झापा । झापाको बिर्तामोड नगरपालिका–९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलामको माई नगरपालिका–६ घर भई हाल बिर्तामोडमा फार्मेसी सञ्चालन गर्ने २० बर्षीय भिष्म बुढाथोकी छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।
पक्राउ परेका दुबै जनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।