झापा । झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् ।

Advertisement

विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्याएवापत उनीहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्त रूपमा सो अवार्ड प्रदान गरेको हो ।

अवार्ड पाउने ६ अङ्ग्रेजी साहित्यकार नेपालीहरूमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले हुन् । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा. विष्णु पाण्डेयले वितरण गदै आएका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!