३१००१७५०३२४४ मा रकम जम्मा गर्न अपिल पनि गरेको छ । त्यस्तै सहयोग गर्न चाहनेहरुका लागि रन बहादुर बसेललाई ९८०६७१७१७८ मा सम्पर्क गरी सहयोग उपलब्ध गराउँन संजालले सवैमा आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement