Sangalo Khabar

काठमाडौं, २८ असोज । जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ।

Advertisement

एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो।

एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि उनी पनि नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए।

महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान भइरहेको छ।

थापाले जापानमा रहेको एउटा विश्व विद्यालयको शाखा नेपालमा खोल्छु भनेर ७ करोड नेपाली रुपैयाँ लिएका थिए। सो रकम नेपालमा विश्वविद्यालयको शाखा नखोली उनले निजी घर र गाडी किन्न प्रयोग गरेका थिए।

त्यही घर धितो राखेर थापाले बैंकबाट ऋण निकालेका थिए। २०७२ को भूकम्पले उनको घर चर्किएपछि फेरि मर्मतका लागि भन्दै बैंकबाट अर्को किस्ता ऋण झिकेका थिए।

नेपालमा विश्वविद्यालयको शाखा खोल्न पैसा दिएको वर्षौं बितिसक्दा पनि कुनै प्रगति भएको नेदेखेपछि उनलाई पैसा उपलब्ध गराउने जापानी प्राध्यापकले थापासँग पैसा फिर्ता मागेका थिए।

जापानमा पैसा फिर्ता मागेपछि उनी लामो समय नेपालमै बस्न थालेका थिए। अाफू नेपाल बस्न थालेपछि उनले टाेकियको रेष्टुराँ ठेक्कामा लगाएका थिए।

गैरअावासीय नेपाली संघ जापानकाे पछिल्लाे निर्वाचनमा अध्यक्ष प्रत्यासी बनेका उनी पछि सहमतिमा अाइसीसी सदस्य चयन भएका थिए। त्यसअघि उनी एनअारएन जापानकाे महासचिव पदमा थिए।

पक्राउ परेका थापा नेपाल पर्यटन बाेर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन्।

एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि उनी पनि नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए। महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान भइरहेको छ।

प्रहरी हिरासतमा रहेका अनुज थापाले आफूलाई नेपाली सेनाको कर्नेलको छोरा भएको र माथिसम्मै पहुँच रहेको भन्दै प्रहरीलाई धम्क्याइरहेका छन्। –नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement