काठमाडौँ, १९ कात्तिक । तलब नपाउने प्रवासी मजदुरहरुको सङ्ख्या दक्षिण कोरियामा बृद्धि हुँदै गएको छ । कृषि र साना तथा मझौला कम्पनीमा कार्यरत कतिपय मजदुरहरुले तलब नपाएको बताइएको छ ।

Advertisement

गत महिना कोरियन संसदमा भएको संसदीय जाँचबुझ सुनुवाइमा प्रजातान्त्रिक पार्टीको सांसद खान्ग व्यङ्ग वनले रोजगार तथा श्रम मन्त्रालयले बुझाएको तलब सम्बन्धि रिपोर्टमा यो बर्ष अगष्ट महिनासम्ममा प्रवासी मजदुरहरुले नपाएको तलबको रकम कोरियन वन ५ सय १५ अक (अमेरिकी डलर ४ करोड ६२ लाख ९ हजर ६२) भन्दा बढी रहेको जनाएका  छन् ।

यो तलब रकम २०१५ को अवधिमा प्रवासी मजदुरले  नपाएको तलब रकम ५ सय ३ अक (अमेरिकी डलर ४ करोड ५० लाख ९१ हजार ८ सय ८७ ) भन्दा बढी हो ।

प्रवासी मजदुरले नपाएको रकम २०१२ मा लगभग २ सय ४० अक (अमेरिकी डलर  २ करोड १५ लाख ३४ हजार ३ सय २०) र २०१६ मा ६ सय ८७ अक (अमेरिकी डलर लगभग ६ करोड १६ लाख ४१ हजार ९ सय ९१) थियो । कोरियामा प्रवासी मजदुरले नपाएको तलबको रकम गत ५ बर्षको अवधिमा ३ गुणाले बृद्धि भएको जनाइएको छ ।

कानुन मन्त्रालय अध्ययागमन कार्यालयको तथ्याङ्क अनुसार गत बर्ष अदक्ष मजदुर (ई ९ भिषा) र भ्रमण रोजगार (एच २ भिषा ,जुन भिषा अन्तर्गत कोरियन चिनियाँ नागरिकहरु आउने गर्दछन) को मजदुरको सम्पूर्ण संख्या ५ लाख ३४ हजार १ सय ३७ रहेको छ । २०१२ मा मजदुर भिषामा प्रवासी मजदुरको संख्या ४ लाख ४९ हजार २ थियो । २०१५ मा वृद्धि भई ५ लाख ६१ हजार ३ सय ८४ थियो ।

रोजगार तथा श्रम मन्त्रालयले गत अगष्ट महिनासम्म प्रत्येक कार्यालयमा प्राप्त उजुरीका आधारमा  पेश गरेको रिपोर्ट अनुसार तलब नदिने कम्पनीहरुको सख्या ६ हजार ८ सय २७ छ भने तलब नपाउने प्रवासी मजदुरको संख्या १५ हजार ८ सय ४ जना छ । उनीहरुले नपाएको तलबको रकम कोरियन वन ५ सय १५ अक् २ हजार ६०० वन छ । उक्त रकम अमेरिकी डलर ४ करोड ६२ लाख ३२ हजार ३९१ बराबर  हो ।

सांसद खांग व्यङ्ग वनले मजदुरहरुको घनत्व बढी रहेका क्षेत्रहरुमा तलब प्राप्त नगरेका कामदारहरु बढी रहेको बताएका छन् । बिना भिषा काम गरिरहेका प्रवासी मजदुरको तथ्याङ्क पूर्णरुपमा नभएकोले तलब नपाउनेहरुको संख्या यो भन्दा  बढी हुने अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!